काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले इनिशा वि.क.का हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका संयोजक लोकनारायण सुवेदीले फागुन २९ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा लैंगिक असमानताको चपेटामा परेर नेपाली किशोरीहरु माथि एक पछि अर्को बलत्कारका घटनाहरु हाम्रो समाजमा निरन्तर दोहोरिँदै आएको जनाउँदै उनको न्यायकोलागि चलेको आवाजप्र्रति एक्यबद्धता जनाइएको छ र पीडितलाई न्याय दिन जोडदार माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
पुरुष प्रधान पितृसत्ता, निरन्तरको दण्डहीनता र यी दुबै कारकको फलस्वरुप उत्पन्न भइरहने लैंगिक असमानताको निसासिदो चपेटामा परेर नेपाली महिला खाशगरी किशोरीहरुमाथिको एक पछि अर्को बलात्कारका घटनाहरु हाम्रो समाजमा निरन्तर दोहोरिने गर्दै आएका छन् । पछिल्लो पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ठीक एक दिन अगाडि २०८२ फागुन २३ गते सुर्खेतकी किशोरी इनिशा बिकको बलत्कारपछि भएको मृत्युले यही यथार्थ पुनः दर्शाएको छ । यस जघन्य अपराधका बिरुद्ध न्यायका निम्ति उठेको आवाजप्रति ऐक्यबद्धता जनाउदै पीडित परिबारलाई यथेष्ट क्षतिपूर्ति र न्याय दिन, अपराधीलाई कडा कारबाही गर्न र यस प्रकारका घटना दोहोरिन नदिने उचित बातावरण बनाउन राज्यसँग जोडदार माग गर्दै नेपाल कम्युनिष्ट पार्टी यो जघन्य,मानब अधिकार बिरोधी अपराधको शिकार बनेर मृत्यु बरण गर्न पुगेकी इनिशा बिकप्रति हार्दिक श्रध्दाञ्जली प्रकट गर्दै पीडित परिबारप्रति गहिरो समबेदना ब्यक्त गर्दछ ।
इनिशा हत्यारालाई कडा कारवाही गर्न माग
Comments

