‘सुकुम्वासीको व्यवस्थापन नगरी बस्तीमा डोजर लगाउनु मानवअधिकार हनन्’

 

घोराही । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नम्बर व्यूरो इञ्चार्ज समीरले ‘सुकुम्वासीको व्यवस्थापन नगरी बस्तीमा डोजर लगाउनु मानवअधिकार हनन् ’ बताउनुभएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ४ नम्बर व्यूरोको आयोजनामा वैशाख ३० गते घोराहीमा आयोजित विरोध प्रदर्शनमा उहाँले सो कुरा बताउनु भएको हो ।सो अवसरमा व्यूरो इन्चार्ज समिर केसीले सरकारले सुकुम्वासी वस्तीमा डोजर लगाएपछि आत्महत्या गर्नुपर्ने स्थिति आएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘पहिला सुकुम्बासीको डाटा संकलन गरियोस् । वास्तविक भूमिहीन सुकुम्वासीलाई कहाँ लैजाने भनेर व्यवस्थापन नगरी बस्ती उठाउन पाइँदैन ।’
वक्ताहरुले वर्षातनजिक भएको बेलामा नागरिकलाई उठिबास लगाउने काम नगर्न आग्रह गरे । धनी, गरिव, सुकुम्वासी, जमिन्दार सबैको बास बस्ने र बाँच्ने अधिकार भएको बताए । उनीहरुले संस्थाहरुले आफ्नो जमिन थाहै नहुने गरी हजारौं विगाह राख्न नहुने बताउँदै त्यसरी कब्जा गरेर राखिएको संस्थाको जमिन उचित व्यवस्थापन गर्न सुझाव दिए । सो अवसरमा व्यूरो सेक्रेटरी टीकाराम पौडेल, क्रान्तिकारी सुकुम्बासी संगठनका केन्द्रीय सदस्य तिलक विक, संगठनका दाङ जिल्ला अध्यक्ष डम्बर पुनलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नारायण योगीले गर्नुभएको थियो ।
बालमन्दिर चोकबाट शुरु भएको ¥याली तुलसीपुरचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित