भारतीय विस्तारवाद

शालिकराम भण्डारी
अहिलेको अनुदारवादी भारतीय सरकार भनिरहेको छ हामी विस्तारवादी कहिले हुन सक्दैनौं । त्यही बोली समर्थन गर्नेहरु नेपालमा पनि केही छन् । ती हुन संसदमा प्रतिनिधित्व गर्ने केही राजनैतिक दल, पत्रकार, बुद्धिजीवी । भय र स्वार्थले तिनलाई हरपाइलामा रोक लगाउँछ । अमेरिकी साम्राज्यवादले विश्वस्तरमा आक्रमण हस्तक्षेप गर्छ, भारतीय विस्तारवादले आफ्नो क्षेत्रका मुलुकहरुमा त्यस्तै नीति अवलम्वन गर्दै आएको छ । यो क्षेत्रका देशहरु हुन्– पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, भुटान, मालद्वीपस । पाकिस्तानलाई राजनीति र धर्म दुवै हिसावले शत्रु ठान्छ–उनसले पनि टेर्दैन ।
बंगलादेशले टक्कर लिन लागेको छ । सम्बन्ध राम्रो श्रीलंकासँग पनि छैन । भुटानलाई अलग स्वतन्त्र राष्ट्रको मान्यता दिएर रखेको छ । तर सम्पूर्ण आन्तरिक र बाह्य नियन्त्रण भारतले नै गर्छ । यो देशको दादागिरी नेपालमा पनि छ तर त्यसरी सफल छैन । भारत नेपाललाई भुटान बनाउन चाहन्छ । नेपाली जनता धेरै सचेत भएको हुँदा सम्भव हुन सकेको छैन । सन्धि सीमा मिचेको छ, सम्पूर्ण नदी नाला निशर्त कब्जामा राख्न सधै लागि रहन्छ । आर्थिक, राजनीति दबाब बढाएको बढायै छ । “फुटाउ राजगर” नीति प्रयोगमा ल्याएर कुनै न कुनै किसिमको अस्थिरता पैदा गरिंदै आएको छ । धेरै जसो राजनीतिक दललाई उसको शरणमा नगै सुखै छैन । यो क्रम २००७ सालदेखि नै जारी छ । त्यो भन्दा अगाडिको अवस्था जनतालाई थाहा हुदैन्थ्यो । अहिले २०८३ मा भारतलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सजिलो भएको छ । किनकि भाद्र २३, २४ गतेपछि ल्याई दिएको रवि, बालेनको सरकारले पूर्वाधार तयार गरिदिएको छ । देशभक्त राष्ट्रियताको रक्षक नेपाली जनताले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको सीमा मिचेको छ, फौजी अड्डा स्थापित गरेको छ । साथै अन्यत्रका सीमास्तम्भ सारेको छ भन्दै आन्दोलन गरिरहेका छन् । प्र.म. बालेनले देश र जनताको पक्ष लिनु पर्नेमा भारतको पक्ष लिए । कसरी ? “हामीले पनि भारतको सीमा मिचेका रहेछौं ।” अब के भन्ने ? यो राष्ट्रिय स्वतन्त्रता लागि गरिएको संघर्ष हो कि (रास्वपा) नेपाललाई परतन्त्र बनाउने (रास्वपा) चाल हो ।
२०८३ जेठ १७ संसदमा बालेनले भारतलाई खुशी गराउन उद्घोष गरेको दिन, १८ मा भारतीय जनता पार्टीको निम्तोमा रवि भारत उडे । त्यहाँ पहिलेका पार्टी नेता, सरकार प्रमुखलाई भन्दा उनको भव्य स्वागत गरियो । गृह विभाग परराष्ट्र विभाग हेर्ने मन्त्री र स्वयं प्रधानमन्त्रीले लामो समय लिएर कुराकानी गरे । वार्ता र अगाडि बढाउने निर्णय गरिएको छ । यो वार्ता गर्ने भनिएको मतलव जनविरोध साम्य पार्ने बाहेक अरु केही हैन । अरु केही हात लाग्दैन – समस्या जस्ताको त्यस्तै रहेनछ । भारतलाई मात्र दुई फाइदा हुने भए एउटा हरेक समस्या वार्ताबाट समाधान गर्ने हाम्रो नीति छ भन्न त्यसले पाउने भयो । अर्को रवि बालेनलाई निरन्तर भारतमुखी बनाउन पाउने भयो । इतिहासमा भारतको वार्ताले नेपाललाई कहिल्यै फाइदा भएको छैन । केही वर्ष पहिलेको कुरा हो । नेपालले आफूलाई मर्को परेको कुरा भारतसँग राख्दै आएको थियो । यही मोदी सरकारले वार्ता गर्न मन्जुर ग¥यो । दुवै देशका टोली गठन गरिए । नेपाल टोलीको नेतृत्व डा. भेषबहादुर थापाले गर्ने भए । दुवै देशका राजधानीमा पालैपालो गरी वार्ता हुँदै गए । वार्ता चाडै टुंगेन । ढिला हुँदै गयो । अन्तमा वार्ता टुंग्याउने निधो गरियो । टोलीको प्रतिलिपि बुझाउन खोज्दा मोदी सरकारले धेरै समयसम्म बुझ्न मानेन । एक आधा वर्षमा आखिरी सरकारले बुभ्mयो । नेपाली टोलीले राखेको विषय भारतको स्वार्थ अनुकूल भएन । अहिले ०८३ सम्म आ–आफ्ना दराजमा थन्किएका छन् । विस्तारवादको ताजा नमुना हो यो । नेपालको सांस्कृतिक फाँटमा अत्यन्त सफल छ यो नीति ।
भारतीय विस्तारवादले यस क्षेत्रका कुनै देशको हित हेर्दैन । सवै देशलाई भुटान बनाउन पाए उ सन्तुष्ट हुन्छ । “भुटानीकरण” नीति उसको प्रमुख नीति हो । जवसम्म भारतमा जनताको सरकार निर्माण हुँदैन –यो नीति निरन्तर रहनेछ । धर्ममा आधारित प्रतिगामी सरकार आफै हट्दैन हटाउनु पर्छ । भारतीय जनता लगायत सबै देशका जनताबाट विस्तारवादी सरकार एकलिंदै छ । जसरी जनमतबाट अमेरिकी साम्राज्यवाद एकलिंदै गएको छ । २३,२४ को घटना घटाएर रवि बालेनको सरकार स्थापना गरायो, त्यसै अनुसार सरकारले काम गर्दैछ । भारतलाई भूमिहीन अथाव लिपु लगायत दावी गर्दै आन्दोलन गर्नेहरुलाई भ्रमित गर्ने दमन गर्ने कार्यक्रम लिएर सरकार कठोर भएर उत्रेको छ–भारतले पनि आफ्नो स्वार्थ अनुकूल भएको हुँदा मलजल गर्दैछ । भारतबाट नेपालीलाई ठूलो सहयोग प्राप्त छ भन्ने छ, नेपालीले गम्भीर भएर सोच्नुपर्छ–यसबाट नेपाललाई केही फाइदा छैन, फाइदा देखाइएको मात्र हो । दश भागमा नौ भाग आफूले लिएर एक भाग दिएको मात्र हो । दश भागमा नौ भाग आफूले लिएका एक भाग दिएको मात्र हो । भाषा, संस्कृति, रितीरिवाजले हेर्दा भारत नेपालको केही नजिक देखिन्छ –अर्थ राजनीतिक दृष्टिले धेरै धेरै टाढा छ । मुखको मिठासले केही उपलब्धी हुँदैन । मिठो वस्तु चाहिंदैन । भारतीय विस्तारवादले सिक्किम कर्लप्प निले जस्तै नेपाललाई निल्न सम्भव देखेन । “भुटानीकरण” नीति उसको निम्ति उत्तम हुन गएको छ । अवसर हेरेर कहिले कुन राजनैतिक शक्ति कहिले कसैलाई टिपिरहेको हुन्छ । अहिले ०८३ मा बालेन रवि भारतको नजरमा उत्तम ठानिएका छन् । अब कहिलेसम्म कहाँसम्म यो गाडीको इन्जिनले काम गर्ने हो अनिश्चित छ । अब यसै क्षेत्र तिब्बत जुन चीनको भाग रहेछ, त्यहाँका शासक धार्मिक गुरु दलाई लामालाई उचाल्ने कोशिश ग¥यो तर तिनले सामना गर्न सकेनन्–भागेर भारत गए । त्यसैको संरक्षणमा बसेका छन्, बेला बखतमा फर्किन सक्ने संकेत गर्छन् । यही हो भारत नीतिको नक्सा ।
अर्को कुरा– भारतको नीति अनुरुप चल्न भुटानलाई बाध्य पारिएको छ । उसको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता नाम मात्रको छ । भारत अनुमुति बेगर भुटानले सिन्को भाँच्न सक्दैन । भारतभक्तहरुको केही सानो फौज निर्माण गरिदिएको छ । तिनैले भारतलाई अनुकूल पर्ने काम गर्छन् । तिनैको प्रतिवेदन अनुसार यसले नीति निर्माण गर्छ निर्देशन गर्छ । त्यहाँ पनि जनताको बहुसंख्यक भाग भारत विरोधी भएका छन् । छटपटाई रहेका छन्, मुक्त हुन चाहन्छन् । भारतले अशक्त देशलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत सबभन्दा बढी भुटानलाई दिने गरेको छ । भुटानी जनतालाई सधै प्रशन्न राख्ने औषधि वितरण गर्छ ।
नेपाल पनि भारतको पक्का बजार हो । यहाँका शासक भारतलाई प्रशन्न राखेर निर्मित वस्तु र आर्थिक सहयोग हात पार्न चाहन्छन् । यस्तो क्रम जारी नै थियो, अहिले ल्याईएका वर्तमान शासक बालेन रविले भारतलाई सबभन्दा धेरै खुशी बनाउन आफै भूमि दिन पनि राजी भएका छन् । त्यसैले प्र.म. बालेनले “भारतको सीमा हामीले पनि मिचेका रहेछौं ।” भन्ने घोषणा गरेका हुन् । विस्तारवादी नीति प्रयोग गर्दै सकेसम्म शान्तिपूर्ण ढंगले गर्नुपर्नेमा उसको विश्वास बढ्दै गएको देखिन्छ । साम्राज्यवाद र विस्तारवाद लगभगमा एउटै अंगका दुई हिस्सा हुन । यिनको गठबन्धन दिगो, दरिलो टिकाउ हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित