सन्दर्भ विश्वकर्मा बाबाको पूजा र विज्ञान दिवस

– नारायण योगी

आजको दिनलाई सरकारले राष्ट्रिय विज्ञान दिवस मानेको छ। यो अत्यन्तै राम्रो कुरा हो।जसका बारेमा हामीले व्यापक बहस ,चर्चा, छलफल गर्नु पर्दछ। तर यसै दिन ‘विश्व कर्मा बाबा ’को पनि पूजा गर्ने दिन रहेछ।यो लेख कुनै जाति, भाषा ,धर्म संस्कृति मान्ने व्यक्ति ,संस्था ,समुदाय कोभावनामा आघात पुराउने उद्देश्यले यो लेखिएको होईन । हामी हिजो जसरी बिरामी पर्दा धामी झांक्रि ,गुरूवा कहाँ जाने गर्दथ्यौं।अहिले त जादैनौ। त्यस्तै हामी जति बढी अन्धविश्वास, रूढिवादितामा अल्झिन्छौं हाम्रो समाज त्यति नै पछाडि जान्छ ।हामीलाई थाह छ पहिलो पटक गैलिलियोले पृथ्वी घुम्ने कुरा पत्ता लगाउँदा मृत्युको सामना गर्नु पर्यो ,त्यस्तै जात,पात छुवाछूत बारे कानुन बने पनि पूर्णतया समस्या हल हुन सकेको छ‌ैन ।हिजो ह‌ैजा, बिफर,औलो,टिबि रोग लागेर गाउँका गाउँ मानिस मृत्युु हुने गर्दथ्यो, विज्ञानको आविस्कारले आज नेपालीको औसत आयु ७० बर्ष पुगेको छ त्सकारण सबै कुरा विज्ञान सम्मत तरिकाले सोचौं। तर

 

विश्वकर्मा बाबाको पुजा गर्ने चलन हाम्रो यहाँ करिब २०३२–२०३३सालको आस पासमा आएको हो । लमहीमा पूर्व पश्चिम राजमार्ग निर्माणका बेलामा त्यहाँ कामगर्न आएका भारतीय मूलका कर्मचारीहरूले पूजा गर्न थालेदेखि सुरू भएको हो। म पनि २०३७  सालमा भारतको भिलाई सहरमा गएको बेला साइमन कम्पनीमा हेल्परको काम गर्दा त्यो कम्पनीका मजदुरले बाबाको पुजा गरेको कुरा स्मृतिमा ताजै छ। यस्ता बाबाहरू भारत ,नेपाल , बंगलादेश ,श्रीलंका , पाकिस्तानमा रहेकाछन् । तर हामीकहाँ थरिथरिका बाबाहरू, देवीहरू र धर्म प्रचारक संघ संस्था हरूआईरहेका छन् । कहिले साईराम, कहिले राधे राधे,कहिले रामपाल र कहिले ,जयगुरूदेव,कहिले ,सदगुरू, देवी हरू,कहिले सन्तोषी माता, अर्चनादेवी, ब्रह्मकुमारी , बैष्णवि, र जिसस क्राईष्टको नाममा थुप्रै चर्चहरूको स्थापना आदि गरेर आफ्नो धर्म प्रचार प्रसार संघ र संस्थाहरूले गर्दै जनतामा व्यापक रूपमा अन्धविश्वास र रूढिवाद,संकिर्णता, द्वेषको भावना फैलाई रहेका छन् ।जसलाई बैज्ञानिक दृष्टिकोणले राम्रो भन्न सकिँदैन।

आज विश्वमा ती देसहरू अगाडि गए जसले वैज्ञानिक विचारलाई अंगालेर आफ्नो देसमा त्यही प्रकारको वैज्ञानिक शासन व्यवस्था लागू गरे। उध्योग,कलकारखाना ,अस्पताल ,आधुनि र वैज्ञानिक अध्यन गर्ने स्कुल ,कलेज र विश्व विध्यालय स्थापना गरेर नै उनीहरू अगाडि बढेका उदाहरण छन् ।आज ठूला ठूला मन्दिर निर्माण र भव्य मुर्ति स्थापना ,चर्च निर्माण ,मस्जिद निर्माण र हवन, यज्ञ ,आदिकार्यमा धनराशि खर्च भै रहेको छ।यस्तो किन ? किनकि आज यो व्यवस्था जसको लागि स्वर्ग तुल्यछ।जहाँ बिना कुनै रोकटोक बन्द व्यापार ,ठेक्का पट्टा,विभिन्न कारोबार, उद्योग संचालन ,ठूला जागिर द्वारा आय गर्न पाईरहेको छन्, अहिले जति पनि व्यक्तिहरूको संपन्नता छ, त्यसमा सजिलो बनाउने काम वर्तमान कानुनले दिएको सुबिधा हो। तर आमबोलि चालिको भाषामा के भन्ने गरिन्छ भने, वाह उसले त भाग्यमा लेखेर नै ल्याएको रहेछ।गजबले सम्पत्ति कमायो।

हो, यसमा सम्बन्धित व्यक्ति वा समूहले निकै परिश्रम गर्नु पर्दछ तर पसलमा कुन सामान कतिमा बेच्ने भन्ने त पसलेको तजबिजको कुराहो ( यहाँ नेर मेडिकल ,किराना,एग्रोभेट, स्टेसनरी , र होटल व्यवसाय, डेयरी, यातायात ) यी का न्यूनतम वा अधिकतम मूल्य केही जानकारी हुन्छ ।तर कपडा ,रेडिमेट,श्रृङ्गार ,गहना ,भाडापसल,जुत्ता पसल,बिजुली पसल,फलफूल ,तरकारी ,मसिनरि सामान, मोटर वर्कसप,हार्डवेयर ईंटा टायल आदिको कुनै ठोस मूल्यको यकिन गर्ने उपभोक्ता सँग आधार छैन ।पसलमा सामन त स्टक हुन्छन् नै मूूल्य बढछ ।अनि पहिले सस्तोमा खरिद गरेको सामानलाई बढेको बेला पसलेले कुन मूल्यमा बेच्छ ? के आफ्नो मुनाफा जोडेर पुरानो मुल्य मा ? त्यो त कसैले गर्दैनन् ।अनि पुरानो मूल्यमा किन्दा पनि मुनाफा त थियोे नै पछि थप मूूल्य बढदा के भयो ? त्यो अतिरिक्त नाफा भयो ।यस्तो कसले गरायो ? यो सरकारको नीतिले। त्यसकारण आम साधारण किसान समुदायलाई भ्रममा पार्नका लागि र तिमी अभागी छौ।हामी भाग्यमानी भनेर भ्रम फैलाई राख्नका लागि यी नानाथरीका बाबा, देवि,देवता ,परमेस्वर,इमामहरू आई रहन्छन् ।भ्रम दिई रहन्छन्।तर जब जतिबेला विज्ञानको प्रचण्ड ज्योति फैलिन्छ र जनता सचेत हुन्छन् , त्यो बेला समाजमा नयाँ लहर बलवान् हुनेछ ।000

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित