सूर्य राई को निधन

काठमाडौं । उदयपुर को कम्युनिष्ट आन्दोलन र मजदुर आन्दोलनमा सकृय योगदान प¥याउनुभएका सुर्य राईको २०८३ श्रावण ३ गते झापामा निधन भएको छ । उहाँ उदयपुर सिमेन्ट उद्योगमा कार्यरत हुँदा २०५१ पछि नेकपा (मसाल) उदयपुर जिल्ला समिति सदस्य , २०५९ देखि २०६३ सम्म नेकपा (एकताकेन्द्र –मसाल)उदयपुर जिल्ला समिति सदस्य र २०६४ देखि २०७२ सम्म नेकपा (एकीकृत)मा आबद्ध भई काम गर्नु भएको थियो । नेकपा (मसाल) को मजदुर संगठनमा केन्द्रीय उपाध्यक्ष सम्म भई काम गर्नु भएको थियो । उहाँको परिबारमा श्रीमति बिमला र २ छोरा हुन् । गत साल जेठा छोराको निधन भएको थियो । सुर्य राई मजदुर आन्दोलनको अथक योद्धा ,लामो समय मजदुर मोर्चामा रहेर काम गरेको व्यक्ति हुनुहुन्थ्यो । वहाँ कार्यरत उदयपुर सिमेन्ट कारखानाबाट अवकाश पछि आफ्नै निवास झापा दमकमा बस्दै आउनु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित