केन्द्रीय संयुक्त संघर्ष समितिद्वारा होल्डिङ्सेन्टरको अनुगमन :सुकुम्वासीलाई स्थायी व्यवस्थापन गर्न जोडदार माग

काठमाण्डौ । सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीहरुलाई ठाउँ खाली गर्न उर्दी जारी गरेको छ । सरकारले २०८३ असार ७ गते होल्डिङ सेन्टर खाली गर्न पाँच दिने अल्टिमेटम दिएको थियो । अहिले असार १२ गते पुनः ७ दिने अन्तिम म्याद दिएको छ । हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुलाई विना विकल्प होल्डिङ सेन्टरबाट हटाउन पाइँदैन भनेर संघर्ष गर्दै आएको केन्द्रीय संयुक्त संघर्ष समितिमा आबद्ध नेताहरुले २०८३ असार १६ गते काठमाण्डौका विभिन्न होल्डिङ सेन्टरहरुको अनुगमन गर्नुका साथै सुकुम्बासीहरुलाई स्थायी बसोबासको व्यवस्था गर्न जोडदार माग गर्दै उनीहरुको संघर्ष प्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

टोलीले विभिन्न स्थानका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुसँग भेटघाट सम्पन्न गरेको छ । केन्द्रीय संयुक्त संघर्ष समितिमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा बहुमत ,नेपाल कम्युनष्टि पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेताहरुको प्रतिनिधि मण्डलले सुकुम्बासीलाई अस्थायी रुपमा राखिएको होल्डिङ सेन्टरहरु कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर,नागार्जुन अपार्टमेन्ट सहित नयाँ बसपार्कका होटेलहरुमा रहेका सुकुम्बासीहरुलाई भेटघाट गर्नुका साथै समस्या सुन्ने काम भएको प्रतिनिधिको नेतृत्व गर्नुभएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङले जानकारी दिनु भयो । उहाँले होल्डिङ सेन्टरहरुमा सुकुम्बासीहरुको गुनासाहरु सुन्ने काम भएको बताउँदै उहाँहरुले सुकुम्बासीको समस्या समाधान गर्न लामो समयदेखि संघर्ष गरिरहेको र वर्तमानमा पनि सुकुम्बासीलाई स्थायी व्यवस्थापन विना होल्डिङ सेन्टरहरुबाट हटाउने सरकारको निर्णय विरुद्ध संघर्ष गरिरहेको कुरा सुकुम्बासीहरुलाई सुनाएको बताउनु भयो ।

सुकुम्बासीहरुले आफ्नो समस्याहरु राखेको र सरकारले बासको व्यवस्था छिटो गरेमा आफुहरु उही जाने कुरा गरेको सुनाउनुभयो । त्यस्तै गरी नागार्जुन एपार्टमेण्टमा पनि संयुक्त संघर्ष समितिको टोली पुगेको थियो तर प्रशासनले एपार्टमेण्ट भित्र छिर्न नदिएको तामाङको भनाइ रहेको थियो । प्रशासनले भित्र पस्न नदिएपछि टोलीले एपार्टमेण्ट बाहिर आफुहरु आउनाको कारण बताउन कोण सभा गरेको थियो । कोण सभालाई टोलीको तर्फबाट सीताराम तामाङले सम्बोधन गर्नु भएको थियो । उहाँले सुकुम्बासीहरुलाई भेट्न सम्म पनि नदिनु र उनीहरुलाई कैदी जस्तो बनाएर नारकीय जीवनमा राख्ने अधिकार सरकारलाई छैन भन्दै पहिला व्यवस्थापन गरेर मात्रै सुकुम्बासीलाई सार्न सरकारसँग जोडदार माग गर्नु भयो । सरकारले थापाथली र सिनामंगलका १२३ घरपरिवारका ५६४ परिवारलाई नयाँ बसपार्कस्थित होटेलहरुमा राखेको छ । ती स्थानहरुमा रहेका सुकुम्बासीको खानाको व्यवस्था सरकारले गरेको छ तर १९ गतेबाट सबै खाली गर्न निर्देशन दिएको छ । त्यहाँ पनि उनीहरुलाई कसैले भेट गर्न दिएको छैन ।

यी स्थानहरुमा भेटघाटका क्रममा सुकुम्बासीहरुले सरकारले व्यवस्थापन गर्छु भन्छ तर गर्दैन भन्ने गुनासो राख्दै उचित व्यवस्थापन र रोजगारीको ग्यारेन्टी गर्न सरकारसँग माग गर्नुभएको छ । सुकुम्बासीहरुलाई सरकारले होल्डिङ सेन्टरबाट हटाएको परिस्थितिको सामना गर्न एकमात्र विकल्प संघर्ष हो भन्नु हुँदै संघर्षमा सदैव आफुहरुको साथ रहने बताउनु भएको टोलीमा सहभागी झनक श्रेष्ठले हाँकलाई बताउनु भयो । अनुगमन टोलीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका दिनेश शर्मा, चिन्तामणि पौडेल, केदार खतिवडा नेकपा बहुमतका बाबुराम गजमेर,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका राजकुमार हिङमाङ, नेकपाका कृष्णहरी भट्ट,अजुन ज्ञवाली सहित रहनु भएको थियो । टोलीले १७ गते भक्तपुरको कृषि तालिमकेन्द्र र सल्लाघारी लगायत ४ स्थानको अनुगमन गर्ने बताएको छ । वनेपाको होल्डिङ सेन्टरहरुमा पनि अनुगमन गर्ने सीताराम तामाङले जानकारी दिनु भयो ।

कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका डम्बर तामाङलाई असार १४ गते सादा पोशाकमा आएका प्रहरीले उपचार गर्न लैजाने भन्दै गिरफ्तार गरी सिंहदरबार प्रहरी परिसरमा राखेको छ । उहाँको गिरफ्तारीले सरकार सुकुम्बासीहरुप्रति संवेदनशील छैन र अझै क्रुर व्यवहार गर्न चाहेको छ भन्ने देखाउँछ ।यसबाट असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको निर्देशन सँगै वास्तविक सुकुम्बासीलाई घरको न घाटको अवस्थामा पु¥याउन सरकार आफै लागिपरेको बुझ्न गाह्रो पदैन । डम्बर तामाङको रिहाईका निम्ति अधिवक्ता फडिन्द्र कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट जिल्ला अदालत काठमाडौंमा पेश गर्नु भएको बताइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित