पुरस्कार

जगदीशचन्द्र भण्डारी
जब उसले पुरस्कार पायो
खुसीले गदगद भयो

थाहै नपाई
प्रधानमन्त्री
थाहै नपाई
थरीथरीका मन्त्री
मुलुकका
नामी पदहरुमा
जब नाम टाँसियो

महान सहिदहरुलाई
कसिलो थप्पड
लगाउन पायो
जनताको उत्सर्गमा
क्रूर र भद्दा संवाद
गर्न पायो
उसलाई एकदम खुसी लाग्यो

हैसियत र क्षमताबिना नै
पदक उपाधि
गोज्याङ्ग्रोको हातमा प–यो
मानिस उभिएको धरती
अनि दुनियाँमाथिको आकाश
पसिनाको नदीलाई
असभ्य अश्लील अमानवीय
शब्दमा गाली गर्न थाल्यो

मानिसहरु भन्नुहुन्छ
यस्तो अवस्थाको
पर्दा कतिबेर रहन्छ हँ

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित