विक्रम थापा, पोखरा, जेष्ठ ९ गते ।
वाम साहित्यकार, समालोचक तथा प्रगतिवादी लेखक मोहन बिक्रम सिंह गोकुल वाङ्ममय पुरस्कार–२०८३ बाट सम्मानित हुनुभएको छ । गोकुल वाङ्मय पुरस्कार नेपालका प्रगतिशील तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याएका स्रष्टालाई दिइने एक प्रतिष्ठित साहित्यिक सम्मान हो। यो पुरस्कार गण्डकी साहित्य सङ्गम द्वारा स्थापित र वि.सं. २०५२ सालदेखि राष्ट्रिय तहमा पुरस्कार प्रदान हुँदै आएको छ । यसको उद्देश्य प्रगतिशील, देशभक्त तथा साहित्यिक धारामा योगदान गर्ने स्रष्टालाई सम्मान गर्नु रहेको छ । सम्मानित ब्यक्तित्व मोहन बिक्रम सिंहलाई नगद रु ४०,००० र ताम्रपत्रले सम्मान गरिएको थियो । यस अघि ईश्वरचन्द्र ज्ञवाली, ऋषिराज बराल, मोहन बैद्य, जीवन शर्मा लगायतका श्रस्टाहरुलाई सम्मान गरि सकेको छ । ९७औ गोकुल जयन्तीको अबसरमा सम्मान गरिएको गण्डकी साहित्य सङ्गगम पोखराका अध्यक्ष भिम रानाभाटले बताउनु भयो । कार्यक्रममा गण्डकी सङ्गम–२२को किताब परिचर्चा पनि गरिएको थियो । संस्थाका अध्यक्ष भिम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन र स्वागत क्रमश नारायण मरासिनी र पद्मराज ढकालले गर्नु भएको थियो ।
गोकुल वाङ्ममय पुरस्कार–२०८३ बाट प्रगतिवादी साहित्यकार, समालोचक मोहन बिक्रम सिंह पुरस्कृत
Comments

