म अखिल भारत नेपाली एकता समाजमै प्रतिबद्ध छु :मोहन ठकुल्ला

भारत । मोहन ठकुल्लाले अखिल भारत नेपाली एकता समाजमै प्रतिबद्ध रहेको जानकारी गराउनु भएको छ । २०२६ मार्च १ मा एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले आफ्नो स्थिति स्पष्ट गर्नु भएको हो । प्रेस विज्ञप्तिमा भनिएको छ –

“ म मोहन ठकुल्ला अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य रही विगत एकता अधिवेशनपछि कार्यरत थिएँ। गत जनवरी २६ तारिखमा कथित अखिल भारत नेपाली एकता समाजको नाउँमा दिल्लीमा भेला गरी देवबहादुर लामिछानेको अध्यक्षता रहेको अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिमा मलाई कुनै जानकारी नगरिकन राखेकोले उक्त समितिको भ्रममा नपर्न र म आनन्द थापा अध्यक्ष रहेको समितिमा नै कायम रहेको जानकारी गराउँदछु।”

–मोहन ठकुल्ला

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित