संसारबाट महिला हिंसा अन्त्य गर्न जोडदार माग

काठमाण्डौ । नोभेम्बर  २५, महिला हिंसा विरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा आइकोर महिलाहरुको आयोजनामा नोभेम्बर २२ मा सम्पन्न भएको अनलाईन गोष्ठीमा सहभागीहरुले संसारबाट महिला हिंसा अन्त्य गर्न जोडदार माग गरेका गरेका छन् ।
“महिला हिंसा विरुद्ध एकीकृत अन्तर्राष्ट्रिय संघर्षहरु, रणनीति र प्रतिरोध” शीर्षकमा आयोजित गोष्ठीमा सहभागीहरुले सो माग गरेका हुन्। आइकोर महिलाको आयोजनामा भएको सो गोष्ठीमा संसार भरका १३ देश र४ महादेशहरुको सहभागितामा सम्पन्न गोष्ठीमा सहभागीहरुले संसारभरका महिलाका शरिरमाथि युद्ध भूमिमा जस्तै हिंसा भएको बताउँदै त्यसको अन्त्यकालागि महिलाहरु एकीकृत हुनुपर्ने कुरा औंल्याए । सहभागीहरुले भने– “विश्वभरिका महिला र छोरीहरु हिंसामा परेका छन्,बलात्कृत भएका छन् ,शोषित पीडित सँगै हत्या गरिएका छन् । हाम्रा अधिकारहरु खोसिएका छन् । हिंसाले प्रतिरोध जन्माएको छ । प्रतिक्रियावादी । फासीवादी शासकहरुले संसारभर युद्ध मच्चाइरहेका छन् । शोषणको खाडललाई गहिरो बनाएका छन् । त्यसको मूल्य महिला र केटाकेहीहरुले चुकाइरहका छन् ।्महिला हिंसा महिलाको व्यक्तिगत समस्या होइन यो सामाजिक र राजनीतिक व्यवस्थासँग गहिरो गरी जरा गाडेर बसेको राजनैतिक हतियार हो । २०२४मा विश्ववपी रुपाम ५० हजार महिला केटीहरु परिवार नजिकका आफन्तीहरु ,सहकर्मीहरुबाट हत्या गरिएका छन् । अर्जेन्टिना देखि क्यानडासम्म ,अमेरिकादेखि नेपालसम्म महला हिंसाको फरक प्रकारले हिंसा भए पनि हिंसाका कारणहरु उस्तै छन् । मेक्सिकोमा महिला हत्या बढेको छ । केन्यामा महिलालाई अग्ला भवनहरुबाट फालेर आत्महत्या गरेको भनेर देखाउन खोजिएको छ, टर्कीमा राज्यको सहयोगमा महिला अत्या भएका छन् । भारतमा बलत्कार महिला हत्या दमन र महिला हिंसा बढेको छ । सुडान , प्यालेष्टाइन मध्यपूर्वभरि र कङ्गोमा गैरन्यायिक युद्धको कारण महिलाहरुले यौन तथा शारीििक हिंसा सहनु परेको छ । संसारभरिका यस्ता घट्नाहरुले महिलाहरुको मुक्ति, स्वतन्त्रताकोलागि संघर्ष निकै आवश्यक भएको छ । अफगानिस्तानको फासीवादी तालिवानी शासकहरुले महिलाहरुलाई विद्यालय जानबाट वञ्चित गरेको छ । महिलाहरु एकलीकरण भएर आत्महत्या सम्ममा पुगेका छन् । युरोपमा राज्य हिंसाले महिला प्रताडित छन् रत्यसको प्रतिरोध हुँदैछ । गाइजिपेडियट र जेफेरी इफिस्टिनको मुद्धाहरुले कसरी संरचनागत रुपमा कसरी यौनिक हिंसा र वर्गीय उत्पीडन मा पुरुषहरुलाई सुविधा दिएको छ भन्ने देखाएको छ । ”
महिलाहरुले महिलामाथि हुने हिंसाको विरुद्ध अभियान छेडेको दिनको रुपमा र महिलामाथि हुने सबै हिंसाहरुको अन्त्य गर्नकोलागि अभियान चलेको दिनको रुपमा नोभेम्बर २५लाई लिइएको जनाउँदै सहभागीहरुले संसारभरका महिलाहरुलाई हिंसाको प्रतानडाबाट माथि उठाउन दृढ रहेको उद्घोष समेत गोष्ठीमा सहभागीहरुले गरे । सहभागीहरुले संसारभरका महिलाहरु महिला हिंसा अन्त्यकोलागि संघर्षरत रहेको जनाउँदै उनीहरु प्रतिक्रियावादी फासीवादी शासकहरुका विरुद्ध र महिलाहरुमाथि हुने गरेको दोहोरो शोषणविरुद्ध संघर्षरत रहेको उल्लेख गरे । उनीहरुले महिला आन्दोलनलाई सर्वराहा वर्गीय आन्दोलनसँगसँगै जोडेर लैजानु पर्नेमा समेत जोड दिँदै एकताबद्ध, ऐक्यबद्धतामा सामुहिक संघर्ष र शक्तिशाली आन्दोलन उठाउनु पर्ने समेत धारणा राखे । विश्व भरका क्रान्तिकारी पार्टी तथा संगठनहरुलाई यसमा प्रतिबद्धता जनाउन आह्वान पनि गरे ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित