काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल संगठन समिति दाङले जनताको जीवन सहज बनाउन सरकार तथा सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्ला सचिव मोतिराम खड्काले असार २९ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । सरकार सुकुम्बासी वस्तीमा वर्षा सुरु भए सगै डोजर आतंक फैलाएर त्रसित पारीरहेको , वस्ती खाली गरेर सुकुम्बासीलाई बिचल्ली बनाएको गास, बास, नदिएको जनाउँदै बालेन सरकार र उसका समर्थकहरु हुकुमवासी हुन भनेर पुराना दलाललाई पैतिस वर्ष लुट्न दिएको हुनाले यो सरकारलाई पनि त्यति समय लुट्न दिनु पर्ने कुतर्क गरेको बताइएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –
आदरणीय आमा बुवा दाजु, भाइ, दिदिबहिनी तथा दाङ बासी जनसमुदाय यति बेला देशमा साम्राज्यवादको दलाल, पुँजीवादी, फाँसीवादी सरकार सत्तामा छ। जनता आत्मदाह, आत्महत्या, हत्या, लगायत को बाटो रोजिरहेको छ । सरकार सुकुम्बासी वस्तीमा वर्षा सुरु भए सगै डोजर आतंक फैलाएर त्रसित पारीरहेको छ । बस्ती खाली गरेर सुकुम्बासी लाई बिचल्ली बनाएको छ, न खान दिएको छ, न बास दिएको छ । आमा बुवा नभएको जाडोले काँप्दै, भोकले रोइरहेको, बोल्न नसक्ने बालकलाई बालेन सरकार र उसका समर्थकहरु हुकुमवासी हुन भनेर पुराना दलाललाई पैतिस वर्ष लुट्न दिएको हुनाले यो सरकारलाई पनि त्यति समय लुट्न दिनु पर्ने तर्क गर्दैछन। जनताको पेशा गत सुरक्षा को लागि बिचार राख्ने र सङ्गठित हुने अधिकार खोसेको छ। किसानहरुले खेतीपाती को लागि मल पाएका छैनन् । बजेट भाषण बाट अत्यधिक कर थोपरेको छ। महङ्गीले जनता दैनिक उपभोग्य सामान किन्न सक्ने अवस्थामा छैन। गरिव जनता मिटरव्याज, लघुबित्त र बैंक ठगीमा परेर घरवारविहीन हुने र उल्टै जबर्जस्त खाली चेकमा सहि गराएर मनोमानी पैसा भरेर तिर्न नसक्दा जालसाजीमा जेल जान बाध्य बनाइरहेको छ । ईरान–इजरायल, अमेरिका युद्ध को कारण देखाएर बजार मा ग्यास अभाव छ भन्ने देखिन्छ र सर्वसाधारण जनताले ग्यास नपाइरहेको पाइन्छ। ग्यास डिलर, पसल र जिल्ला प्रशासनले बजारमा ग्यास उपलब्ध बनाइ जनताको जीवन सहज बनाउन सरकार र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्दछौं । साथै जिल्लामा भएका सम्पुर्ण विकृति र डिजेल पेट्रोल र ग्यास मा कृत्रिम अभाव र मुल्य वृद्धि गरि कालोवजारी भएको पाइएमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनता को सहयोगमा जनकारबाही गर्न वाध्य हुने कुरा पनि यसै विज्ञप्ती मार्फत जानकारी गर्दछौं।


