इनिशा वि.क.को हत्याले महिलाहरु घर ,समाज ,बाटाघाटामा कही पनि सुरक्षित छैनन् भन्ने देखाएको क्रान्तिकारी महिला संगठन नेपालको भनाइ

 

काठमाण्डौ । क्रान्तिकारी महिला संगठन ने पालले इनिशा वि.क.को हत्याले महिलाहरु घर, समाज ,बाटा घाटामा कही पनि सुरक्षित छैनन् भन्ने देखाएको जनाएको छ । संगठनका संयोजक अम्बिका मुढभरीले २०८२ फागुन २८ गते एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो । वक्तव्यमा पीडितलाई न्याय दिन र दोषीहरुलाई कारवाही गर्न जोडदार माग गरिएको छ र महिलाहरुको सुरक्षाको ग्यारेन्टी गर्न माग समेत गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
“फागुन २३ गते बिहान सुर्खेत गुर्भाकोट ६ बडाखोली स्थायी घर भएकी इनीशा बिकको वीरेन्द्रनगर ४ शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्याको हाम्रो संगठन घोर विरोध जनाउँदछ । इनिशा वि.क.को बलत्कार र हत्यामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाहीको साथ, पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्तिको सुनिश्चित गर्न पनि जोडदार माग गर्दछौ । समाजमा अपराधीकरणले संरक्षण पाइरहेको भन्ने देखाउने यो पनि अर्को घटना हो । इनिशा वि.क.को बलत्कार र हत्यामा संलग्नहरुलाई गिरफ्तार गरिएको भनिए पनि उमेर कम भएको भन्दै सजाय हुनबाट रोक्ने वा कम गराउने प्रयत्न हुन सक्ने हाम्रो संगठनको गम्भीर आशंका छ । अपराधीहरूलाई राजनीतिक संरक्षण दिने प्रवृत्ति, कमजोर कानुनी कार्यान्वयन र न्यायमा ढिलाईका कारण यस्ता घटनाहरू बारम्बार घटिरहेका छन् । समाजमा महिलामाथि हुने सबै प्रकारका हिंसा ,असमानता र अन्यायको हाम्रो संगठन तीव्र विरोध जनाउँदछ र राज्यका सम्बन्धित निकायसँग बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा संलग्न सबै अपराधीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाहीको जोडदार माग गर्दछ । राज्यले महिला विरुद्ध हुने सबै प्रकारका हिंसाको अत्यकोलागि ठोस कदमहरु चाल्न ध्यान देओस भन्ने कुरा यसै वक्तव्यमार्फत माग गर्दछौं । महिलाहरु घर समाज ,बाटा घाटामा कही पनि सुरक्षित छैनन् भन्ने यो घट्नाले अझै स्पष्ट गरेको छ । यस अवस्थामा महिलाहरुको सुरक्षाको ग्यारेन्टी गर्न समेत हाम्रो संगठन राज्यसँग जोडदार माग गर्दछ ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित