मध्यपूर्वमा युद्ध, भारतमा भिडन्त नेपालका अभागी नेताको कारण असर र तनाव ?

नारायण प्रसाद भण्डारी
अहिले विश्वको परिवेश तनावै तनावमा छ । कतिबेला कहाँ के हुन्छ ?भन्न सकिन्न विश्वभर यस्तो अवस्था हुनमा कस्को हात छ ?किन विश्वनै अशान्तमा गुज्रिएको छ ? समय मै यी र यस्तै विषयको संश्लेषण विश्लेषण बहस गर्नु हामी सबैको कर्तव्य हो ।यो भन्दा अगाडि भएको प्रथम दोस्रो विश्व युद्ध फेरी पनि तेस्रो विश्व युद्धको तयारीका रुप रेखा हरु विश्वभर निरन्तर रुपमा भए गरेका विद्रोह मध्य पछिल्लो चरणमा बगंलादेशमा र नेपालमा भएको देशै खरानी बनाउँने दुःखद प्रकारको जेनजी विद्रोह यिनी सबै घटना क्रमको हात योजना षडन्यत्र साम्राज्यवाद नवउदारवाद विस्तारवाद भूमण्डली कृत एनजीओ आइएनजीओ दलाल पुँजिवाद को पूर्णतया हात छ भने यस्ता दुःखद घटना जन्माउनु जन्मिनुमा अवसर दिने काम सबै खाले भ्रष्टाचार कमीसन जनतामारा कर, महगीं, ज्यादती,सत्ताको उन्मात बेइमानी मनोमानी सहीद बेपत्ता अपांग जस्ता युद्ध क्रान्तिका लाल योद्धाको अपमानबाट नागरिक आजित भएकै कारण विश्वभर यस्ता घटना साम्य हुन पाएनन । जनताले मुक्तिको स्वाँस फेर्न पाएनन् । त्यसकारण मध्य पूर्र्वमा साम्राज्यवादको नाइके डोनाल ट्रमको आतंक भारतीय विस्तारवादको नाइके मोदीको भारतमा पटक पटक दुइ तिहाइको दम्भ तिनी सबैखाले अतिवादको असर नेपालमा भएको कुरा पुष्टि भैरहेको छ ,यस्मा दुइमत छैन ।अर्को कुरा साम्राज्यवाद भनेकै अशान्त युद्ध ठगी बेइमानी हत्या हिम्सा को खानी हो ।यी दलालहरु कहिल्यै शान्त रहदैनन शान्त भएर बस्न बाँच्न पनि दिदैन आफु भन्दा कमजोर गरिखाने वर्ग माथि आक्रमण गर्न पनि छोडदैनन् ।जहिले पनि केहि न केहि अवान्छित कृयाकलाप गर्नु नै यिनीहरुको धर्म र कर्तव्य हो भन्ने मान्यतामा रहन्छन् र अरुलाईपनि यस्तै तनावमा राखी रहन्छन् ।
ठिक यस्तै अवस्थाले प्रथम विश्व युद्ध निम्तायो ।यस्तै खाले घटना क्रमले दोस्रो विश्व युद्धको जन्म भयो । कुनै पनि नागरिक होस वा देश होस कसैको अधिनमा कसैको उपनिवेश सामन्त र निरङकुशको अकुंश भित्र रहन चाहन्नन् ।सबै स्वतन्त्र हुन चाहन्छन ।त्यसैले पहिले पनि स्वतन्त्रता कै संघर्षहरु थिए तिनै संर्घषहरु युद्धमा परिणत भएका थिए । अहिले पनि ठिक त्यहि संघर्ष विश्वका घटना परिघटना रुपमा अघि बढि रहेका छन । त्यतिबेलाका पात्र पनि यस्तै साम्राज्यवाद एवम् सामन्तवादका मतियारहरु नै थिए । अहिले पनि उनै मतियार हरुको जल्दो बल्दो बैस चढि रहेको छ । मध्यपूर्वको युद्ध भारतको कक्रोस र सरकारबीचको भिडन्त यो भिडन्तले चलो संसद भन्दै अघि बढेको छ भने विगतको बगंलादेशमा भएको हसिना लखेट अभियान जेनजीहरुको नाममा भएको थियो नेपालमा पनि पुराना पार्टी नेता को पत्ता साफ गर्ने थियो केही हद सम्म सफल भए ।
विश्व इतिहासलाई अध्यन गर्दा विश्वका महान दार्शनिक वैज्ञानिक सर्वहारा मजदुर गरि खाने वर्ग समग्रमा भन्दा वर्गीय मुक्तिका सर्घषहरुका अगुवा पथ प्रदर्शक माक्र्स, एगेंल्स, लेनिन, स्टालिन र माओले आफनो जीवन भरका इच्छा चाहना रहर खुशी व्यक्तिगत पारिवार आफन्त नाता गोता कसैको प्रवाह नगरी सिगों समाज लाई सामन्तवाद, निरङकुशता वाद, साम्राज्यवाद,दास स्वामी प्रथा,मालिक नोकर प्रथा,श्रम शोषणको उन्मूलन,महिला माथिको दमन शोषण अन्याय अत्याचार,जातिय बिभेद,रगं भेद,दलाल पुँजीवाद, भू स्वामी प्रथा,अतिरिक्त मूल्यमा ठगि, उत्पादनका श्रोत र उत्पादनका औजारमा गरि खाने बर्ग माथि पर्न गएको अन्याय अत्याचार ,गरिखाने सँधै गरिब बसि खाने खाने सधै धनाढय हुने को खाडल लगायतका दर्जनौं अन्याय अत्याचार विरुद्धमा न्यायको विगुल संसार भर फुक्दा ठगि खाने सामन्त दलालहरुको मुटु हल्लने गरि आखाँ र्तिमिराउने गरिका दर्जनांै युद्ध विद्रोह संघर्ष लाखौं क्रान्तिकारीहरुको बलिदानी एवं रगतले साटिएको लाल हँसिया हथौडा अकिंत झणडाको जन्म भएको थियो साथै रगतले लेखिएको रग्ताम्य पोतिएको इतिहासका राता अक्षरले निर्मित पान्नाहरु कहिल्यै मेटिने छैनन् र मेटिन दिनु पनि हुँदैन ।अन्यथा ती महान दार्शनिक हरु माथि र लाखौं लाख सहीदहरुले ती धोकेवाज बेइमानी स्वार्थी अवसरवादी भ्रष्टाचारी सुदखोर सामन्तवादका पिछलग्गु जुझारु अर्थवादका पिपासु जस्ता पामर जस्ले युद्धमा धोका दिए र अरुको जिन्दगी माथि खेलवाड गरे त्यस्ता ब्यभिचारी बाँचेर पनि जिउँदा लाशहरु बनेका महाभूतहरुसँग प्रश्न गर्ने छन ?खोइ हाम्रो जिवन खोइ हाम्रो क्रान्ति ?भन्ने छन । ती महान दार्शनिक वैज्ञानिकहरुको समयमा पनि रुसको खुस्चेभ,चीनको ब्रेजनेभ,ल्यु साओचि,बुखारीन र राइकोभ,फ्रान्समा जन्मीएको पु्रधो,बेलायत मा जन्मेका रर्बट ओबेन,काल्पनिक समाजवादका उटोपिया एउटा द्वीपलाई समाजवादको सपना देख्ने सरटायर,कुख्यात शंकराचार्य जस्तालाई ध्वस्त पार्दै समाजवादी क्रान्तिका संघर्ष आन्दोलन को निरन्तरता दिनेहरु पनि त यही संसारमै थिए ।जस्तै गौतम बुद्ध,कपिल प्लेटो,एडमस्मिथ,लुइल्वा,हो चि मिन्ह,चेन्नाइ जस्ता महान ब्यक्तित्व हरुको जन्म हुनु भनेको संसारका मजदुरहरुलाई विज्ञान र वैज्ञानिक बाटोमा हिडन मदत गरयो । जस्ले माक्र्सवादको जन्म र शंरक्षण समेतमा बल पुरायो ।यो नै महानता थियो ।
अन्तमा अहिले विश्व मै उथल पुथल गन्जा गोलको अवस्ता श्रृजना भै रहेको छ ।यो अबस्था आउनुमा प्रमुख हात साम्राज्वाद नै अगाडि छ ।साम्राज्यवादको अभियान परिचालित अन्र्तगतका हागाँ बिँगाको रुपमा कृयाशील रुपहरु जस्तै दलाल पँुजीवाद,एनजीओ,आइएनजीओ,बिचौलिया,मिटरब्याज च्याउँ उम्रे जस्ता लघुवित्त,नवउदारवाद,भूमणडलीकृत,उत्पादनमा हस,मानव बेचबिखन र अर्काको बाँच्न पाउँने अधिकार माथिको हनन र हस्तक्षेप ,स्वतन्त्रता माथि को हमला,बुद्धि विवेकको प्रयोगको ठिक विपरीत हतियार प्रदर्शनको होडबाजी,ऐतिहासिक संरचनाहरुको नष्ट ,श्रमशोषण अन्याय अत्याचार,हत्या हिसां ,चोरी डकैती लुट ब्रम्ह्लुट ,अशुरक्षा लगायतका व्यभिचारी कुकार्यहरु सबै साम्राज्यावादकै मतियार साम्राज्यवाद लाई नै जोड बल उर्जा दिने कुकार्य समाजवाद विरोधी गतिविधि हुन् ।
निचोड के हो त भन्दा अहिले मध्य पूर्वमा फेरि वार्ता भाडियो यो भाडिएको होइन साम्राज्यवाद भनेकै युद्ध हो । यिनी युद्ध बिना बाँच्न सक्दैन साम्राज्यवाद र युद्ध बिचको सम्बन्ध माछा पानीको जस्तो गाढा हुन्छ । त्यसकारण इरान र अमेरिकाबीचको शान्ति वार्ता नै थिएन ।सबै नौटंकी नाटकको प्रपन्च मात्र थियो बीचमा केही समय अमेरिकाले डुमिनी सर्पको खेल कहिले दुला भित्र कहिले दुला बाहिर गरेर झुक्याएर शक्ति सन्तुलन गरेर बलियो आक्रमण गर्ने योजान का साथ शान्तिवार्ताको कार्ड फालेर चीन लगाएतका विभिन्न देशको अवस्था बुझ्नका लागि स्थिगित गरेको मात्र थियो ।फेरि स्थिगित भएको युद्धले निरन्तरता पायो अचम्म मान्नु पर्ने कुनै कारण छैनन् । अर्को नयाँ भिडन्त भारतमा कक्रोच नामबाट चलिरहेको छ । त्यसको नेतृत्व कसले गरेको छ ?उ कहाँ बाट सन्चालित छ ?उ हाल सम्म कहाँ थियो ?यस्को वास्तविकता यस्तो छ । एकजना भारतमै जन्मेका ३० वर्षिय दिपके नामका युवा लामो समय अमेरिका मै थिए । हाल भारतमा चलिरहेको कक्रोच नामको आन्दोलनको नेतृत्व गर्न उनी अमेरिकाबाट भारतमा आए । यो आन्दोलनको रुप नाम जेसुकै भने पनि वास्तवमा यो पनि बंगला देश नेपाल जस्तै जेन्जेड जेन्जी विद्रोहको रुप हो । भारतमा मोदीले पत्रकार सम्मेलन नगरेरै १२ वर्ष बिताए मात्र आफनो फेबरको सामाजिक सन्जाल मार्फत साम्राज्य विस्तार गरेर शासन चलाएका थिए ।उनको विस्तारवादी नीतिमाथि साम्राज्यवादको आक्रमण बाट सत्ताच्युत गर्ने उद्धेश्यका साथ यो भिडन्त विद्रोह तर्फ मोडिदै अन्तिममा मोदीको सत्ता खोस्ने अभियानमा अघि बढेको छ । एक जना कुमार नामकी १९ वर्षिया युवतीले भनेकी छन । यो सरकारको रवैया देखेर रगत उम्लेर आउँछ भन्दै आक्रोस पोखेकी छन् । उनी पात्र मात्र हुन ।यो भनाइले भारतका लाखौं युवाको प्रतिनीधित्व गरेको छ । वास्तवमा अन्र्तआत्मा देखि भन्नु पर्दा चाए साम्रज्यवादी आन्दोलन होस चाए जेनजी कक्रोस चलो संसद भन्ने विद्रोह होस जो सुकैको आन्दोलन संसारका कुनै कुनामा चलोस त्यसको असर तनाव हरेक पक्षबाट नेपाल मै पर्छ ।जस्को सानो उदाहरण भिडन्तमा मोर्ने पहिले नेपाली त्यसपछि अरु हुन्छन । महगीं कालाबजारी दैनिक उपभोग्य वस्तु पेट्रोल डिजेल ग्याँस लगायतका अनिवार्य नभै नहुने अत्यावश्यक वस्तुको हाहाकार नेपाल मै हुन्छ ।रोजगारमा गएका लाखौं नेपाली माथि विपत्तिहरु आइ लाग्छन् । त्यसकारण नेपाललाई प्रत्यक्ष अप्रत्यक्ष असर एवम्ं तनाव निरन्तरता मै छ ।यसको अन्त्य हुन नेपाल स्वयं आत्म निर्भर हुनु पर्छ तर नेपालका नेता भनाउँदाहरु ठिक सन १८७९मा युक्रेनमा जन्मेका कुशल कम्युनिष्ट आन्दोलनका नेता मानिन्थे तर उनी सधै विचारमा अडिग नरहने सधै अस्थिरतामा रहने सधै नैराश्यतामा समय बिताउने प्राय भावनामा बग्ने भएकोले उनलाई अभागी नेता भनिन्थ्यो त्यस्तै हाम्रा नेपालका दलाल संसदिय व्यवस्थामा मरिहत्य गर्ने नेता अभागी भएकै कारण नेपाली वामपन्थी आन्दोलन सधै धरापमा पर्दै गयो ।सधै नेपाली जनता तनावमा बाँच्न बाध्य भयो । धन्यवाद ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित