क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासी जिल्ला सचिव रवि पाण्डेयको रिहाईको माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सदस्य तथा नवलपरासी जिल्ला सचिव रवि पाण्डेयलाई फागुन १८ गते साँझ ६:३०बजे बर्दघाट न.पा. वडा नम्बर २ , दिब्यनगर स्थित आफ्नै पसलबाट प्रहरी टोलिले गिरफ्तार गरेको छ। सो क्रममा पसल तथा घर खानतलासी गरी घरबेटी तथा परिवारका सदस्यहरुलाई दुखदिने काम भएको छ। निर्वाचनको विरुद्धमा आफ्ना अभिव्यक्ति दिएको आरोप लगार्इ गिरफ्तार गरिएको वताइएको छ। संविधान प्रदत्त अधिकार अनुरुप शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा गरिएको धरपकड प्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले सुशीला कार्की नेतृत्वको सरकारको कृयाकलापको भ्रत्सना गर्दै विना सर्त तुरुन्त रिहा गर्न माग गर्नु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित