पुस्तक जलाउनेलाई कार्वाही गर्न निर्देशन

काठमाडौं । नेपाल सरकारका गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सिंजिन पिङको किताब जलाएको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएपछि गृह मन्त्रालयले सो निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ ।
उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौंस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
सोही पत्र माथि गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो । सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको जिल्ला प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको हो ।
चिनियाँ राष्ट्रपति सि जिन पिङले दिएका मन्तव्य, लेख संकलन गरी प्रकाशित गरिएका पुस्तकहरु खण्ड १ देखि ५सम्म अंग्रेजी र नेपाली संस्करणमा नेपालमा सुपथ मुल्यमा विक्री वितरण तथा उपहार प्रदान गरिएका छन् ।
पंचायतकालमा जसरी माओका संकलित रचनाहरु चिनियाँ दुतावासले पर्याप्त मात्रामा उपलब्ध गराउँथ्यो । अहिले सिका पुस्तककहरु त्यसरी नै वितरण गरिएका छन् ।
सिको पुस्तक जलाउने कार्यलाई चीनविरोधी गतिविधिको रुपमा अथ्र्याउने गरिएको छ ।
पश्मिमाको “एजेण्ट” भनी आरोप बोकिरहेको रास्वपाको बहुमत आउँदा वित्तिकै चिनियाँ किताव जल्नु संयोग मात्र हो वा भूराजनीतिक द्वन्द्वको घिउ आगोमा घ्यू थप्न थालिएको हो भनेर छलफल चल्ने गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित