वर्ड लिंककोको कर छलीमा महान्याधिवक्ताको साथ

काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकको कर छली प्रकरणमा महान्यायधिवक्ताको कार्यालयले साथ दिएको छ । महान्यायाधिवक्ता सविता भण्डारीले वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडको कर छलीको मुद्दा नचल्ने निर्णय गरेकी छन् । महान्यायधिवक्ताको कार्यालयमा पुगेको वल्र्ड लिंकको कर छली प्रकरणको मुद्दामा महान्याधिवक्ताले मुद्दा चलाउनु नपर्ने निर्णय गरेपछि अब मुद्दा नचल्ने भएको छ । राजश्व अनुसन्धान विभागले वल्र्ड लिंकले करिब सात अर्ब रुपैयाँ राजश्व छली गरेको आशंकामा केही समयअघि अनुसन्धान अगाडि बढाएको थियो । वल्र्ड लिंकले भारतीय कम्पनी एअरटेलसँग ब्यान्डविथ खरिद गरी भुक्तानी भने हङकङको इन्ट्राप्टस लिमिटेडका नाममा गरेको पुष्टि भएपछि विभागले मुद्दा दायर गर्न उच्च सरकारी वकिल कार्यालय,पाटनमा अभियोजन रायका लागि फाइल पठाएको थियो ।
राजस्व अनुसन्धान विभागले कर छली प्रकरणमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरमा अनुसन्धान राय प्रतिवेदन बुझाएको थियो । तर त्यसमा मुद्दा चलाउन आवश्यक नभएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरेको थियो। जिल्ला सरकारी वकिल कार्यालयले पठाएको फाइल उच्च सरकारी वकिल कार्यालय हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।
जेनजी आन्दोलन पछि बनेको सरकारको महान्याधिवक्ता बनेकी भण्डारीले रवि लामिछाने सहितको सहकारीको रकम अपचलनको संगठित अपराध सम्बन्धी मुद्दामा पनि संशोधन गर्ने निर्णय गरेकी थिइन् । सो विरुद्ध परेको रिटमा सर्वोच्चमा बहस जारी छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित