राम सिंह जि यम
अखिल भारत नेपाली एकता समाज बेङ्गलोरका संस्थापक सदस्य
हजुर नमस्कार
–नमस्ते , राम सिंह जि
सञ्चै हुनुहुन्छ ? स्वास्थ्य कस्तो छ ?
– म अहिले अलिकति ठिकै छु भनौं । अब बयासि( ८२) वर्ष लागेँ । बाहिर हिडडुल गर्न सकेको छैन, केही महिना पहिलेअस्वस्थ थिए । अहिले ठिकै छ,ु संगठनका कार्यक्रममा जाने सारै इच्छा हुन्छ तर स्वास्थ्यले गर्दा जान सकेको छैन ।
हजुरको जन्म केहिले र कहाँ भएको थियोे ?
– मेरो जन्म विक्रम संवत् २००१ साल माघ १ रुकुम पश्चिममा भएको हो ।मेरो नाम हिरामणि घर्ती मगर हो अहिले राम सिंह जि यम भनेर चिनिएको छु र हामी एक दाजु र एक दिदी हौं ।म चाहिँ कान्छो भाइ हुँ र हामीहरु २०७८ सालमा नेपालगञ्ज बाके जिल्ला खजुरा बाग्यस्वरमा नम्बर २०,२१ मा बसाइँसराइ गरेपछि अहिले दाजुका छोराछोरी त्यहि बसेका छन।
म सानै थिए आमाको मृत्यु भएको रहेछ । बुबाले दोस्रो विवाह गरेर भारत तर्फ लाग्नु भयो । मलाई मेरो कान्छा बुबाले पालनपोषण गरेको हो । दिदी भिनाले पालनपोषण गरेको हो । त्यसकारण मलाई आमाको नाम थाहा भएन फेरि म सानै उमेरमा प्रदेश लागे धेरै दुःख पाएँ । यो अहिले भनेर साध्य छैन । त्यस बेलाको पीडा मलाई मात्र थाहा छ।
तपाईँ कहिले विदेशिनु भयो ?
– म सानै थिएँ सन १९५९ तिर हुन सक्छ । मेरो उमेर १२ वर्ष लगभग थियोे । त्यो कसरी थाहा भयो भने म गाउँका साथीहरुसित भारत जान भनेर हिँडेको थिएँ । हिड्दा हिड्दै देहरादुन पुगेका रहेछौं देहरादुनमा हामीहरु रेल चढ्यौं । अरु दुई जनासित टिकट रहेनछ । मेरो टिकट काटेको रहेनछ । त्यसै बेला टिटि आयो र मलाई समातेर लग्यो र मलाई तिम्रो उमेर चेक गर्छु भन्यो अनि मलाई चेक ग¥यो । अनि टिटिले तिमीलाई बाह्रवर्ष पुगेन भारतको कानुन अनुसार बाह्रवर्ष नपुगेपछि टिकट लाग्दैन भनेर छोडी दियो ।अरु थप भन्दा पहिला हरिद्वार दुइदिन पैदल हिडियो । त्यसपछि टेहरि गडवाल गएँ । त्यहाँ बुबासँग भेट भयो तर उहाँसित बस्न मन लागेन त्यसपछि बम्बई गए ।
बेङ्गलोर कहिले आउनु भयो ?
– म बेङ्गलोर १० जुलाई १९६८ मा आएको हो । यहाँ मेरा मान्छे कोही थिएन । दुई महिना त्यसै गुजारा चलाए पछि दिदी भेना यतै रहेछन् ।उहाँसित भेट भयो उहाँले एउटा अपार्टमेन्टमा नोकरी लगाउनु भयो । जहाँ ९० रुपैया वेतन थियो ।केही महिना नोकरी गरेपछि करपोरेशन सरकारी नोकरी पाँए । त्यसबेला ७० रुपैया वेतन थियो । पछि स्थायी भए बल्ल रू ३५० रुपैया वेतन पाएँ ।
विवाह कहिले र कसरी भयो ?
– मेरो विवाह यतैको केटीसँग १९७२ मार्चमा भएको थियोे । त्यसपछि १२ डिसेम्बर १९८३ मा छोराको जन्म भयो । त्यसपछि ५ डिसेम्बर १९८८ मा छोरीको जन्म भयो ।त्यसपछि मेरो परिवारिक जीवन राम्रोसँग चलेको थियोे तर मेरो परिवारमा एउटा दुःखद घटना भयो ।जुन ५ डिसेम्बर २०२० का दिन छोराको दुःखद निधन भयो । त्यसले मलाई धेरै कमजोर बनायो ।अहिले छोरीले मेरो रेखदेख गरकी छिन् । जे जस्तो भएपनि ठिकै छु भनौ ।
अब केही समाजिक संगठन बारे कुरा गरौं। हजुर अखिल भारत नेपाली एकता समाजमा कहिले देखि लाग्नु भयो ?
– बेङ्गलोरमा अखिल भारत नेपाली एकता समाजको गठन अगष्ट १९८२ मा भएको थियो । धन बहादुर ढाँठको अध्यक्षतामा कबन पार्क लामो ढुङ्गामा भएको थियोे । जसमा म पनि उपस्थित थिए । साथै नगर सदस्य भए अन्य साथीहरूका नाम भुलेछु । उक्त समिति गठन गर्दा बखत पाण्डेचेरीबाट होमनाथ शर्मा लगायत साथीहरूको विशेष उपस्थिति थियोे । त्यसकारण मलाई बेङ्गलोरको संस्थापक सदस्य भन्ने गरेका छन् ।
१९८२ मा संगठन गठन भएपछि के कस्ता काम भए भनेर कुरा गर्दा यो निकै चुनौतीपूर्ण काम थियो। बेङ्गलोरमा संगठन गर्न धेरै अप्ठ्यारो थियोे । नेपाली हरुलाई संगठित गर्न तर पछि सहज हुँदै गयो । किन भने अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोभेम्बर १९७९ बनारसमा भएको थियोे । यो संगठन प्रवासमा रहेका आम श्रमजीवी नेपालीहरुको हकहितका लागि गठन भएको हुदा भारतमा रहेका सबै नेपाली हरुका दुख कष्ट एउटै भएकोले बेङ्गलोरमा काम गर्ने नेपालीहरुलाई सम्झाउदै संगठन निर्माण गर्दै गयौं र साथीहरू संगठित हुँदै गए । जब संगठन फराकिलो हुँदै गयो ।हामीहरुले रचनात्मक कार्यक्रम गर्दै गयौं । जस्तै खेलकुद हाजिरीजवाफ प्रतियोगिता, देउसी भैलो, तीज कार्यक्रम गर्दै जान थालियो र संगठन पनि मजबुत हुँदै भयो ।
अहिलेका नेपालीहरु पहिलेका नेपालीहरुमा के फरक पाउनु भयो सांगठनिक रुपमा ?
–संगठन निर्माण गर्न पहिला धेरै कठिनाइ थियोे तरपनि पहिलेका नेपालीहरुमा धेरै माया प्रेम थियोे ।एक चोटि भेटघाट भयो भने गाउँ घरका कुरा गर्दा आँखाबाट आँसु झार्थे । धेरै नजिक आउथे नेपालमा पञ्चायती तानाशाही व्यवस्था थियो । बोल्न पाउदैन थिए । गाँस बास कपासको निकै कठिनाइ थियोे । नेपालीहरु भारत आएपछि अखिल भारत नेपाली एकता समाज छ भन्ने कुरा थाहा भयो । साथै अन्याय अत्याचारका विरुद्ध एकजुट हुन एकता समाजले सिकाउँदै लगेको हुनाले भारतमा हाम्रो संगठन विशाल बन्दै गयो। दोस्रो कुरा अहिले नेपालीहरु पैसा कमाउनका लागि आफ्नै काममा व्यस्त भएकाछन् । नेपालमा पनि केही परिवर्तन आयो यता पनि धेरै संगठन भए । त्यस कारण संगठनमा संगठित गराउन धेरै समस्या हुँदै गएको छ ।
विदेशी भूमिमा नेपालीहरुले के गर्नु पर्छ थप केही भन्नु हुन्छ कि ?
– प्रवासमा नेपालीहरुको आफ्नो भन्ने कोही छैन साथै हाम्रो देशमा रोजगारी छैन । त्यसकारण नेपाली युवाहरु दिनप्रतिदिन विदेशिन बाध्य भएका छन । यी युवाहरुलाई हामीहरुले अखिल भारत नेपाली एकता समाजको झण्डामुनि गोलबन्द गराउन पर्दछ । उनीहरुलाई गलत बाटोमा जानबाट रोक्न पर्दछ । साथै महिला दिदीबहिनीहरुलाई यस संगठनमा संगठित गर्नु पर्दछ। उहाँहरुको चेतनाको विकास गर्नु पर्दछ ।संगठन छैन भने हाम्रो आवाज उठाउने ठाउँ हँुदैन । एक्लिँदै गएपछि हाम्रो कुरा कसैले सुन्दैन । त्यसकारण सामुहिक भएर बुलन्द आवाज गरौं । भारत भरि छरिएर रहेका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरुलाई अखिल भारत नेपाली एकता समाजमा एकजुट हुन आव्हान गर्छु ।
अन्तमा हाँक साप्ताहिक पत्रिका बारे केही भन्नु हुन्छ कि ?
हाँक साप्ताहिक पत्रिका धेरै पुरानो पत्रिका हो । यो पत्रिका समाचार मुलुक नभएर विचारमुलक पत्रिका हो ।यसलाई कहिलै बन्द हुन नदिनु ।म यो पत्रिका फलोस् फुलोस् । सधैंभरि अन्यायका विरुद्ध आफ्नो कलम चलाइ रहोस् भन्दै यो पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
प्रश्तुति ः अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव राम सिह वि.क. मिति ः२०८३ साउन १९ ,वेङलोर

