लुसिफरको अहंकार (कविता)

– नविन खडका

घन्टे गजेडी लुसिफर भनिने सिंहासनमा चढेर,
जनताको पसिना माथि शासनको तमासा बढेर।

बालेन्द्र सरकार भन्दै न्यायको मुखौटा लगायो,
तर गल्ली–गल्ली गरिबको सपना फेरि जलायो।

सुकुम्बासीको झुपडीमा आँधी बनेर आयो,
भोकै बच्चाको आँसु माथि विकासको गीत गायो।

नक्सा र कानूनको नाममा घरबार खोसियो,
मान्छेको पीडा भन्दा कुर्सी ठूलो ठानियो।

विद्यार्थी सडकमा नारा बोकेर उत्रिए,
“न्याय चाहिन्छ !”भन्दै सत्यका मशाल बालिए।

कलम समात्ने हातहरू डरले रोकिएनन्,
अन्धकारका सामुन्ने चेतनाका दीप निभेनन्।

जनता चुप बस्दैन अब अन्यायको भारमा,
सत्यको आवाज उठ्छ हरेक टोल बजारमा।

लुसिफरको अहंकार धेरै दिन टिक्दैन,
जनताको न्याय अगाडि झुटो सत्ता बिक्दैन।

सुकुम्बासीको अधिकार माटोसँग गाँसिएको,
विद्यार्थीको सपना भविष्यसँग बाँधिएको।

जब जनता एकजुट भई सडकमा बोल्छन्,
त्यसपछि सिंहासनहरू पनि काँप्न थाल्छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित