नारायण प्रसाद भण्डारी
नेपालमा केही समय अगाडि कम्युनिष्ट आन्दोलनले आधारभूत जनताको मन मुटुमा स्र्पस गर्ने क्रमको तीब्रता थियो । करिब करिब देश कम्युनिष्ट मय भएको आभास हुन्थ्यो । एउटा क्रान्ति दम्भ छेडेर आएकोे माओवादी कम्युनिष्ट पार्टीको बाहुल्यता सरकारका निकायमा तल देखि माथि सम्म जनताका झुपडी देखि महलसम्म देश देखि विदेश सम्म चारैतिर स्कुले बालक देखि चौतारामा बसि बियालो गर्नेहरु चियाका सुर्की लगाउँने होटल पसल चौक गल्ली कृषक उद्यमी मजदुरहरुमा समेत माओवादीका गफ हुन्थे ।जनतामा एक प्रकारको लहर आशा भरोसा विश्वास सबै थियो ।सायद जति बेला माओवादी पार्टीले चुनवाङमा बसेको केन्द्रिय बैठकबाट संविधान सभाको माग अगाडि सार्दै गर्दा गाउँ शहरका बस्तीहरुमा संविधान सभाको बहसले रन्काउँन थाल्यो । त्यसपछि २०५८, ०५९ पछाडी सरकार र युद्धरत पार्टी जनता सबै पक्षको अत्यधिक क्षति भयो । पार्टीको एजेण्डा दरिलो संग स्थापित भयो ।वर्ग दुश्मनले हार्दै गयो जनताको लगानी झुकाव क्रान्ति प्रति बढदै गयो । सदियौ वर्ष यता सामन्ती शासन वर्गीय दुश्मनको निरङकुश शासनबाट आजित गरिब दुःखीहरुको अनुहारमा चमक खुशी देखिन्थ्यो । गरिबमारा सामन्ती जुकाहरुको निधार खुम्चिएको चाउँरिएको तथा रुन्चे निन्याउँरो अनुहारमा आँखा रसाएको देखिन्थ्यो ।यो उभार २०६४ पछाडी क्रमश ओरालो लाग्दै दुश्मन माथि टाकुरामा क्रान्तिबाट आएको भनेर दम्भ राख्नेहरु तल फेंदीमा जस्तो देखिदै जान थाल्यो ।तै पनि जनताले माया गर्न छोडेनन् । व्यवहारमा परिवर्तन ल्याउँ ल्याउँ भनेर चिन्ता व्यक्त गरि रहे ।जनताले चिन्ता गर्नुको कुनै अर्थ रहेन ।लाल हिराको दुश्मनले उपयोग गरेको जिद्धि हठ कथा जस्तो एककोहोरा हुदै सुझाव सल्लाह दिनेहरु त कारवाहीमा कित पार्टी बाट निस्काशन गर्नमै जोड रहयो । क्रमश क्रान्तिको रातो भट्टिबाट आएको दक्ष निपूर्ण क्षमतावान शक्ति बाहिरीन थाल्यो ।पार्टी भित्र विगतका खरो दुश्मनहरुका विचौलिया ,चोर, फटाह ,ढाँट, ठग, हत्यारा, चुल्ठे, मुन्द्रे, भ्रष्टाचारी, घुस्याहा ,मिलेरावादी, घातकी ,गफाडी हरुको भीड भडाका गर्ने नेतृत्वको अगाडी पछाडी कस्ताहरु थिए ? लावालस्करको भीड भडाकाले गाउँ वस्ती आधारभूत जनताविहीनको पार्टी नेता जहाँ गयो त्यतै भीड भडाका हुने ८,१० किलाका भन्दा गह्रै माला रोजी बिनु खाना, मोज, मस्ति ,महगां, रिसोर्ट ,महंगा विदेशी प्याँक, गाडी, रोड जनताले देख्ने भेटने यात्रा भन्दा आकाश मार्गका यात्रा हुन थाले विगतका राजा माहाराजा पन्चे भन्दा कैयौ गुणा अगाडी नेता गणहरु हुनु भो ।
नेता गणको त्यो समयमा जनता र शासकीय प्रणाली कस्तो रहयो र त्यसको परिणाम के निस्क्यो ?
१) विगतका आधारभूत जनताका वस्तीबाट कम्युनिष्ट शब्द हराउँदै जान थाल्यो ।
२) शुसासनमा आँगो लाग्यो ,कुशासनले हाँगा फैलायो ।
३) चारैतिर कम्युनिष्ट त्यसमा पनि माओवादी भन्यो भने कुनै पनि सुविधा बाट बन्चित हुँदै जाने अवस्था हुन थाल्यो ।
४)कम्युनिष्टका नेता कार्यकर्ता शुभेच्छुक सबैमा चरित्र अनुशासन नैतिकता विश्वास कर्तव्यता गुम्दै जान थाल्यो ।
५)विश्व कम्युनिष्ट आन्दोलन एवम् विश्व ख्याती प्राप्त महान दार्शनिकहरुको शिद्धान्त राजैतिक वैचारिक दृष्टिकोण चिन्तन द्धन्दात्मक भौतिकवाद को स्मरण सम्म नेतृत्वबाटै गायव हुँदै गयो ।
५) नेता कार्यकर्तामा तल देखि माथि सम्म चन्दा आतंक जुझारु अर्थवाद मौलाउँदै गयो ।जसको फलस्वरुप बिचौलिया भ्रष्टचारी भू –माफिया शैक्षिक माफिया एबं सबैखाले माफियाको धन्दा झन बलिया र बैधानीक जस्ता बन्न थाले ।
६ नेपालका गाउँ बस्तीका अग्र्यानीक पवित्र स्वच्छ चिजहरु सबै बिदेशी दलाल विचौलियाको पन्जामा परयो । आफ्नै देशको आफनै सम्पत्तिमा हेर्दा हेर्दै अर्काको हुने अवस्था आयो ।
७) बारीको वस्तु कुहेर सडेर मूल्य बिहीन बन्ने र पारीका कुहे सडे गलेका बस्तुको मूल्य मान्यता तीब्र गतिमा बढदै विचौलिया दलालहरुको धन्दा मौलायो ।
८) पुरै देश उत्पादन बिहिन परजिवीमा आधारित समाजको निमार्ण भयो देश नै त्यतै डोरियो
९) कुनै पनि कम्युनिष्ट पार्टी नामका सस्थाहरु भित्र कचिंगल झगडा एकता रुपान्तरण र संर्घष भन्ने शब्द नै हराउँदै जाने र टुट, फुट, गुट, उपगुट हुदै एउटा पार्टी दर्जनौ हुन थाले ।
१०) राष्ट्रको नगद मौजात बैकंमा थुप्रिदै आर्थिक तरल्ताको अवस्था जटिल बनेर आउँन थाल्यो ।
११)व्यापार व्यवसाय उद्योग कल कारखाना क्रमश बन्द हुदै जान थाले ।
१२)शहर बजारका भाँडाका सटर धमाधम बन्द हुन थाले ।विगतमा जग्गा जमिन बेचेर भाँडाको आशमा बनाइएका घर पसल भाँडामा जाने अबस्था बन्द हुदै जाने अबस्था हुन थाल्यो ।
१३)गाउँ बस्तीका युवा जेनेरेशनमा विदेश जानुको बिकल्प नदेखे पछि एक घर एक सदस्य अनिवार्य विदेश कसैका परिवारै आइ आफन्त मिटरव्याजको चक्रबृति हिसाबले भएको सम्पत्ति पनि चुक्ता उता तल्लो बाटो कोहीबीच बाटामै कोही दलालबाटै अशुरक्षित हुदै कोहीका सपना बाटैमा अलपत्र कोहीको नक्कली भिसा भन्दै लखेटदै गर्दा भएको अलि अलि दलाल एवं मिटरब्याजका आत्म घाती हत्यााराको हातमा सबै सम्पत्ति जाँदा गरिब लाटा सोझा इमान्दार र्सवहारा वर्गमाथि ठूला मार आघात पर्दै जान थाल्यो ।
१४)समाजमा विकृति मौलाउँदै गयो ।
१५) युवा पलायनको कारण जग्गा जमिनमा झार पातको विकास हुदै जाने खर्तनाक अवस्था आइलाग्न थाल्यो र गाउँ वस्ती विस्तारै बृद्धाश्रम हुने खर्तनाक अवस्था पैदा हुन थाल्यो ।
१६ गाउँ समाजमा बेरोजगार गजेडी मादक पद्धार्थका सेवनले मत्ताएर अपराधी कृयाकलापको मात्र सोचमा आउने प्राय लागु औषधको कारण युवापिढीको सकारात्मक सोचको स्मरण शक्ति नै हराएर गयो । जसको परिणाम हत्या, हिंसा, चोरी, चकारी, लुटपाटको चरम विकास हुदा गाउँ वस्तीमा हिडडुलमा समेत कठिनाइ र असुरक्षित हुन थाल्यो । यी र यस्तै कारणले जेनजी आन्दोलन जन्म्यो देश पूणर््तया खरानी बन्यो र पुराना पार्टीको विलय नयाँ पार्टीको दुइ तिहाइ मतका साथ बलियो बनेर उदयको अवस्था श्रृजना भयो ।
माथि उल्लेखित विषय वस्तु उदाहरणका पात्र मात्र हुन । नेपालको परिवर्तन बाहकको जस पनि माओवादी माथि नै थियो ।अहिले यो विकृतिको अपजस पनि माओवादी भन्ने माथि जान्छ । स्वभाविक हो किनभने जसरी परिवर्तको लागि माओवादीले जोखिम उठायो तर यसलाई सिस्टम प्रणालीबाट अगाडी बढन सकेन । अपराधीहरुलाई ठेगान लाउँन सकेन । आफै भ्रस्टाचारमा लिप्त भयो । जनताका दुःख सुखबाट विमुख भयो । माओवादी कै शासनकालमा कर्मचारी तन्त्र मौलायो ।जसको परिणाम आजको अवस्थामा पुग्न पर्यो ।
अर्को पक्ष नेपालमा जेनजी आन्दोलनबाट रा स्वा पाको दुइतिहाइको दम्भ जन्म्यो ।सबै नेपालका कम्युनिस्ट अलि बढि माओवादी कै कारण आफना रापले आफैलाई समाँप्त पार्यो । अब कम्युनिष्ट पार्टी छन् भनेर कसैले दम्भ देखायो भने कतै उसमा समस्या छ भन्ने जान्नु पर्छ । त्यसकारण नेपालका कम्युनिष्ट पार्टीहरुमा विचार मै धुल्या धमिरोले भित्र भित्रै खतम पारिसकेको बेला कम्युनिष्ट आन्दोलन प्रति प्रश्न चिन्ह खडा भएको समयमा जनता बिनाका पार्टीहरु लाई विगतका दुस्कार्य विरुद्धमा राज्यले लखेटदै गरेको बेलामा एकता गर्नु एकताको नाममा र्बबराउनु विगतका कुकुर बिरालाको जस्तो लखेटा लखेट गर्नेहरुले एउटै मन्चमा उभिएर सेल्फी खिचेर नाटक प्रदर्शन गर्नुको कुनै अर्थ छैन । जनताले अहिलेको अवस्थामा एकता शब्द प्रति सकारात्मक भन्दा नकारात्मक नै बुझने गर्छन् । यदि बुद्धि पलाउँ छ भने एकता होइन पुनर्गठ प्रति जोड गर्दा केही राहत मिल्ला ?
हवस्त धन्यवाद ।
कम्युनिष्ट आन्दोलनै धरापमा परेको बेला अर्थहीन एकता भन्दा पुनर्गठन प्रति जोड गर
Comments

