ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

 

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका–१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–३ घर भएका २२ वर्षीय सम्योग राईलाई फागुन २६गते प्रहरीले पक्राउ गरेको छ ।

राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशीक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी श्रोतले स्पष्ट गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित