नारायण प्रसाद भण्डारी
नेपालमा नेपाली जनताले जस्तो प्रकारको संर्घष बलिदानी एवम् रगतको खोलो बगाए पनि दिघो शान्ति हुन सकेन । जनताले कति यातना पीडा कष्ट झेले बयान गरि साध्य छैन । नेतृत्वले एउटा संर्घषको कार्ड फाल्छन । उनीहरु कुनै सुरक्षित स्थानमा वा जनताकै शुरक्षा को बलियो घेरामा सम्मान जनक तरिकाले बस्छन । नेताले फालेका आन्दोलनका कार्डहरु पूरा गर्ने दायित्व जनताको हुन्छ । दायित्व पुरा गर्न आर्थिक देखि जनता सडकमा ओरालेर सत्ताका ठेकदार तलुवा चाटक सि आइ डि सुराकी बिचौलिया आन्दोलन भित्र कै धोकेवाज लगायतकाहरुको लाठी बुट बन्दुकका कुण्डा ताता गोलीका छर्रा देखि चिसो छिडि अध्यारा भोका तिसा उडुस उपियाको आहारा समेतको जेल नेल यातना सबै साधारण जनताले नै भोग्नु पर्छ । त्यसमा पनि यदि यातना सहन नसकेर थोरै कमजोरी पन देखियो हुन गयो भने त्यति ठूलो कुर्वानी गरेको कुनै अर्थ हुदैन । गद्धारको बिल्ला भिर्दै दुश्मनको खोरबाट बाहिर आए पनि पुनः निलम्बन लगायतका कार्बाही हुन्छन् । अझ संकटकालमा त कतिले ज्यान कै जोखिम हुने प्रकारका पीडादायी सजाय नभोगेको होइन । जनताले भोगेका दर्जनांै प्रकारका दुःखदायी इतिहास साक्षी छन । राणा शासन कालिन होस या २५० वर्षको राजतन्त्रको कालरात्री पन्चायती निरङकुशतन्त्रको समय होस ।जुन सुकै आन्दोलनको यात्रा जनताको लागि कहिल्यै सहज भएनन् । शासकको विपक्षमा आवाज उठाउँने नेता हुन्छन ।आवाज बुलन्द पारेर उचाइमा लाने जिम्मा कार्य कर्ताको हुन्छ कार्यकर्ता भनेका मैदानमा जाने र जनता उठाउँने हुन्छन । बिना जनताको संघर्ष हुदैन । कार्यकर्ता र जनताको सुरक्षा घेरामा नेताले भाषण गर्छन । आइ पर्दा कार्यकर्ताले नेता बचाएर लान्छन मैदानमा जनता हुन्छन । तिनै जनता दुश्मनका लाठी गोली बुट नुन चुक दिनभरको रिष साँझ रक्सीको मातमा खोर भित्रको कथा व्यथा के के हुन्छ ?लेखा जोखा हुँदैन गरेर पनि साध्य हुदैन ।यो त संघर्षको नियम हो । विगतको इतिहास निमार्ण पनि यसरी नै बन्यो । यस्ता क्रान्ति संघर्र्ष वर्गीय दुश्मनसँगको भीडन्त बिना जनताको सत्ता आउदैन भन्ने कुराको पुष्टि क माओले दीर्घकालीन जनयुद्धको क्रान्ति गर्दाको भोगाइलाई विश्लेषण गरेका छन । सत्ता बन्दुकको नाल भित्र हुन्छ । यो शब्द त्यति कै श्रृजना भएको होइन । अति मर्माहत छ । उक्त शब्द र्निमाण हुन पनि क माओले चिनीयाँ निरङकुश च्याङकाइ सेकको बलिया किल्ला तोडेर जनवादी क्रान्ति पूरा गर्दाको अनुभव सम्पूर्ण पक्षको निचोड हो । सायद नेपाली जनताका पीडा पनि कम छैनन होला ?बिडम्बनाको पक्ष यति ठूला कष्टकर घातक आन्दोलन संर्घषकोबीचबाट प्राप्त गरेका प्रजनन तन्त्रहोस वा गणतन्त्र होस किन धरापमा पर्दै छन ?किन त्यती ठुला बलिदानीबाट आएका क्रान्तिकारी शक्ति विघटनको खर्तनाक मोडमा उभिएका छन ?
वास्तवमा क्रान्ति कम्युनिष्टले मात्र गर्ने र गरेको शब्द होइन । प्रजातन्त्रकालागि संर्घष गरेका पार्टीहरु मध्य नेपाली काँग्रेसले पनि बम बोकेकै हो ,बन्दुक उठाएकै हो तर आज ति सबै शक्तिहरु एउटै अवस्था र समयमा किन विघटनको मोडमा पुग्दैछन ?
वास्तविक कारण यस्ता छन ।
१)२००७ शालको प्रजातन्त्र प्राप्तिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीलाई जान्छ । त्यतिबेला २००६ शालमा मात्र भरखरै नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको थियो । पार्टीको शक्ति आन्दोलनमा गै हाल्ने थिएन । त्यसकारण नेपाली काँग्रेससँग मिलेर मोर्चा खडा गराएर राणा शासन विरुद्धमा लडेको थियो । कम्युनिष्टको मोर्चाले राणा शासन ढाल्नमा टेवा पुरायो र सफल पनि भयो तर टिक्न सफलताको लक्ष्यमा पुग्न सकेन । त्यसको मुख्य कारण आन्दोलन सफल भए पछि आफना विरोधी प्रति गरिने व्यवहार कस्तो हुनु पर्दथ्यो । त्यसो नभै ठीक उल्टो भयो । कुनै पनि क्रान्ति आन्दोलन होस वा संर्घष होस अब पूरा हुन्छ । बेलामा एउटा जुन प्रकारको उभार आउँछ त्यहि समयमा सहि इमान्दारीताको उभार कम हुन्छ । विभिन्न प्रकारका गलत सोचाइ अवसरवादी दृष्टिकोण निम्न पुँजीवादी चिन्तनले ग्रस्तहरुको बाक्लो भीड लाग्छ । त्यही भित्र पार्टी आन्दोलन समाप्त पार्ने गिरोह जासुसीहरुको प्रवेश अझ बढि खतनाक हुन्छ । त्यति बेला पनि ठिक त्यस्तै थियो । जसको उदाहरण प्रजातन्त्र असफल पार्न दुनिया तिक्डम भयो । समाजमा हो हल्ला हुल दंगा चोरी चकारी बलत्कारी ढाँट लुट विध्वंश आगजनी घर घरमा लुटपाट काटमार अराजकताको कारण जनताको मन मष्तिस्कमा एक प्रकारको छाप बस्यो । प्रजातन्त्र भन्दा उही पुरानै ठीक भन्ने प्रकारको अवस्था श्रृजना गराएर कति मिहेनत गरेर ल्याएको प्रजातन्त्र गुम्ने अवस्थामा पुगे पछि त्यती बेलाका राजा त्रिभुवनको पनि प्रजातन्त्र ल्याउँनमा ठूलो हात थियो । उनको प्रजातन्त्र प्रति माया थियो । उनी २०११सालमा बिरामीको कारण विदेशमा औषधि उपचारकै क्रममा हस्पिटलको बेड बाटै भनेका छन ।हामी सबैको साना दुःखले आज्र्याको प्रजातन्त्र होइन यदि कोही कसैको कारणले प्रजातन्त्र गुम्यो भने ढिटो पावर प्रयोग गर्न पछि पन्र्या छैनौ भनेका छन भने पनि अराजकता रोकिएन आखिर प्रजातन्त्रको जग हल्लियो ।कमजोर भयो जेनतेन बि पि गृह मन्त्री बने तर मन्त्रीको पद सहित जेल परे । जेलमा पनि उनलाई थुपै्र मानसिक शारिरीक शास्ती यातना दिइयो ।उनको रोगमाथि मलजल गरियो । अन्तमा २०१७ साल पौष १ गते को दिन राजा महेन्द्रबाट प्रजातन्त्र माथि कुटराघात भयो । प्रजातन्त्र माथि कुठराघात भयो भन्ने चिन्ता आन्दोलनकारी दुःख पसिना मिहेनत गर्ने रगत बगाउने शहीद परिवार जनलाई भयो तर एउटा कम्युनिष्टको जिम्मेवार व्यक्तिले ठीक भयो भनेर खुसी मनाएर ऐक्यबद्धता जनाएर वर्ग बैरीको रुपमा चित्रित हुन पुग्यो । त्यो गद्धार भनेको केशरजंग रायमाझी नामको देश जनता द्रोही थियो ।
२)त्यस पछि फेरि २०३६ शालमा अर्को सुवर्ण अवसर आयो । जनताले व्यवस्था छनौट गर्न पाउँने भए ।निर्दल की बहुदल त्यसमा पनि फेरी बहुदलको नाममा हुल दंगा लुटपाट पिटमारको अराजक समूहले गाउँगाउमा जनता सताउँनु सम्म सताए र जनताको मनमा बहुदल भनेको बहुला दल जस्तै हो ।यो व्यवस्था आयो भने दुःख हुन्छ । चेलीबेटीको इज्जत भएको धन सम्पत्ति लुटिन्छ ।भनेर अफबाह फैलाए तर जनताले हारेनन भोट बहुदल मै गरे । वास्तविक जनताका भोटका बाकस खोला जगंल मा बगाउँने आगो लगाउँने सबै हर्कत गरे हार्नेले जित्यो जित्नेले हारयो देशको ढुकुटी पनि रित्ताए ।
३ )त्यस पछि फेरि पनि २०४६ सालको जनआन्दोलनले बहुदलीय प्रजातन्त्र ल्यायो । त्यँहा पनि सबै विगतका तरमारा पन्चे बहुदलीय व्यवस्थामा हर्ताकर्ता भए । नेपाली काँग्रेसको बहुमतको एकमना सरकार गिराएर मध्यावधि चुनावमा गए । त्यँहाबाट प्रजातन्त्र खस्किदै गयो । त्यसपछि २०५२मा माओवादी युद्धले स्थान पायो ।
४) नेपालमा सबभन्दा धेरै जनधनको आकलन गरे भन्दा बढि क्षति भयो । आखिर तथा कथित प्रजातन्त्र राजतन्त्र एकै चोटी समाप्त भयो तर जनताको लागि कागलाई बेल पाके सरह भयो । त्यति ठूलो आन्दोलन युद्ध किन त्यस्तो बन्यो ?कारण के थिए ?
क)माओवादीमा मात मात्र नभै उन्मात चढयो । विगतको २००७ सालको काँग्रेस भन्दा कति कम भएनन् । लुट्ने पिट्ने सताउने चन्दा आतंक भ्रष्टचार कमिसन नातावाद कृपावाद सेटीङमा भ्रष्टाचार मानव तस्करी नेपालको प्राकृतिक सम्पदाको दोहन बालीजन्य भूमिको पलटिङ विभिन्न खाले बिचौलिया को श्रृजना ऐश आराम विलासिता जनता सताउँने मंहगी शिक्षा स्वास्थ्यमा व्यापार विभेद कर उठाउँने यस्ता हर्कतहरु के भएनन् के गरेनन् भन्दा छोटो उत्तर आउँछ । यसको कारक तत्व भनेकै माओवादी हो ।जिम्मा पनि माओवादीले नै लिनु पर्छ । किनभने काग्रेस एमालेले देश लुटे भनेर जन्मेको माओवादी ले के गरयो ?अहिले अरुलाई दोष थोपरेर उम्कन पाइन्छ ?माओवादीकै कारण रा स्व पा भन्ने जन्म्यो जेनजी आन्दोलन जन्मयो । विडम्वना रास्वपा, जेन्जी जे आए पनि जनतामाथि राहत को बदला हरेक कारणले आहत हँुदै गयो । यो पनि टिक्दैन यसका दिन गन्ति शुरु भए ।मात्र ५ वर्ष टिक्ने कि नटिक्ने ?यसको कारण के भन्दा विगतको २००७ सालको प्रजातन्त्र २०४६ शालको बहुदलीय प्रजातन्त्र २०६२ ,०६३ को गणतन्त्र असफल हुनाका कारण के के थिए ?त्यही रोग रास्वापा भित्र प्रवेश गरि सक्यो जसको साने उदाहरण रास्वापाको राष्ट्रिय महाधिवेशन हेरे पुग्छ ।
निचोडमा भन्नु पर्दा विगतमा सबै पार्टीको लहर अत्यधिक सबैमा अहिलेको रास्वापामा जस्तै आयो तर जुझारु अर्थवाद अर्कैको सम्पत्तिमा रमाउँने उत्पादनमा ह्रास कहि कतैबाट आउने थात थलो छैन ।जतनाले आशा भरोसा गर्ने कुनै विश्वास इज्जत नैतिकता कर्तव्यता इमान्दारीता राजनैतिकता वैचारीकतामा दृढता सबै गुम्दै गयो । पार्टी भित्र गुट उपगुट बेइमानी धोका बढदै गयो । गाउँमा कार्यकर्ताविहीन बन्दै गयो ।पार्टी छोडनेको लर्को भयो केन्द्र जिल्ला कमिटीविहीन बन्दै गयो । कार्य कर्ता बिनाका नाम मात्र सिमित हुदै गए । त्यसकारण विघटनको खतर्नाक मोडमा पार्टीहरु पुगे ।अहिलेको नयाँ उभारको पार्टी रास्वपाले पनि अझ खतर्नाक रोगको चुनौती अनिवार्य बेर्होनु पर्ने छ ।
पुराना पार्टी विघटनको मोडमा नयाँमा झन ठूलो चुनौती
Comments

