भारत । बाबुराम पराजुली र उमानाथ ढकालले आफुुहरु अखिल भारत नेपाली एकता समाजमै प्रतिबद्ध रहेको जानकारी गराउनु भएको छ । छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै उहाँहरुले आफ्नो स्थिति स्पष्ट गर्नु भएको हो । गत जनवरी २६ तारिखमा कथित अखिल भारत नेपाली एकता समाजको नाउँमा दिल्लीमा भेला गरी देवबहादुर लामिछानेको अध्यक्ष रहेको अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिमा आफूहरुलाई जानकारी नगराइकन राखेकोले उक्त समितिको भ्रममा नपर्न र आनन्द थापा अध्यक्ष रहेको समितिमा नै कायम रहेको जानकारी गराउनु भएको छ । बाबुराम पराजुली अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य र उमानाथ ढकाल सोही समाजका दक्षिण भारत क्षेत्रीय सदस्य हुनुहुन्छ ।




Comments

