नुवाकोटमा राज्य आतंकको अर्को नमुना

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोट जिल्ला समितिले नुवाकोटमा सरकारले अगाडि बढाउन थालेको राज्य आतंकको विरोध गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोट जिल्ला समितिका सेक्रेटरी प्रसिद्धले २०८३ वैशाख २७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सो राज्य आतंकको विरोध गर्नुभएको हो। प्रेस विज्ञप्तिको पूर्ण पाठ यस प्रकार छ – “शान्ति , सुशासन नेपाली जनताको उज्ज्वल भविष्यको नारा दिएर विश्व साम्राज्यवादद्वाराआयोजित २०८१ फागुन २१ को कथित निर्वाचनमा एआइ र एल्गोरिदमको प्रयोग गरी हामी नेपाली जनसमुदायलाई भ्रमित बनाई करिब दुई तिहाई बहुमतको सत्ता कब्जा गरेका रास्वपाको बालेन नेतृत्वको सरकारले २०८२/ १२/ १३ को १०० बुँदेयोजना भन्दै भूमिहीन सुकुम्बासी अव्यबस्थित बसोबासी किसानहरूको सही र दीर्घकालीन समाधानको खोजी नै नगरी उल्टै उनीहरूमाथि चरम दमन गरी डोजर आतंक चलाई बर्बर आतंक मच्याईरहेको प्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ।

देशैभरि चलाइरहेको यो राज्य आतंक नुवाकोट जिल्लामा पनि सबै स्थानीय पालिकाहरू मार्फत स्थानीय सरकार सञ्चालन ऐन –२०७४को दफा ९७ तथा सरकारी तथा सामुदायिक तथा सार्वजनिक सम्पत्ति स्थानीय सरकारले संरक्षण गर्नुपर्ने कानुनी व्यवस्था भएको भनी स्थानीय भोगाश्रीत जनतालाई३५ दिनभित्र छोड्नु भनी प्रसारित गरिएको सूचनाआतङ्कको अर्को नमुना हो।

तसर्थ अव्यवस्थित बसोबासी किसान भूमिहीन सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी यो राज्य आतंक तुरुन्त बन्द गरी जनताको शान्तिपूर्ण बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न र जिल्लामा शान्ति, सुव्यवस्था कायम गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित