प्रकृति मानव केन्द्रित जन अभियान, नेपालले भाद्र १२ गते बाढी विपद सम्बन्धमा संचालन गरेको जुम मिटिंगको निष्कर्ष
१. अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै नदि तथा खोलाहरुको क्षेत्राधिकार९च्ष्नजत या ध्बथ० कायम गरि एकीकृत वस्ती निर्माण गर्नुपर्ने ।
२. अब बन्ने भौतिक संरचनाहरुको निर्माण तथा डिजाइन कार्यमा नै सुधार गर्नुपर्ने ।
३. हाल मौजुदा विश्व प्रणालीमा नै त्रुटी भएकोले प्रकृति–मानव हितैषी विश्व व्यवस्था लागू गर्नुपर्ने ।
४. हिमतालको बिस्तृत अध्यन अनुसन्धानको आधारमा चुस्त र दुरुस्त सूचना प्रणालीको विकास गर्नुपर्ने ।
५. विश्वका सबै सरकारहरुबाट शुन्य कार्वन उत्जर्सनको प्रतिबद्धता सहित कार्यान्वयनमा जोडदिनु पर्ने ।
६.सबै अभियन्ताहरुलाई तत्काल उद्धार तथा राहत कार्यमा जुट्नका लागि अनुरोध गर्ने ।

