समता शुल्कबाट सरकार पछि हटेको जानकारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा तथा स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर अर्थात समता शुल्क हटाएको जानकारी गराएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै हालको अवस्थामा कर कार्यान्वयन गर्दा आमनागरिकमाथि थप आर्थिक भार पर्ने र सेवाग्राहीले अनावश्यक सास्ती व्यहोर्नुपर्ने अवस्था देखिएकाले निर्णय पुनर्विचार गरिएको बताएका छन् । “निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३५ समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो । यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ । ”सामाजिक संजालमा छ
यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएको र सरकारको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको पनि उल्लेख छ । सरकारको करको नीतिको जनस्तरबाट निकै विरोध हुँदै आएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित