मनाङ जिल्लाको कम्युनिष्ट आन्दोलन : संक्षिप्त ऐतिहासिक रुपरेखा

 

मनाङ जिल्लाको कम्युनिष्ट आन्दोलन : संक्षिप्त ऐतिहासिक रुपरेखा

– राम बहादुर बुढा

स्थान परिचय
मनाङ हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित छ । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात “क” वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं सांस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपूर्ण छ । प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखामा अवस्थित यस जिल्लामा अग्ला भिराला पहाडहरु र उच्च हिमश्रृखलाहरुले लाखौ स्वदेशी तथा बिदेशी पर्यटकहरुको गन्तब्य मार्ग, बहुमुल्य जडिबुटि र वनसम्पदा, अपार जलश्रोत र ,जौविक विविधताले भरिपुर्ण छ । विश्वको र्सवाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल तथा अन्य असंख्य कुण्ड एवं स९साना तालहरुको बेजोड संगम भएको यो जिल्लाको कुल क्षेत्रफल २२४६ वर्ग कि.मि. छ। (चिनारी नेपाल)

मनाङ जिल्लाको एतिहासिक पृष्ठभुमि
नेपाल ३५ जिल्ला भएको बेला २०१८ साल भन्दा पहिले मनाङ जिल्ला लमजुङ जिल्ला अन्तर्गत नै पर्दथ्यो। २०१९ सालमा ७५ जिल्ला बनाए पछि मनाङ अलग जिल्ला बन्यो। अहिले म्यार्दी खोलाले लमजुङ र मनाङ जिल्लालाई छुट्याउँदछ। उत्तरी मनाङका ६ वटा गाउँहरू–मनाङ, भ्राका, खँसार, ङावल, घ्यारु र पिसाङ छुट्टै स्वायत्त क्षेत्र थियो। हिमाल पारीको बस्ती, नेपाल – चिन विच २०१६ सालमा व्यबस्थित रुपले सिमाँकन भैसके पछि नेपाल भुमिको प्रष्ट त भयो। तर नेपाल सरकारको पहुच पुगेको थिएन। मनाङ उत्तरी भेगमा जटिबुटी पाईने अन्य खेती पाती पेसा व्यवसाय त्यति नभएकोले बर्षातको मौसममा जटिबुटी सँकलन गरी हिउदमा पोखरा, नारायणगढ, काठमाण्डु लगायतका शहरी क्षेत्रमा झरेर व्यापार गर्थे। यहि क्रममा कलकत्ता लगायतका भारतीय शहरहरुका साथै वर्मा, बैँकक, सिगापुर र मलेसिया सम्म पुग्थे। बुढा पाकाहरु मौखिक जानकारीका अनुसार सायद २०१७ सालको हिउदमा राजा महेन्द्र सिँगापुर भ्रमणमा गएको बेला सिँगापुरका सडकका छेउछाउमा जटिबुटी व्यापार गरिरहेका केही मनाङगेहरु सँग भेटे। जटिबुटी व्यापारका केही समस्याहरु बुझे। नाम ठेगाना टिपेर आउदो बर्षातमा मनाङ आउने कुरा गरे।त्यहि भेटको आधारमा २०१८ सालको बर्षातमा राजा महेन्द्र हेलीबाट मनाङ गए र भ्राका भन्ने ठाँउ हेली ल्याण्ड गरी सिँगापुरमा भेटेका मनाङगेहरुको नाम लिएर सोध खोज गरे। सबैलाई जम्मा गरी चीन सँगको सिमाँकनबाट नेपालको भुभाग परेकोले नेपाल सरकारलाई समर्थन गर्न भने। मनाङबासी नेपाल सरकारलाई समर्थन गरेर के सुविधा पाईन्छ भनेर सोधे। राजाले मनाङवासीको माँग के हो भनि सोधे। मनाङगेहरुले यहाँ खेतीपाती हुन्दैन, जटिबुटी सँकलन गरी हिउदमा समुद्र पार सम्म व्यापार गर्न जानु पर्ने। अत ः विदेस–समुन्द्रपार व्यापारको सुविधाको माँग गरे। राजा महेन्द्रले त्यसलाई स्विकार गरी आउदो हिउदमा काठमाण्डुमा आउनु व्यापारको सुविदा दिने भने। सोहि अनुसार २०१८ को सँभवत मँगशिर महिनामा प्रतिनीधि टोली काठमाण्डु आएर प्रतिनीधि टोली दरवार गए। राजाले उक्त ६ वटा गाँउका वासिन्दाको लागि अन्तरराष्ट्रिय व्यापार गर्न लालमोहर दिने व्यबस्था गरे। तत्पश्चात माथिल्लो ६ गाँउ विधिवत रुपमा नेपालको भुभाग मानि प्रशासनिक पहुच, पन्चायतको गठन लगायतका कार्यहरु सुरु भएका थियो।
(देखगुरुङले २०८३ मा गरेको कुराकानी )

मनाङमा कम्युनिष्ट विचारको शुरुआत
राणा शासन कालमा मनाङ लार्के हुन्दै तिव्बत तर्फको बस्तु विनिमय गर्ने व्यापारी मार्ग पर्थ्यो र मुख्यत नुनको व्यापार हुन्थ्यो। विम्थाङ भन्ने ठाँउमा व्यापारी मार्गमा कर उठाउन लमजुङ धनपोखराको नरजँग गुरुङलाई सुव्वा पदवी दिएर पठाएको थियो। त्यसको थोँचे भन्ने ठाँउमा नरजँगका परिवारहरुको बसोबास हुन थाल्यो। उनकै सन्तती खगेन्द्रजंग गुरुङ थोचेमा बसोवास गर्दै आईरहेका थिए। खगेन्द्र जँग युवा अवस्थामा बनारस गएर सँस्कृत शिक्षा पढेको। त्यहि समय बनारसमा पुष्पलाल सँग सँपर्क भै कम्युनिष्ट विचारबाट प्रभावित भएको रहेछ। उनले तल्लो मनाङको ३ गाँउमा प्रौढ कक्षाको सन्चालन गरेको रहेछ। वहाँ मार्फत नै डिल्ली जँग गुरुङ र गणेस बहादुर गुरुङ प्रभावित हुनु भयो र मनाङमा कम्युनिष्ट विचारको प्रभाव शुरुआत भएको देखिन्छ। तर खगेन्द्र जँग गुरुङ स्वयम कम्युनिष्ट पार्टीमा लाग्नु भएन। तमुवान स्वायत्त राज्य बनाउनु पर्छ भनि आदिवासी आन्दोलनमा लाग्नु भयो। पटक पटक गिरफतार पर्नु भयो। जेल बस्नु भयो। कँग्रेसका नेता वि.पि. कोईराला सँग सँपर्कमा पुग्नु भयो। वि.पि. कोईरालाले १५ सालमा वहाँलाई आफ्नो मन्त्रिमण्डलमा साहायक वन राज्यमन्त्री पनि बनाए। कँग्रेस सरकार पछि राजा महेन्द्र सँग सँपर्कमा पुगे। राजा महेन्द्र र चीनमा माओ विच सँबन्ध बढाउन पैदल यात्रा गरी चिन भ्रमण पनि गर्नु भयो। तर लामो समय सम्म स्वतन्त्र बस्नु भयो। माओवादी जनयुद्व शुरु भए पछि जनयुद्वको समर्थन गर्नु भयो। तमु मोर्चामा सल्लाहाकार बन्नु भयो। प्रचण्ड सँग भेटेर राष्ट्रवादीहरु विच मिल्न र चिनिया कम्युनिष्ट पार्टी सँग भाईचारा सँबन्ध बढाउन जोड दिनु भयो। त्यसको लागि आफुले सक्दो सहयोगको भुमिका खेल्न सकिने कुरा गर्नु भयो। वहँलाई ज्ञानेन्द्र शाहीको शासन कालमा नेपाली सेनाले गिर्फतार गरी निर्मम यातना दियो। तात्कालिन शाही सेनाले लमजुङ स्थित वहाँको घर लुटपाट र तोडफोड गरे। शान्ति प्रकृया पछि रिहा हुनु भयो। तर १२ बुदे सँझौता र वृहत शान्ति सँझौताको प्रकृयामा पार्टी सँग मतभेद राख्नु भयो र फेरी कुनै पार्टीमा नलागि स्वतन्त्र बस्नु भयो। २०८२ सालमा ९५ बर्षको उमेरमा वहाँको निधन भयो। गणेस बहादुर गुरुङ तात्कालिन नेकपामाओवादी) को केन्द्रिय सल्लाहकार हुनु भएको थियो। २०६१ सालमा ६२ वर्षको उमेरमा क्यान्सरबाट पिडित भई वहाँको निधन भयो।( देव गुरुङले २०८३ असार २ मा पठाएको लिखित अन्तरवार्ता )

मनाङमा कम्युनिष्ट विचारको शुरुआत खगेन्द्र जँग गुरुङ ले शुरुआत गरेता पनि साँगठनिक रुपले पन्चायत कालमा नै तात्तकालिन नेकपाचौथो महाधिवेसन० तर्फबाट खम्वा सिँ कुवर(जन्म लमजुङ पछि बसाई सराई चितवन निवासी० ले लमजुङ र मनाङमा पार्टी सँगठनको पहल गर्नु भयो। चित्र बहादुर के सी र खम्वा सिँ कुवर सँगै मनाङ भ्रमण गरी डिल्ली जँग गुरुङ र गणेस बहादुर गुरुङ चौथो महाधिवेसनमा जोड्ने काम गर्नु भयो। डिल्ली जँग गुरुङ सेक्रेटरी भएर पार्टीको शुरुआत भयो। साथै थोँचेको माध्यमिक विद्यालयको प्र।अ।पुर्ण सुवेदी९लमजुङ निवासी, हाल निधन भैसक्नु भएको० लाई पनि पार्टीमा जोड्नु भयो।त्यहि बेला पार्टीले गण्डक क्षेत्रिय व्युरो ओम बहादुर गुरुङ(लमजुङ) लाई शिक्षक बनाएर मनाङमा पार्टी सँगठन गर्न पठायो। २०४० –४१ साल तिर चौथो महाधिवेसन विभाजन भए पछि त्यसको असर मनाङमा पनि पर्यो। २०४६ सालको बहुदलिय परिवर्तन पश्चात पार्टी सँगठन विस्तार गर्ने क्रम बढ्यो। यशोदा सुवेदी जिल्ला पार्टीको सेक्रेटरी भएर काम गर्दै थियो।

खगेन्द्रजंग गुरुङको घर मनाङ र लमजुङ दुवै ठाउँमा थियो । २०८२ सालमा ९३ वर्षको उमेरमा उनको मृत्यु भयो । उहाँनी आफ्नो समयको टाठोबाठो मानिस थिए ।खगेन्द्रजंग गुरुङ लामिछाने गुरुङ थिए र डिल्ली जंग गुरुङ पनि लामिछाने गुरुङ थिए , साइनोले नजिक थिए ,जसले गर्दा पनि डिल्ली जंग छिटै कम्युनिष्ट आन्दोलन प्रति प्रभावित हुन सम्भव भयो । राजा महेन्द्रले खगेन्द्रजंग गुरुङलाई चीन भ्रमणमा पठाएको थियो । राजा महेन्द्रको चिठी लिएर चीनमा माओलाई भेट्न गएका थिए । चिनियाँ पुस्तकहरु “रातो लालटिन”, “ओ याङ्ग हाइको गीत” जस्ता पुस्तकहरु घर लिएर आएका थिए । उनले डिल्ली जंग गुरुङ जस्ता युवाहरुलाई ती किताव पढ्न दिए । कम्युनिस्ट भनेको धनी र गरिव नहुने, सबैले काम गर्ने, सबैले खान लाउन पाउने व्यवस्था हो र यो राम्रो व्यवस्था हो भन्ने छाप डिल्ली जंग गुरुङ जस्ता युवाहरुको दिमागमा प¥यो । चीनबाट आएका ती किताबहरु निकै जाँगरले पढे । चीनबाट आएका किताबले कम्युनिस्ट पार्टीप्रति झुकाव बढायो ।

निर्मल लामा पार्टीका महासचिव भएका बेला अनेरास्ववियुका केन्द्रीय नेता तारा न्यौपाने मनाङ पुगेका थिए । तारा न्यौपाने लमजुङका थिए । तारा न्यौपाने डिल्ली जंग गुरुङको घर पुग्नुभन्दा पहिले डिल्ली जंग गुरुङहरु कम्युनिस्ट सिद्धान्तप्रति आस्थावान भइसकेका थिए । तर कमिटीमा आबद्ध थिएनन् । मनाङबाट फर्किए पछि तारा न्यौपानेले पार्टीका नेताहरुलाई भनेछन्, “मनाङमा कम्युनिस्टहरु रहेछन् । खै तपाईहरु के हेरेर बसेको पार्टीका नेताहरुले ? पार्टीमा संगठित गर्नुपर्दैन ? निर्मल लामा महासचिव (२०३४–२०३६) भएका बेला मनाङमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । केन्द्रीय नेता चित्रबहादुर के.सी. सहित ३ जना मनाङ पुगे । चित्रब. के.सी. समेतको उपस्थितिमा ३ जनाको नेकपा मनाङ जिल्ला संगठन समिति बनेको थियो । जसको सेक्रेटरी डिल्ली जंग गुरुङ थिए भने अरु दुई जना खड्वीर गुरुङ र गणेशबहादुर गुरुङ थिए । निर्मल लामाले गोरखपुर बोलाए पछि पंचायतकालमा उनीहरु गोरखपुर पुगेर प्रशिक्षण लिएका थिए । २०४० मा पार्टी विभाजन हुँदा डल्ली जंग गुरुङनिर्मल लामाको पक्षमा रहेँ ।

२०५१ मा पार्टी विभाजन हुँदा म निर्मल लामा भएकै पार्टीमा बसे । धेरैपछिसम्म नारायण काजी, अमिक शेरचन, लिलामणि आबद्ध भएकै पार्टीमा बसें । म संयुक्त जनमोर्चा नेपालको तर्फबाट एक पटक मनाङबाट सांसदको उम्मेदवार उठें ।

\

डिल्ली जँग गुरुङ सँसदिय निर्वाचनहरुमा पटक पटक उमेदवारी दिएर मत रक्षा गर्ने काम गर्नु भयो। स्थानिय महिला, युवा र शिक्षकहरु विभिन्न ढँगले सँगठित भएका थिए। तर चौथो महाधिवेसन भित्र पटक पटक पार्टी विभाजन र एउटा घटकबाट २०५२ देखि जनयुद्वको शुरुआत भए पछि मनाङमा तत्काल पार्टी कमजोर बन्न पुग्यो। ठिक त्यहि बेला मनाङमा कार्यरत लमजुङका शिक्षकहरुबाट एमाले पार्टीको शुरुआत गरियो। नाचै गाँउ निवासी मँगल बहादुर गुरुङ, सँसदिय निर्वाचनको उमेदवार पनि हुनु भयो। मनाङमा पन्चायत काल देखि पन्चहरुको प्रभुत्व रहेको, दोस्रोमा कँग्रेस र तेस्रो कमजोर अवस्थामा कम्युनिष्टहरु रहन्दै आएको अवस्था थियो।
१० बर्षको जनयुद्व र बृहत शान्ति सँझौता पश्चात मनाङमा फेरी कम्युनिष्ट पार्टी विस्तारको सँभावना बढ्यो। २०६४ सालको सँविधान सभा निर्वाचनमा तात्कालिन नेकपा९माओवादी०को उमेदवारले जितेका थिए। त्यस पछि माओवादीमा भएको विभाजनले फेरी असर पर्यो र कँग्रेसले जित्न थाले। पछिल्लो समयमा पन्चायत काल देखिको पुर्व पन्चहरुको ठुलो समुह एमाले प्रवेस गर्यो। परिणाम त एमाले पनि सापेक्षिक रुपमा बढ्दो अवस्थामा पुग्यो। २०७४ मा सबै वाम एक ठाँम हुँदा एमाले उमेदवार पोल्देन छोपाङ ले जित्नु भयो। तत्पश्चात वाम एकता हुन नसकेको ले कँग्रेस कै उमेदवारले निरन्तरता पाईरहेकोछ।

मनाङमा वैचारिक राजनीतिक रुपले ध्रुविकृत देखिन्न। वँशगत पारिवारिक एकता र आर्थिक चलखेल नै निर्वाचनमा प्रभावकारी बनिरहेको छ। माथिल्लो भेगका वासिन्दाहरु अधिकाँश काठमाण्डु बस्ने। निर्वाचनको बेला उमेदवार ले सँपुर्ण खर्चको जिम्मा लिएमा मात्र मतदानमा मनाङ पुग्ने स्थिति अझै विद्यमान छ।

कुरा मनाङमा तिव्वती लामा धर्मको प्रभाव छ। तिव्वती लामा सँप्रदाय जुन सुकै भए पनि साँस्कृतिक रुपले आपसी भावनात्मक एकता देखिन्छ।

वयोबृद्व डिल्ली जँग गुरुङ तात्कालिन नेकपा९माओवादी०को केन्द्रिय सल्लाहाकार हुन्दै हालको नेकपाको केन्द्रिय जेष्ठ कम्युनिष्ट मन्चको सदस्य यथावत हुनुहुन्छ।
९अरु बुँदाहरु क्रमस सँपादन गरी पछि पठाउछु।०

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित