डम्बर बहादुर तामाङको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी

काठमाण्डौ । कीर्तिपुरको होल्डिङ सेन्टरबाट गत असार १४ गते विनाकारण गिरफ्तार पर्नु भएका डम्बर बहादुर तामाङको बन्दी प्रत्यक्षीकरणको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी भएको छ । न्यायधीश हरिप्रसाद फुयालको इजलाशबाट २०८३ साल असार १७ गते सो आदेश जारी भएको हो । पक्रिनु र हिरासतमा राख्नुको कुनै कारण भए २४ घण्टा भित्र महान्यायधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न र म्याद नाघेपछि नियमानुसार गर्नु आदेशमा भनिएको छ । निदेदकको तर्फबाट अधिवक्ताहरु रामबहादुर लामा र फर्णिन्द्र कार्कीले बहस गर्नुभएको थियो ।
डम्बरबहादुर तामाङको श्रीमती गायत्री श्रेष्ठले असार १६ गते सर्वोच्चमा रिट निवेदन दर्ता गराउनु भएको थियो । होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई सरकारले असार १९ गतेसम्म होल्डिङ सेन्टर खाली गराउन निर्देशन जारी गरेपछि सुकुम्बासीहरु विना विकल्प होल्डिङ सेन्टर खाली नगर्ने भन्दै आन्दोलनरत छन् । सुकुम्बासीहरुलाई बस्तीबाट हटाउँदा सरकारले उचित व्यवस्थापन गर्ने भन्दै होल्डिङ सेन्टरमा लगेर वास्तविक सुकुम्बासी पहिचान गर्ने र व्यवस्थापन गर्ने भनेको थियो तर अहिले सरकारले सुकुम्बासीहरुलाई कुनै पनि व्यवस्थापन नगरी होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित