काठमाडौं । आज चैत्र ६गते कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान तथा बागमती, मधेश लगायत कोशी प्रदेशको तराईका थोरै स्थानमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा भएको छ । हुम्ला लगायतका हिमाली जिल्लाहरुमा हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागले चट्याङ परेका बेला घरबाहिर भए सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । काठमाडो. उपत्यकामा दिउसो ३ बजे देखि आकासको गर्जन सहित बर्षात भएको छ । पस्चिमी वायुका कारण भइरहेको यो बर्षात पूर्वतिर सर्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Comments

