अभियोग संशोधनविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाण्डौ । रास्वपाका सभापति रवि लामिछानेसहितमाथि लागेको संगठित अपराध सम्बन्धीको अभियोग संशोधन गर्ने महान्यायधिवक्ताको निर्णय विरुद्ध परेको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
देशभरका विभिन्न अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिटको सुनुवाइमा बहस बाँकी नै रहेकोले हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा आइतबारदेखि बहस शुरु भएपनि मंगलबार सम्ममा पनि सकिएको छैन ।
राजनीतिक प्रतिशोधको कारण संगठित अपराधको मुद्दा लगाइएको भन्दै लामिछानेको तर्फबाट बहस भएको थियो । मंगलबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, रमणकुमार श्रेष्ठ र अधिवक्ताहरू दिपेन्द्र झा र नारायणदत्त कडेँललगायतले बहस गरेका थिए संगठित अपराधमा संलग्न जिबी राईसमेतको मुद्दा फिर्ता लिने निर्णय वा संशोधन गर्ने निर्णय महान्यायधिवक्ता सविता भण्डारीको थियो । यसका विरुद्धमा रिट निवेदन दर्ता भएको थियो ।
महान्यायधिवक्ताले आफुले पाएको अधिकारको दूरोपयोग गरी संगठित अपराधमा संलग्न रवि लामिछाने सहितको मुद्दा फिर्ता लिने वा संशोधन गर्ने निर्णय गरेको भन्दै उनको आलोचना हुने गरेको छ ।
अदालतमा रविका मुद्दाहरु विचाराधिन रहेको अवस्थामा २०८२ भदौ २३ को जेनजी आन्दोलन पछि २४ गतेको ध्वंशमा अदालतहरुलाई पनि निशाना बनाइएको थियो । सर्वोच्च अदालत सहित कतिपय जिल्ला अदालतका समेत कागजातहरु जलाइएको थियो ।
सर्वाच्च अदालत जल्दा रवि लामिछानेसँग सम्बन्धित मुद्दा भएकाले जलाइएको हो भनेर पनि विश्लेषणहरु हुने गरेका थिए ।
महान्यायधिवक्ताले राजनैतिक प्रभावमा परेर मुद्दाको संशोधन गर्ने निर्णय भएको कानुनी क्षेत्रमा चर्चा परिचर्चा हुने गरेको छ । सो सम्बन्धी विषयको फैसला विहीबार सम्म हुने बताइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित