काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका वयोवृद्ध नेता सोङ पिङ्गको १०९ वर्षको उमेरमा बेइजिङमा मार्च ४ मा निधन भयो । सोङ पिङ्ग चिनियाँ नयाँ जनवादी कान्तिका एक लामो क्रान्तिकारी यात्री हुन् । उनले माओ, चाओ कालदेखि हूँ जिन्ताओ, वेन जावाओ हुँदै शी जिन पिङ सम्म विभिन्न ओहोदामा रहेर काम गर्नु भएको थियो । सोङ पिङ्गको मृत्युबारे चिनियाँ सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। सिन्ह्वाका अनुसार सोङको बेइजिङमा बिरामीका कारण निधन भएको हो । सोङ १९८९–१९९२ सम्म चीनको राजनीतिक प्रणालीमा शक्तिको शिखर मानिने पोलिटब्युरो स्थायी समितिमा थिए। यसअघि, उनले प्रमुख पार्टी र सरकारी पदहरूमा काम गरेका थिए । उनले १९४९ देखि १९७६ सम्म चीनको पहिलो प्रधानमन्त्री चाउ एन लाईको व्यक्तिगत सचिवको रूपमा काम गरेका थिए।

