काठमाडौं ।भौतिकवादी समाज, नेपालको प्रथम राष्ट्रिय सम्मेलन चैत्र ८ र ९ गते (मार्च २१–२२) चितवनको माडीमा आयोजना भएको छ । ‘अन्त्य गरौँ अन्धविश्वास र रूढीवाद, आत्मसात् गरौँ वैज्ञानिकता र भौतिकवाद’ सम्मेलनको मूल नारा तय गरिएको छ । नेपाली समाजमा जरो गाडेर बसेको अन्धविश्वास, कुसंस्कार र पाखण्डीपनविरुद्ध सचेतना फैलाउने यो संस्थाले उद्देश्य राखेको छ ।

Comments

