काठमाण्डौ । केन्द्रीय संयुक्त संघर्ष समितिले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार सरकारबाटै हनन भएको बताएको छ । संघर्ष समितिले २०८३ असार १९ गते पत्रकार सम्मेलन गरी सो बताएको हो र संघर्ष समितिले अनामनगरस्थित संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा सो बताइएको छ । विज्ञप्तिमा संघर्ष समितिले सुकुम्बासीहरुलाई अस्थायी रुपमा राखिएको होल्डिङ सेन्टरहरुको अवलोकन पछि जे अवस्था देखियो सो बारे जानकारी दिइएको छ । संघर्ष समितिले होल्डिङ सेन्टरहरुहरुको सुकुम्बासीहरुले भोगरहेको अवस्थाको जानकारी गराएको छ । विज्ञप्तिमा सुकुम्बासीहरुलाई होल्डिङ सेन्टरको नारकीय जीवन बाहिरी ससारमा नजावस भनेर सरकारले एकातिर सामाजिक संजालमा उनीहरुको सम्पूर्ण व्यवस्थापन सहि–सलामत गरेको भ्रामक सूचना संप्रेशण गर्दै आएको छ भने होल्डिङ सेन्टरको नाममा चलाईका कैदखानामा भेटघाट गर्न राजनीतिक पार्टी, सामाजिक सस्थाहरु र सर्वसाधारणलाई प्रतिबन्ध जस्तै गरिएको छ। त्यहां रहेका पीडित मानिसहरुलाई बाहिर निस्कँदा र भित्र पस्दा गरिने निगरानीमा सख्त कडाई गरिएको छ। पत्रकारसँग बोल्ने कममा सरकारको फासीवाद विरुद्ध आक्रोस पोख्दा सुकम्बासी डम्बर तामाङलाई गिरफ्तार गरी झूठा मुद्धा लगाउँदै हिरासतमा राखिएको छ। राष्ट्रिय झण्डा बोकेर सिंहदरबार जलाउनेहरु एकातिर सरकारमा आसिन भएर देशको झण्डा हल्लाईरहेका छन् भने अर्कोतिर सर्वसाधारण, भूमिहीन, गास ,बासबाट वञ्चित सुकुम्बासी माथि डण्डा चलाएको बताइएको छ । संघर्ष समितिले सुकुम्बासीहरुको स्थायी व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गरेको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ –
नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीहरुको केन्द्रीय संघर्ष समितिबाट सरकारले उठिबास बनाएर उपत्यका र वरिपरि विभिन्न होन्डीड सेन्टरमा राखेका सुकुम्बासीहरुको अवस्थाका बारेमा हालै अनुगमन गरियो ।
अनुगमनको क्रममा होल्डीङ सेन्टर यथार्थमा अत्यन्त दयनीय र अत्यन्तै अपमानजनक भएको देखा पर्यो। सुकुम्वासी बस्तीमा डोजर आतक चलाईरहेको समयमा २ जनाले आत्महत्या समेत गरेका छन् । त्यसपछि बास भत्काईदिएकै कारण ४ जनाको मृत्यु भैसकेको छ। होल्डीङ सेन्टरमा बुढाबुढी, बालबालिका, सुत्केरी, नवजात शिशु अत्यन्त कष्टकर र जोखिमपूर्ण अवस्थामा छन्। यी नागरिकको स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार सरकारबाटै हनन भएको छ। विवसतापूर्वक नदी किनारमा बसेर गुजरा गरेका भूमिहीन, निम्नस्तरको काम गरेर भएपनि जीविका चलाएका सुकुम्बासीहरु र नजिकको स्कुलमा पठन पाठनकालागि जोहो गरेका उनका बालबालिकाहरु, अहिले सरकारको गैर जिम्मेवार र अमानवीय व्यवहारबाट नारकीय जीवन बिताउन विवस भएका छन्, बालबालिकाको पठनपाठन अन्योलमा छ सुकुम्बासीको भविस्य अन्धकार तिर धकेलीएको छ ।
यो नारकीय जीवन बाहिरी ससारमा नजावस भनेर सरकारले एकातिर सामाजिक संजालमा उनीहरुको सम्पूर्ण व्यवस्थापन सहि–सलामत गरेको भ्रामक सूचना संप्रेशण गर्दै आएको छ भने होल्डिङ सेन्टरको नाममा चलाईका कैदखानामा भेटघाट गर्न राजनीतिक पार्टी, सामाजिक सस्थाहरु र सर्वसाधारणलाई प्रतिबन्ध जस्तै गरिएको छ। त्यहां रहेका पीडित मानिसहरुलाई बाहीर निस्कंदा र भित्र पस्दा गरिने निगरानीमा सख्त कडाई गरिएको छ। पत्रकारसँग बोल्ने कममा सरकारको फासीवाद विरुद्ध आक्रोस पोख्दा सुकम्बासी डम्बर तामाङलाई गिरफ्तार गरी झूठा मुद्धा लगाउँदै हिरासतमा राखिएको छ। राष्ट्रिय झण्डा बोकेर सिंहदरबार जलाउनेहरु एकातिर सरकारमा आसिन भएर देशको झण्डा हल्लाईरहेका छन् भने अर्कोतिर सर्वसाधारण, भूमिहीन, गास ,बासबाट वञ्चित सुकुम्बासी माथि डण्डा चलाएका छन् । यो भन्दा निकृष्ट फासीवाद अर्को केही हुन सक्दैन ।
केन्द्रीय संघर्ष समिति सुकुम्बासीको पक्षमा तत्काल गर्नकालागि निम्न कुराहरुको जोडदार माग गर्दछ ।
भूमिहीन सुकुम्बासीलाई तत्काल गास बासको व्यवस्था गर, रोजगारीको व्यवस्था गर, उत्पादनकालागि जमिन उपलब्ध गर।
भत्काईएका छापा, टहरा, र घरहरुको उचित क्षतिपूति उपलब्ध गर।
सरकारी दमन र विस्थापनका कारण मृत्यु भएका व्यक्तिहरुका परिवारलाई उचित राहतको व्यवस्था गर।
गिरफ्तार डम्बर तामाङलाई तत्काल रिहा गर। उनीमाथि लगाईएको झुटा मुद्धाको विरुद्ध उचित क्षतिपूर्ति देउ ।
सुकुम्बासीका बालबालिकाहरुकालागि तत्काल पढ्ने व्यवस्था गर ।
विरामी परेका सुकम्वामीलाई देशका कुनै पनि अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर।
स्वरोजगार नहुँदा सम्म सबै सुकम्बासीकालागि खाने, वस्ने यातायात खर्च उपलब्ध गर ।
पत्रकार, सामाजिक अभियन्ता र राजनीतिक पार्टीका मानिसहरुलाई सुकुम्बासी भेट्ने छलफल गर्ने व्यवस्था गर ।
विस्थापित सुकुम्वासीहरुलाई उचित जमिन उपलब्ध गराई तत्काल जग्गाधनी पूर्जा लालपूर्जा प्रदान गर

