-टेकहरि न्यौपाने
तिमी किन नैतिकताका कुरा गछौ
जब नैतिकताका कुरा गरी सकेपछि
तिमी नैतिकतामा नै बस
आफै नैतिकता कुरा गर्दछौं
व्यवहार अनैतिक छ
तिम्रो सधै त्यही भएर तिमी तल नै खस
सधै नैतिकताका कुरा गर्दछौं
व्यवहारमा पछि पर्दछौ
नैतिकता संकटमा पर्दा
तिमी पछिपछि सर्दा
तिमी आफू नै संकटमा पर्दा
फेरि नैतिकता बारेमा कुरा गर्दा
हामीलाई नै बनाउँछौं
झ््यालका पर्दा
तिमीलाई उज्यालो कसरी आउँछ
यता सार्दा वा उता सार्दा
नैतिकतालाई पनि तिमीले
बनायौं त्यस्तै पर्दा
आयतै भयौं अब हामी सब
तिम्रै अनैतिकताले गर्दा
आफ्नो अनुकूलतामा
पर्दा खोल्ने र बन्द गर्ने
लिखितम नैतिकताले भर्ने
वकीतम पनि त्यस्तै गर्ने
घोकितम पनि त्यही हुन पर्ने
अनैतिक कार्यहरु आफैले गर्ने
हामीलाई अलमलमा पार्ने
कहिले कसलाई माथिमाथि सार्ने
कहिले कसलाई तलतल झार्ने
तिम्रो दुश्क्रम देखेर हामी सब छक्क पर्ने
फेरि पनि तिमीले नैतिकता कै कुरा गर्ने
हामी जान अन्जानमा तिम्रै भ्रममा पर्ने
चरित्र दृष्ट रैछ सधै तिम्रो
हामीले के कसो गर्ने
खेती नै त्यस्तै रैछ तिम्रो जगमा
सबैलाई तीनछक पार्ने
शब्दहरु चुन्न तिमी सिपालु
वाणी छ फुलबुट्टा भर्ने
नैतिकता भन्दै ठग्दछौ जगतलाई
छुट्टाउन गाह्रो पर्ने
नैतिकतालाई सधै पछि पार्ने
आफू मोजमस्ती गर्ने
के पाउँछौं तिमीले छलेर हामीलाई
धर्ती छोडेरै हो सब मर्ने
अनैतिक तिम्रो काम कार्यहरु छन्
नैतिकको न ैछ तिमीलाई खाँचो
यस्तै दुष्ट छौ तिमी त्यही भएर
उठ्दछ हामीलाई हाँसो

