अमेरिकाले इरानमा स्थल सेना पठाउनु भियतनाम युद्ध जस्तै आत्मघाती हुने

काठमाण्डौ । अमेरिकाले इरानमा आक्रमण गरको एक महिना पुग्न लागेको छ । इरानले अमेरिकी–इजरायल हमलाको प्रतिक्रियास्वरुप खाडी देशहरुका अमेरिकी बेस क्याम्पहरुमा हमला जारी राखेको छ ,नरोक्ने बताइरहेको छ । यो अवस्थामा अमेरिकी राष्ट्रपतिले पाँच दिनको युद्धविराम भएको बताए पनि इरानले त्यो झूठ भएको प्रतिक्रिया दिएको छ । यो अवस्थामा अमेरिकाले स्थलसेना इरानमा उतार्न सक्ने आँकलनहरु भइरहेका छन् । इरानमाथि भारी आक्रमण गर्नकोलागि पाँच दिन रोकिएको बहाना भएको हुनसक्ने विश्लेषणहरु आइरहेका छन् । अमेरिकाले स्थल सेना इरानमा उतार्ने हो भने अमेरिकाको लागि निकै भारी पर्ने र भियतनाम युद्ध जस्तै अमेरिकाका लागि आत्मघाती हुने चिनियाँ प्रोफेसर जियाङ शुएकिनको भनाइ रहेको छ ।
‘इरानको यो युद्ध युक्रेनको युद्ध जस्तै हुनेछ, अर्थात् यो लामो समयसम्म तन्किनेछ यो ‘एट्रिसन’ (थकाउने) युद्ध हुनेछ । यसले विश्व अर्थतन्त्रमा अनौठा परिणामहरू निम्त्याउनेछ र यो युद्ध वर्षौँसम्म चल्न सक्छ ।’ यसको साथै उनले विश्व अर्थतन्त्रमा र एशियाली अर्थतन्त्रमा ठूलो असर परिरहेको बताएका छन् ।
‘यो युद्ध वर्षौँसम्म लम्बिन सक्छ । अन्ततः अमेरिकाले स्थल सेना पठाउनेछ; होर्मुज जलसन्धि विवादित हुनेछ; यो विश्वभर फैलनेछ । विस्तारै अन्य राष्ट्रहरू पनि यसमा संलग्न हुन बाध्य हुनेछन् । अब अमेरिकासँग पछाडि हट्ने बाटो छैन । यदि अमेरिकाले युद्धविराम वार्ता गर्न खोज्यो भने इरानले करिब १ ट्रिलियन अमेरिकी डलर बराबर क्षतिपूर्ति माग्नेछ। यसले आफ्नो दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न अमेरिकालाई स्थायी रूपमा मध्य पूर्व छोड्न बाध्य पार्नेछ ।’
उनले इरानमाथिको आक्रमण १९६५ को भियतनाम युद्धसँग मिल्दोजुल्दो रहेको ,जुन युद्धमा एउटा एयरबेस जोगाउन गएका ३ हजार मरीनहरूको सङ्ख्या केही वर्षमै ५ लाख पुगेको थियो । यसरी एउटा सीमित सैन्य उद्देश्यबाट सुरु भएको अभियान विस्तारै अनियन्त्रित रूपमा फैलिँदै जाने र अमेरिका पुनः भियतनाम जस्तै गहिरो सैन्य दलदलमा फस्ने निश्चित रहेको चिनियाँ प्रोफेसर जियाङ शुएकिनको विशलेषण रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित