काभ्रेपलान्चोक जिल्ला सचिव ढोग प्रसाद अधिकारीको गिरफ्तारी प्रति कडा निन्दा तथा भत्र्सना

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पाटी नेपालले आफ्नो पार्टीका काभ्रेपलान्चोक जिल्ला सचिव ढोग प्रसाद अधिकारीको गिरफ्तारी प्रति कडा निन्दा तथा भत्र्सना गरेको छ । अधिकारीलाई बनेपाबाट गिरफ्तार गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पाटी नेपालका प्रवक्ता सुदर्शनले २०८२ फागुन २० गते एक विज्ञप्ति जारी गरी उहाँको यथाशीघ्र रिहाइको जोडदार माग गर्नु भएको छ । वक्तव्य यस प्रकार छ –

“साम्राज्यवादद्वारा प्रायोजित संसदिय निर्वाचन बहिष्कार गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !! भन्ने मुल नारा तय गरी बहिष्कार कार्यक्रम अघि बढाइरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कठपुतली सरकारले गिरफ्तार गरिरहेको छ । यही शिलशिलामा हाम्रो पार्टीका वैकिल्पक केन्द्रीय सदस्य तथा काभ्रेपलान्चोक जिल्ला सचिव ढोग प्रसाद अधिकारीलाई हिजो सांझ बनेपाबाट गिरफ्तार गरिएको छ । फासिष्ट सुशीला सरकारको गिरफ्तारी प्रति कडा निन्दा तथा भत्र्सना गर्दै पार्टी उहाँको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछ । अन्यथा नेपाली जनताले यसको उचित जवाफ दिनेछन् ।
फासिस्ट कठपुतली सरकार — मुर्दावाद !
स्वाधीन संयुक्त सरकार — जिन्दावाद !! ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित