काठमाडौँ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धनुषा जिल्ला सचिव नन्द कुमार झा (नन्दु) गिरफ्तार हुनुभएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १३ नम्बर ब्युरो सेक्रेटरी रामनारायण सिंहले जानकारी गराए अनुसार जनकपुरको मुरली चोकबाट फागुन १९ गते बेलुकी नन्दु झालाई प्रहरीले गिरफ्तार गरेको हो। गिरफ्तार गरिसकेपछि झालाई जिल्ला प्रहरी जनकपुर कस्टडीमा राखिएको छ। कथित संसदीय निर्वाचन बहिष्कार गर्नुपर्छ भन्दै प्रचारप्रसारमा जुटेको अभियोगमा झालाई गिरफ्तार गरेको थाहा हुन आएको छ ।
Comments

