नेपालमा कायमै छ क्षयरोगको जोखिम

काठमाण्डौ । नेपालमा क्षयरोगको जोखिम कायमै छ भने ४२ प्रतिशत उपचार बाहिर नै रहेका छन् । आर्थिक वर्ष २०८१–८२ मा औषधि–संवेदनशील क्षयरोगका ३९ हजार १५१ जना नयाँ बिरामी पहिचान भएकामा ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् । अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने, उनीहरूबाट रोग सर्ने प्रवृत्ति देखिन्छ । प्रविधिको प्रयोग गर्न नसक्दा परीक्षणमा पनि समस्या भएको कारण नेपालमा क्षयरोगको जोखिम कम हुन सकेको छैन । सरकारले वर्षेनी विश्व क्षयरोग दिवस मनाउँदै आएको छ । यो वर्ष सरकारले विश्व क्षयरोग दिवस
‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाएको छ ।
सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य सरकारले लिएको छ । विश्वमा प्रत्येक वर्ष एक करोड सात लाखमा सक्रिय क्षयरोगी रहेका छन् । जसमा १२ लाख ३० हजारको क्षयरोगकै कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित