– रुपा बुढा मगर
तिमी हरेक दिन
आफ्नो प्रभुत्व कायम राखेर
के स्वतन्त्रताको कुरा गर्छौ ?
यहाँ कुरा स्वतन्त्रता भन्दामाथि
स्वाभिमान र समताको हो ।
तिम्रो दृष्टि, वैचारिकी
र व्यवहारको हो ।
सबैभन्दा पहिले
तिमि सुध्रिनु
अनि शुभकामना दिनु
त्यही नै हाम्रो लागि
चाडपर्व हुनेछ ।
हामीलाई दया र करुणा होइन,
सहकार्य र स्वाभिमान चाहिएको हो ।
हाम्रो कामना तिमीलाई
आजको दिनमा यत्ति ल । 000
Comments

