चेन्नै । अखिल भारत नेपाली विद्यार्थी संघ चेन्नई दक्षिण नगर समितिको प्रथम भेला २६ जुलाई २०२६ का दिन चेन्नईको क्षेत्रीय कार्यालय त्रिमंगलम सम्पन्न भएको छ। भेलाले विद्यार्थी संघ चेन्नई दक्षिणको नयाँ समिति चयन चयन गरेको छ । भेलाको अध्यक्षता मनिशा सुवेदीले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा मौन धारण गर्नु भएको थियो। अतिथि तथा उपस्थित जनमानसलाइ शब्दबाट प्रमिला रिजाल र संगितबाट रक्तिमले स्वागत गर्नु भएको थियो । प्रमुख अतिथि अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नर बहादुर बि.कले प्रथम भेलाको उद्घाटन गर्नु भयो। भेला सफलताको शुभकामना तथा बधाई दिनेहरूमा विशिष्ट अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव बिक्रम केसी, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर समितिका अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य तथा महिला नगर ईन्चार्ज देवी रिजाल, क्षेत्रीय सदस्य दिल कुमार नेपाली, रक्तिम बाट भिम बिक, रोशन बि क, विद्यार्थी केन्द्रीय सदस्य, दिपा के सी, प्रतिभा वस्याल , एकता समाज चेन्नई पश्चिम नगर सदस्य खोमनाथ न्यौपाने, जीवन थापा, टेक बहादुर रोका रहनु भएको थियो। भेलाले निरन्जन सुवेदीको अध्यक्षतामा १९ सदस्यीय चेन्नई दक्षिण नगर समितिको चयन गरेको छ। जस्मा उपाध्याय प्रवीन रिजाल, सचिव धनादेवी आचार्य, सहसचिव सुमित्रा सुवेदी, कोषाध्यक्ष विक्रम अधिकारी, सदस्यहरू मनिशा सुवेदी, सुष्मा बस्याल, शोभाना थापा, संगिता शर्मा, लेखनाथ नेपाली, मनोज सुवेदी, विमल शर्मा, जीवन उपाध्याय, स्नेहा बस्याल, प्रमिला रिजाल, रोशनी रोका, निर्मल शर्मा र आराती गिरी रहनु भएको छ। कार्यक्रमको सन्चालन धनादेवी आचार्यले गर्नु भयो।


