काठमाडौं । फागुन २१ गते नेपालमा सम्पन्न संसदीय निर्वाचन र निर्वाचन पछिको परिणाम प्रति अमेरिका र भारतले व्यग्र चासो देखाएका छन् । फागुन २१ गते निर्वाचन सकिदा वित्तिकै नेपाल स्थित अमेरिकी र भारतीय दुताबासले आफ्ना फेस बुक पेजमा तत्कालै आगामी सरकार सितको सम्बन्धबारे प्रतिक्रिया राखेका हुन् ।
अमेरिकी दूतावासको फेस बुक पेजमा लेखिएको छ , “निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।” भारतीय दुताबास को फेस बुक पेजमा लेखिएको छ , “ बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन नेपालको नयाँ सरकार सँग कार्य गर्न तयार छ । मतगणना सुरु नहुँदै यस्तो प्रतिक्रियाको हतारो किन, के का लागि ? ” अमेरिकाले ‘सुरक्षासम्बन्धि साझा लक्ष्य ’ मा सहकार्य गर्ने जुन भनाई राखिएको छ । अमेरिकाले नेपाललाई एसपीपी सम्झौता गराई आफनो साम्राज्यवादी स्वार्थमा नयाँ सरकारलाई हिंडाउन खोजेको अर्थमा विश्लेषकहरुले लिने गरेका छन् ।
नेपालको निर्वाचनमा अमेरिका र भारतको चासो
Comments

