चेनै दक्षिण नगर अन्तर्गत महिला विभागक‍ो तेस्रो भेला सम्पन्न

 

चेन्नई –अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समिति अन्तर्गत महिला विभागको तेस्रो भेला ९ अगस्त २०२६ का दिन सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्षता लक्ष्मी सुवेदीले गर्नु भयो। अतिथिको आशनग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट पार्वती सुवेदी र संगीतबाट रक्तिम अभियानले स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजकी केंद्रीय सचिवालय सदस्य तथा महिला विभाग ईन्चार्ज दुर्गा सुवेदीले भेलाको उद्घाटन गर्नु भएको थियो। भेलाले लक्ष्मी सुवेदीको अध्यक्षतामा १९ सदस्यीय चेन्नई दक्षिण महिला विभाग गठन गरेको छ। जसमा उपाध्यक्ष सिता पौडेल, माया थापा, सह सचिव पार्वती सुवेदी, कोषाध्यक्ष खिमा गिरी, सदस्यहरूमा नन्दकला परियार, माया परियार, देवी गिरी, देवी पौडेल, गंगा शर्मा, शान्ति परियार, सिता सुवेदी, गंगा आचार्य, पुनम नेपाली र शावित्रा पौडेल रहनु भएको छ। भेला सफलताको शुभकामना तथा वधाई दिनेहरूमा केन्द्रीय सचिवालय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सचिवालय सदस्य तथा चेन्नई दक्षिण नगर अध्यक्ष भुव सुवेदी , केन्द्रीय सदस्य रामकुमार केसी, रामु नेपाली, हिरा गिरी रहनु भएको थियो भने कार्यक्रमको संचालन माया थापाले गर्नु भएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित