जनताको जनवादी अधिनायकत्वको सवाल

 

हस्तबहादुर के.सी

“जमिन जोत्नेको , घर पोत्नेको ।”
– क. पुष्पलाल
जनताको जनवादी अधिनायकत्व भनेको के हो ? यो व्यवस्था कहिले र कसको नेतृत्वमा कहिले कायम हुन्छ ? यो व्यवस्था मानव समाजको विकासको कुन क्रममा स्थापना गरिन्छ ? त्यसपछि कुन राज्य व्यवस्था लागु गरिन्छ ? भन्ने जस्ता महत्वपूर्ण प्रश्न र जिज्ञासा हाम्रो समाजमा प्रसस्तै सुन्न पाइन्छ । यस लेखमा सर्वसाधारण पाठकहरूले अर्थात् आम पाठकहरूले बुझ्न सक्ने गरी सरल भाषामा लेख्ने प्रयत्न गरिएको छ ।

जनताको जनवादी अधिनायकत्व एउटा अर्ध सामन्ती र अर्ध आौपनिवेशिक÷नवऔपनिक अवस्थामा रहेको देशमा गरिने नयाँ क्रान्ति अर्थात् नयाँ खाले पुँजीवादी क्रान्ति सम्पन्न गरिसकेपछि निर्माण राजनीतिक व्यवस्थाको नाम हो ।
अहिले नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा भित्र “नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने” भन्ने विचार जोडतोडका साथ प्रचारप्रसार गरेको पाइन्छ । यो विचार “ ल्यू शाओ चि – देङ शाओ विचार “ हो , ल्यू शाओ चि – देङ श्योपिङवमद हो । जब चीनमा २८ वर्षे सशस्त्र जनयुद्धको प्रक्रियाबाट सन १९४९ अक्टोबर १ मा महान् चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र त्यसै दिन अर्थात सन १९४९ अक्टोबर १ का दिन राजधानी बेइजिङ स्थित विशाल त्ययनमेयन ( मैदान ) चोकमा चिनिया जनताको जनवादी अधिनायकत्व घोषणा गर्नु भयो । त्यसबखत चिनिया समाज वैज्ञानिक समाजवादमा प्रवेश गरेको घोषणा गरिएको थिएन । किनभने तत्कालीन अवस्थामा माक्र्सवाद – लेनिनवाद – माओ त्सेतुङ विचारधाराको मापदण्डअनुसार महान् चिनिया नयाँ जनवादी क्रान्ति भनेको नयाँ खाले पुँजीवादी क्रान्ति भनिएको थियो , त्यसको कारण चीनमा पुँजीवादी क्रान्ति नभइसकेका कारण देश अर्ध सामन्ती र अर्ध उपनिवेशिक अवस्थामा रहेको वर्ग विश्लेषण गरिएको थियो ।

अब पुँजीवादी क्रान्ति गर्ने वर्ग नभएकोले मजदुर – किसान एकताका आधारमा चिनिया कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ खाले पुँजीवादी क्रान्ति सम्पन्न गरेर मात्र राज्य आधार र उपरीसंरचना बलियो बनाएर मात्र समाजवादमा प्रवेश गर्ने रणनीतिक लक्ष्य ठोस गरिएको थियो । त्यसैले चिनिया कम्युनिस्ट पार्टीले मजदुर – किसानलाई क्रान्तिका मुख्य शक्ति मानिएको थियो र राष्ट्रिय पुँजीपति वर्गदेखि लिएर शहरीया मजदुरवर्ग र धनी किसानदेखि लिएर कृषिहर मजदुर वर्गसमेत क्रान्तिका सहयोगी ( सहाय ) निर्धारण गरिएको थियोे । राज्यको आधार भनेको आर्थिक अवस्था हो भने उपरी संरचना भएको सरकार हो । त्यसैले देशको आर्थिक आधार बलियो नभइकन सरकार अर्थात् राज्य बलियो हुँदैन भन्ने माक्र्सवाद – लेनिनवाद – माओ विचारधाराका आधारमा चीनमा सन १९४९ अक्टोबर १ दिन जनताको जनवादी अधिनायकत्वको घोषणा गरिएको थियो । महान् चिनियाँ नयाँ जनवादी क्रान्ति पश्चात् निर्माण गरिएको नयाँ जनवादी व्यवस्था चिनियाँ समाजलाई वैज्ञानिक समाजवादमा पुर्याउनका लागि निर्माण गरेको राज्य व्यवस्था थियो । मुलुकलाई आर्थिक रुपले बलियो बनाएर मात्र समाजवादमा जान सकिन्थ्यो ।

चीनमा राजनीतिक क्रान्ति पहिलो र आर्थिक क्रान्ति दोस्रो नम्बर मै थियो । राजनीतिक संघर्ष पहिलो र प्रकृतिसंगको संघर्ष दोस्रो थियो । राजनीति भनेको विचारसित सम्बन्धित विषय हो । त्यसो भएर क. माओले “ सबै कुराको निर्धारण विचारले गर्दछ“ भन्नुभएको छ । तर चीनमा जनवादी व्यवस्थाद्वारा मुलुकको आर्थिक विकास नगर्दै छोटै अबधिमा ल्यू शाओ चि – देङ श्याओ पिङले “ आर्थिक विकास पहिलो हो , राजनीतिक क्रान्ति सकिसकेको छ “ विचार अगाडि सारेका थिए , त्यो विचार ख्रुश्चेवी विचार थियो ।

सन १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको पार्टीको आठौं महाधिवेशनमा ल्यू – देङ गुटले “ बिरालो कालो र सेतु हुनुले फरक पर्दैन , मुसा मारे भो “ भन्दै पुँजीवादी विचार घुसाए र पारित भयो र चीनमा प्रतिक्रान्ति भएकै कारण क. माओले पार्टी भित्र महान् बहस मात्र चलाउनु भएन “ सन १९६६ देखि १९७६ सम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति “ सञ्चालन गर्नु परेको थियो । वैज्ञानिक समाजवादको रक्षा र विकासका निम्ति ।
नेपालमा तिनै अनुभव र नेपाली समाजको तत्कालीन अवस्थाको विश्लेषण गर्दै नेपाल पनि अर्ध सामन्ती र अर्धनग्न उपनिवेशिक अवस्थामा रहेकोले यहाँ गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हुने भन्दै “ जमिन जोत्नेको , घर पोत्नेको “ नारा दिनु भएको थियो ।

आज नेपालको अवस्था क. पुष्पलालको समयमा भन्दा धेरै फरक अवस्था पुगेको भए तापनि मुलुक अझै पनि अर्ध सामन्ती र अर्ध ÷ नवउपनिवेशिक अवस्थामै रहेकोले नेपालमा अब गरिने क्रान्ति पनि नयाँ जनवादी क्रान्ति हो । र यहाँ पनि जनताको जनवादी अधिनायकत्व सहितको राज्यको अबधि पुरा गरेर मात्र वैज्ञानिक समाजवादमा प्रवेश गर्न सकिन्छ । किनभने नयाँ जनवादी क्रान्ति पश्चात् निर्माण गरिने नयाँ जनवादी व्यवस्था अर्थात् जनताको जनवादी अधिनायकत्व सहितको व्यवस्था नेपाली क्रान्तिको पहिलो फेज हो भने वैज्ञानिक समाजवाद दोस्रो र वैज्ञानिक साम्यवाद तेस्रो फेज हो ।
जनताको जनवादी अधिनायकत्वमा क्रान्तिको मोडल नयाँ जनवादी क्रान्तिको मोडल, गाउँदेखि शहर कब्जा गर्ने मोडल, ग्रामीण इलाकाकाहरूमा स्थानीय जनसत्ता निर्माण गर्दै गुरिल्ला वार (छापामार युध्द) मोडल अर्थात् दीर्घकालीन जनयुद्धको मोडल पहिलो मोडल हो भने समय र परिस्थिति अनुसार, विश्व परिस्थिति अनुसार सशस्त्र जनविद्रोह (शहरीया आम विद्रोह) मार्फत् शहरमा सशस्त्र जनविद्रोह मार्फत् केन्द्रीय सत्ता कब्जा गरेर क्रान्तिलाई गाउँतिर लैजाने मोडल । यी दुई मोडल मध्ये पहिलो मोडल महान् चिनिया नयाँ जनवादी क्रान्तिको मोडल हो र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सन १९४९ अक्टोबर १ का दिन कमरेड माओ त्सेतुङको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले सम्पन्न गरेको मोडल ।

दोस्रो मोडल अझैसम्म कुनै पनि लागु भएको छैन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) आफ्नो पोखरा राष्ट्रिय भेलाबाट पारित गरिसकेको छ । हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको क्रान्तिको मोडल पनि यही दोस्रो मोडलको रुपमा रहेको जनयुद्धको जगमा सशस्त्र जनविद्रोह मार्फत् शहरबाट केन्द्रीय सत्ता कब्जा गरेर क्रान्तिलाई गाउँ तिर लैजाने मोडल हो । स्मरणीय कुरा के छ भने तत्कालीन अवस्थामा रहेको रुसमा महान् लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी (बोल्सेविक) ले सन १९१७ अक्टोबर २५ (रुसी नयाँ पात्रो अनुसार सन १९१७, नोभेम्बर ७) क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद लागु गरिएको इतिहास विश्व कम्युनिस्ट आन्दोलनमा एक शिक्षाको रुपमा रहेको छ ।
तर यहाँ एउटा अर्ध सामन्ती तथा अर्ध उपनिवेशिक÷नवआौपनिवेशिक अवस्थामा रहेको नेपालमा गरिने क्रान्तिको बारेमा विश्लेषण गरिएको हो । किनभने नेपाल आजसम्म पनि अर्ध सामन्ती र अर्धआौपनिवेशिक÷नवआौपनिवेशिक अवस्थामा रहेको नेपालमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । नयाँ खाले पुँजीवादी क्रान्ति हो । यस क्रान्तिमा सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्व हुन्छ र यो क्रान्ति मजदुर – किसान एकतामा आधारित हुने क्रान्ति हो ।

यो क्रान्तिमा कुन कुन वर्गहरूले भाग लिन्छन् ? (सहभागी बन्छन् ?) भन्ने कुरा प्रमुख विषय हो । हाम्रो देश नेपाल एउटा अर्ध सामन्ती र अर्ध उपनिवेशिक÷नवआौपनिवेशिक अवस्थामा रहेको देश भएकोले महान् नयाँ नेपाली जनवादी क्रान्ति भनेको सामन्तवाद – साम्राज्यवाद विरोधी क्रान्ति हो । आज नेपालमा सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र सामन्तको दलाल संसदीय व्यवस्थालाई ध्वस्त पारेर मात्र जनताको नयाँ जनवादी व्यवस्था निर्माण गर्न सक्छन् ।

यस क्रान्तिमा कुन कुन वर्गले भाग लिन्छन् भन्ने प्रश्नमा यसको जवाफ हो यस क्रान्तिमा मजदुर – किसान वर्ग मुख्य क्रान्तिका शक्ति हुन्छन् भने राष्ट्रिय पुँजीपति वर्गदेखि तलको आौद्योगिक मजदुर ( सर्वहारा वर्ग) धनी वर्ग, शहरीया मध्ये वर्ग, निम्न मध्यम वर्ग, शहरीया गरीब वर्ग र धनी किसानदेखि तलको कृषि मजदुर वर्ग अर्थात् धनी किसान, मध्यम वर्गीय किसान, निम्न मध्यम किसान, गरीब किसान, भूमिहिन किसान समेत क्रान्तिका सहयोगी शक्ति हुन् । यो क्रान्ति माथि उल्लेखित वर्गहरूकाबीचमा संयुक्त राजनीतिक मोर्चा गठन गरिनेछ ।

यसरी राष्ट्रिय पुँजीपति वर्गदेखि आौद्योगिक मजदुर वर्ग र धनी किसानदेखि कृषिहर मजदुर वर्गले भाग लिने र क्रान्तिलाई सहयोग गरेकोले यिनै राष्ट्रिय पुँजीपति वर्गदेखि औद्योगिक मजदुर वर्ग र धनी किसान देखि कृषिहर मजदुर वर्ग सहितको संयुक्त सहभागीतामा अर्थात् क्रान्तिका मुख्य र सहायक शक्तिका रुपमा रहेका यिनै वर्गको सामुहिक स्वामित्व र सहभागीतामा आधारित जनताको जनवादी अधिनायकत्व रहने गरी नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरिन्छ । यस व्यवस्था “जमिन जोत्नेको ”, घर लिप्नेको “ अर्थात् “जसको जोत उसको पोत” को नारा दिइन्छ । यस व्यवस्थामा मुलुकको सम्पूर्ण उद्योग धन्दा तथा कलकारखानाहरू राष्ट्रियकरण गरिन्छ । सामन्त तथा जमिन्दारको जमिन खोसेर (जफत) गरेर किसानहरूलाई बाँडिन्छ । किसानहरू जमिनका मालिक बन्दछन् । र, यस व्यवस्थामा जनता देशका मालिक बन्छन् । यस प्रकारको व्यवस्थालाई जनताको जनवादी अधिनायकत्व सहितको नयाँ (नौलो) जनवादी व्यवस्था भनिन्छ र यो व्यवस्था वैज्ञानिक समाजवादमा फड्को मार्नका लागि पुलको काम गर्दछ । अर्थात् नयाँ जनवादी राज्यव्यवस्था वैज्ञानिक समाजवाद निर्माणका लागि बीचको संक्रमणकालीन राज्य व्यवस्था हो ।

जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी व्यवस्था एउटा वर्गीय व्यवस्था भएकोले यहाँ वर्ग संघर्ष विद्यमान रहन्छ । अर्थात् यहाँ पनि वर्ग संघर्ष जारी रहन्छ । त्यति मात्र होइन वैज्ञानिक समाजवादी व्यवस्था पनि वर्गीय व्यवस्था हो । त्यहाँ पनि मजदुर वर्ग पहिलो वर्ग, शासक वर्ग अर्थात् सत्तारुढ वर्गका रुपमा रहेको हुन्छ भने पुँजीपति वर्ग दोस्रो वर्गका रुपमा रहेको हुन्छ । त्यसैले कमरेड माओ त्सेतुङले “समाजवादमा वर्ग विद्यमान रहन्छ” भन्नुभएको छ । जनताको जनवादी अधिनायकत्व कायम गरिएको त्यस व्यवस्थाले हिजो क्रान्तिका विरुद्ध उत्रिएका सामन्त र साम्राज्यवादका दलालहरू, देशीविदेशी प्रतिक्रियावादी शक्तिहरू, देशीय, सामन्तीहरू, क्रान्ति विरोधी दलाल तथा नोकरशाही पुँजीपति वर्गहरू, क्रान्तिका सम्पूर्ण शत्रु तथा अपराधीहरूलाई कडा भन्दा कडा कार्वाही मार्फत, दण्डित गरेर समूहनष्ट गरेर ठिकसंग ठेगान लगाएर मात्र वैज्ञानिक समाजवादमा प्रवेश गरे पछि प्रतिक्रान्तिकारी शक्तिलाई टाउको उठाउन नदिने गरेर मात्र वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्ने हुन्छ ।

महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसकेपछि कमरेड माओको नेतृत्वमा चिनिया कम्युनिस्ट पार्टीले विश्व मै पहिलोपटक जनताको जनवादी अधिनायकत्व सहितको नयाँ जनवादी राज्यव्यवस्था स्थापना गरिएको थियो । र सन १९५४ सालमा चीनमा नयाँ संविधान बनाइएको थियो र कमरेड माओ त्सेतुङलाई राष्ट्राध्यक्ष्यमा निर्वाचित गरेको थियो ।
तर चीनमा जनताको जनवादी अधिनायकत्व सही रुपमा लागु हुन सकेको थिएन । शुरु मै कमरेड माओ र रुसी ख्रुश्चोवी आधुनिक संशोधनवादका चिनिया चेला ल्यू शाओ चिको गध्दार गुटबीच वैचारिक विवाद शुरु भएको थियो। कमरेड माओले “चीनमा यतिबेला राजनीतिक संघर्ष पहिलो हो र प्राकृतिक आर्थिक ( प्राकृतिक ) संघर्ष दोस्रो हो ” भन्नुभएको थियो र त्यो सही थियो किनभने चीनमा त्यतिबेला राजनीतिक संघर्ष समाप्त भएको थिएन । ल्यू शाओ चि गद्धार गुटले भने “चीनमा यतिबेला राजनीतिक संघर्ष समाप्त भयो, आर्थिक (प्राकृतिक) संघर्ष पहिलो हो” भनेर अर्थवादी दृष्टिकोण अगाडि सारेको थियो । ल्यू शाओ चिको उक्त दृष्टिकोण नितान्त संशोधनवादी – सुधारवादी एवं अवसरवादी थियो ।
यी विपरीत विचारहरू समाधान नगरिएकै अवस्थामा सन १९५६ चिनिया कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनको आयोजना गरिएको थियो । उक्त महाधिवेशनमा गध्दार ल्यू शाओ चि गुटले दस्तावेजीय रुपमा आफ्नो संशोधनवादी राजनीतिक दस्तावेज प्रवेश गरायो । त्यसपछि चीनमा प्रतिक्रान्तिले प्रवेश गर्यो ।त्यसका विरुद्ध कमरेड माओले सन १९६६ देखि १९७६ सम्म महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्तिको सफल नेतृत्व गर्नु भयो ।

महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारा वर्गको नेतृत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्त मानिन्छ । यसैलाई नै पछि माओवाद भनियो । आज माक्र्सवाद–लेनिनवाद–माओवाद विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ र माओवादलाई आत्मसात गर्न नसक्नेहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट बन्नै सक्तैनन् र त्यसैले उनीहरूले क्रान्तिको नेतृत्व गर्ने कुरै आएन । यो चिनिया कम्युनिस्ट पार्टी बीचको दुई लाइन संघर्षको इतिहास विश्व कम्युनिस्ट आन्दोलन र विश्व सर्वहारा वर्गका निम्ति एउटा शिक्षाको रुपमा रहेको छ ।

आज नेपालमा नयाँ जनवादी क्रान्तिको नेतृत्व गरिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू र नयाँ क्रान्तिका पक्षधर कम्युनिस्ट पार्टीहरूले सामरिक कार्य दिशाका रुपमा वर्तमान दलाल संसदीय व्यवस्थाको विकल्पमा जनगणतन्त्रात्मक व्यवस्थालाई अगाडि सार्दै आएका छन् र नेपाली विशिष्टताका आधारमा महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्ने रणनीतिक लक्ष्य बनाइरहेका छन् । र,महान् नेपाली नयाँ जनवादी क्रान्ति अवश्यम्भावी बन्न गएको छ । तर नेपालमा महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक अभिभारा बहन गरिरहेको क्रान्तिकारी कम्युनिस्ट शक्ति रक्षात्मक अवस्थामा छ । वस्तुगत परिस्थिति परिपक्व भइरहेको वर्तमान अवस्थामा उसको आत्मगत शक्ति निकै कमजोर छ । महान् नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्ने भनिएको नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्ति धाराभित्र व्यापक रुपमा फुट, विभाजन हुँदै आइरहेको छ ।

नयाँ जनवादी क्रान्ति र जनताको जनवादी अधिनायकत्व र वैज्ञानिक समाजवादमा पुग्ने बारेमा पनि व्यापक भ्रमहरू पाइन्छन् । यहाँ नयाँ जनवादी क्रान्तिको खुट्किलो पार गरेर वैज्ञानिक समाजवादमा प्रवेश गर्न सकिन्छ भन्ने उल्लेख गरेको पाइन्छ । यो ल्यु शाओचि विचार हो । नयाँ जनवादी क्रान्ति भनेकै नयाँ खाले पुँजीवादी क्रान्ति भएकाले राष्ट्रमा पुँजीपति वर्गदेखि तलको सहरिया औद्योगिक मजुदरसम्म र धनी किसानदेखि तलको कृषि मजदुरसम्मको सहभागितामा बन्ने राज्यव्यवस्था भएकाले क्रान्तिको पहिलो चरणभित्रै पर्दछ । त्यसैले पुष्पलालले ‘जमिन जोत्नेको, घर पोत्नेको’ नारा दिनुभएको थियो । मजदुर किसानलाई देशको मालिक बनाएर मात्र वैज्ञानिक समाजवादमा जान सकिन्छ । क. माओले भन्नुभएभैmँ नयाँ जनवादी व्यवस्थामा राजनीतिक क्रान्ति समाप्त भएको हुँदैन ।

चीनमा पहिलो जनताको जनवादी अधिनायकत्व कायम गरियो तर त्यसको उद्देश्य पूरा हुन नपाउँदै समाजवादमा प्रवेश गर्नाले प्रतिक्रान्ति भयो र क. माओले सन् १९६६ देखि १९७६ सम्म दश वर्षे महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति गर्नु परेको थियो । आजका नेपालका महान् नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार वहन गरिरहेका क्रान्तिकारी शक्तिहरूले यो शिक्षा लिन जरुरी मात्रै छैन कि अनिवार्य सर्त बन्न पुगेको छ ।

(नोटः प्रस्तुत लेखमा अभिव्यक्त विचारहरु लेखकका निजी विचारहरु हुन् । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित