प्रत्येक मुलुकको क्रान्तिकारी कार्यभार त्यही मुलुकका कम्युनिस्टहरू र उनीहरूका गठबन्धन साझेदारहरूद्वारा पूरा गरिनुपर्छ

 

– पी.जे. जेम्स
महासचिव,सी.पी.आई. (एम.एल.) रेड स्टार 

१. सीपीआई (एमएल) रेड स्टारको १३ औं पार्टी कांग्रेस १६ देखि २० सेप्टेम्बर २०२६ सम्म कर्नाटकको रायचुरमा सम्पन्न हुनु धेरै खुशीको कुरा हो। महासचिवको रूपमा पुन: निर्वाचित भएकोमा बधाई छ। यहाँलाई कस्तो महसुस भइरहेको छ ?

उत्तर: सीपीआई (एमएल) रेड स्टारको विधान अनुसार, पार्टीको महासचिवको छनोट केन्द्रीय समितिद्वारा गरिन्छ जुन कांग्रेसका प्रतिनिधिहरूद्वारा निर्वाचित हुन्छ। नीतिगत निर्णयहरू केन्द्रीय समितिद्वारा लिइन्छ, र महासचिवको काम केन्द्रीय समितिद्वारा निर्वाचित पोलिट ब्यूरोसँग उचित समन्वयमा कार्यान्वयन गर्न पहल गर्नु हो। र महासचिव पार्टीको मुख्य प्रवक्ताको रूपमा पनि काम गर्छन्। अहिले मेरो भावनामाथिको प्रश्नको सन्दर्भमा, यो भन्न पर्याप्त छ कि ुव्यक्तिगत राजनीतिक होु भन्ने भनाइ राजनीतिक दलको पदाधिकारीको रूपमा निर्वाचित व्यक्तिमा लागू हुन्छ।

२. विश्वको अवस्था द्रुत गतिमा परिवर्तन भइरहेको छ। तेस्रो विश्वयुद्धको सम्भावनाको बारेमा अनुमान लगाइएको छ। भारतको राजनीतिक अवस्थामा पनि उल्लेखनीय परिवर्तन आएको छ। कम्युनिस्ट आन्दोलनले धक्का भोगिरहेको छ। यस्तो अवस्थामा, भारतमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन र बलियो बनाउन रायचुर कांग्रेसमा के योजनाहरू बनाइएका थिए ?

– –उत्तर: पक्कै पनि, लेनिनवादी दृष्टिकोणअनुसार साम्राज्यवादमा युद्ध अन्तर्निहित हुन्छ, किनकि मिलेमतो र प्रतिस्पर्धाको द्वन्द्वात्मक सम्बन्ध नै अन्तर(साम्राज्यवादी अन्तरविरोधहरूको मुख्य चालक शक्ति रहिरहन्छ। यद्यपि, युद्धपछिको नव(औपनिवेशिक साम्राज्यवादी चरणमा, अन्तर(साम्राज्यवादी अन्तरविरोधहरू तीव्र हुँदै गए पनि, प्रमुख साम्राज्यवादी शक्तिहरू—विशेष गरी ओरालो लाग्दै गरेको साम्राज्यवादी अधिपत्यकारी शक्ति अमेरिका र उकालो लाग्दै गरेको साम्राज्यवादी शक्ति चीन—आफ्ना अन्तरविरोधहरू विश्वयुद्धमार्फत समाधान गर्न अनिच्छुक छन्स किनकि यस्तो युद्ध उनीहरूका लागि आत्मघाती हुनेछ। तसर्थ, एंग्लो(स्याक्सन पश्चिमी साम्राज्यवादी गुट र चीन(रुस नेतृत्वको पूर्वी साम्राज्यवादी गुट दुवैले क्षेत्रीयरस्थानीय तथा ुप्रोक्सीु ९अरूको तर्फबाट लडिने० युद्धहरूमार्फत आफ्ना अन्तरविरोधहरू व्यवस्थापन गर्दै र लुटको प्रक्रिया सुनिश्चित गर्दै आएका छन्। ह्वाइट हाउसमा भएको पछिल्लो चीन(अमेरिका सम्झौता—जसमा ट्रम्पको ूःब्न्ब्ू ९अमेरिकालाई फेरि महान बनाउने० एजेन्डा र सीको ूराष्ट्रिय पुनरुत्थानू को लक्ष्यले एकअर्कालाई सघाउने र सह(अस्तित्वमा रहने मान्यता राखिएको छ—तथा ूथ्युसिडाइड्स ट्र्यापू ९त्जगअथमष्मभक तचबउ०—अर्थात् उदाउँदो शक्तिले स्थापित शक्तिलाई विस्थापित गर्ने खतरा उत्पन्न हुँदा युद्धतर्फ धकेलिने खतरनाक अवस्था—लाई टार्ने घोषणाले यो स्पष्ट पार्छ कि प्रमुख साम्राज्यवादी शक्तिहरू तेस्रो विश्वयुद्ध टार्न चाहन्छन्। भारतको स्थितिका सन्दर्भमा, सीपीआई ९एमएल० रेड स्टारको दृढ अडान छ कि विश्वकै सबैभन्दा ठूलो र लामो समयदेखि सक्रिय फासीवादी संगठन ुआरएसएसु ९च्क्क्० द्वारा वैचारिक रूपमा निर्देशित मोदी सरकारको नेतृत्वमा भारत फासीवादी शासन व्यवस्थामा परिणत भएको छ। अमेरिकी साम्राज्यवादको पिछलग्गु र कनिष्ठ साझेदारका रूपमा रहँदै गर्दा पनि, भारतले नेपाल, बंगलादेश र श्रीलंकाजस्ता छिमेकी मुलुकहरूप्रति विस्तारवादी दृष्टिकोण राख्दै आएको छ। यो सत्य हो कि कम्युनिस्ट आन्दोलनले विश्वस्तरमा र भारतमा पनि धेरै वैचारिक(राजनीतिक तथा संगठनात्मक धक्काहरू बेहोरिरहेको छ। शीतयुद्धपछिको २१औँ शताब्दीको नव(उदारवादी युगमा कम्युनिस्टहरू फासीवाद र साम्राज्यवादको विकल्पका रूपमा राजनीतिक विकल्प प्रस्तुत गर्न असफल भइरहेका छन्। यस समग्र पृष्ठभूमिमा, भारतीय कम्युनिस्ट आन्दोलनको बलिदानपूर्ण गौरवशाली इतिहास भए तापनि, हामीले आत्म(आलोचनात्मक रूपमा स्वीकार गर्नुपर्छ कि यो आन्दोलन भारतको ठोस वस्तुगत परिस्थितिअनुसार मार्क्सवाद(लेनिनवादलाई प्रयोग गर्न असफल रह्यो। यस सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण विषय भनेको कम्युनिस्ट आन्दोलनद्वारा अपनाइएको यान्त्रिक र युरो(केन्द्रित वर्गीय विश्लेषण हो, जसले विशेष गरी भारत र समग्र दक्षिण एसियामा सामाजिक संरचना वा उत्पादन प्रणालीको ठोस आधारका रूपमा रहेको भारतीय जाति व्यवस्थाको भूमिकालाई बेवास्ता गर्‍यो। अझ स्पष्ट रूपमा भन्नुपर्दा, भारतीय कम्युनिस्टहरू र आफूलाई मार्क्सवादी सिद्धान्तकार दाबी गर्नेहरूले जाति व्यवस्थालाई सांस्कृतिक उपसंरचनाको एक हिस्साका रूपमा मात्र हेरेस उनीहरूले श्रम विभाजन, ज्याला संरचना, अतिरिक्त मूल्यको दोहन, उत्पादनका साधनमा स्वामित्व, सम्पत्तिको कब्जा तथा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक शक्तिमा जाति व्यवस्था कसरी निर्णायक हुन्छ भन्ने कुराको विश्लेषण गर्न सकेनन्। त्यसैगरी, साम्राज्यवाद र फासीवादबारेको युरो(केन्द्रित बुझाइ—जसले ुअनित्यताको नियमु ९अर्थात् हरेक सामाजिक परिघटना स्थान र समय अनुसार निरन्तर परिवर्तन भइरहन्छ भन्ने तथ्य० लाई पूर्णतः बेवास्ता गर्‍यो—ले पनि २१औँ शताब्दीमा, विशेष गरी पुँजीको अन्तर्राष्ट्रियकरणको सन्दर्भमा, फासीवाद(विरोधी र साम्राज्यवाद(विरोधी संयुक्त मोर्चा निर्माण गर्ने कार्यमा ठूलो क्षति पुर्‍यायो। त्यसैगरी, कम्युनिस्टहरूले पुँजी र प्रकृतिबीचको अन्तरविरोधको, वा श्रमजस्तै मानव अस्तित्वको आधारभूत स्रोतका रूपमा रहेको प्रकृतिलाई पुँजीले कसरी विनाश गरिरहेको छ भन्ने विषयको पनि उचित विश्लेषण गर्न सकेनन्। यी र अन्य तमाम मुख्य विषयहरूलाई सीपीआई ९एमएल० रेड स्टारको १३औँ पार्टी महाधिवेशनद्वारा पारित कार्यक्रम र आधारभूत दस्तावेजहरूमा उचित रूपमा समेटिएको छ। संक्षेपमा भन्नुपर्दा, महाधिवेशनद्वारा पारित सैद्धान्तिक(वैचारिक, राजनीतिक र संगठनात्मक दृष्टिकोणका आधारमा पार्टी आरएसएस ९च्क्क्० फासीवादलाई परास्त गर्ने तत्कालको कार्यभार र व्यवस्था परिवर्तन गर्ने दीर्घकालीन कार्यभारका साथ अघि बढिरहेको छस यी दुवै कार्यभारहरू एक(अर्कासँग अभिन्न र अविभाज्य रूपमा जोडिएका छन्।
३. भारतमा आरएसएस(भाजपा ९च्क्क्(द्यव्ए० को फासीवादी नीतिविरुद्ध जनतामा व्यापक विरोध छ। नेपालमा पनि सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले फासीवादी भनिने नीतिहरू लागू गरिरहेको छ। तपाईंको विचारमा, यी दुई देशमा फासीवादका आधारभूत जडहरू के हुन् ?
उत्तर: जुनसुकै ठाउँमा पनि फासीवादको भौतिक आधार भनेको सबैभन्दा भ्रष्ट र प्रतिक्रियावादी कर्पोरेट पुँजीको फासीवादी राजनीतिक नेतृत्व वा सत्तासँगको मिलन हो। दुई विश्वयुद्धको बीचको अवधिको शास्त्रीय फासीवादभन्दा फरक, नव(उदारवादी युगमा पुँजीको अन्तर्राष्ट्रियकरण र २१औँ शताब्दीको ूचौथो औद्योगिक क्रान्तिू को सन्दर्भमा, नव(औपनिवेशिक रूपमा परनिर्भर र उत्पीडित मुलुकहरू लगायत जुनसुकै देशमा फासीवादको उदय हुन सक्छ। यद्यपि, फासीवादको वैचारिक आधार सम्बन्धित देशहरूको ठोस ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशिष्टताअनुसार फरक हुन सक्छ – उदाहरणका लागि, अमेरिकामा क्रिश्चियन इभान्जेलिज्म ९सुसमाचारवादी ईसाई धर्म०, युरोपमा जातिवाद, जातीय राष्ट्रवाद र नव(नास्तिकता, इजरायलमा जायोनिज्म, भारत र नेपालमा हिन्दुत्व वा राजनीतिक हिन्दु धर्म, म्यानमार र श्रीलंकामा बौद्ध धर्म, र पश्चिम एसियामा राजनीतिक इस्लाम। तसर्थ, ुकपी(पेस्टु वा जस्ताको तस्तै नक्कल गर्ने विधि अपनाउनुको सट्टा, प्रत्येक देशमा फासीवादलाई परास्त गर्नका लागि सकेसम्म व्यापक मोर्चा निर्माण गर्ने कार्य सोही देशको फासीवादको ठोस विश्लेषणमा आधारित हुनुपर्छ। निस्सन्देह, फासीवाद(विरोधी आन्दोलन निर्माण गर्ने तत्कालको कार्यभार अघि बढाउँदा — जसमा फासीवादी नभएका शासक वर्गहरू पनि संलग्न हुन सक्छन् — वामपन्थी तथा प्रगतिशील(लोकतान्त्रिक शक्तिहरूले फासीवाद(विरोधी एकताको आवरणमा श्रमजीवी वर्ग र उत्पीडितहरूको दीर्घकालीन तथा रणनीतिक वर्गीय हितलाई समर्पण नगर्न पर्याप्त सावधानी अपनाउनुपर्छ।

४. अमेरिकी साम्राज्यवादले मध्यपूर्वमा युद्धको नाममा व्यापक विनाश मच्चाएको छ। साथै, यसले भारत र नेपाललगायत दक्षिण एसियाली मुलुकका जनतालाई विभिन्न तरिकाले शोषण र दमन गरिरहेको छ। के दक्षिण एसियाली मुलुकहरूका साम्राज्यवाद(विरोधी शक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याउन सम्भव छ ?
उत्तर: अमेरिकी साम्राज्यवाद विश्वका जनताको मुख्य शत्रुको रूपमा कायमै छ। गाजामा भएको नरसंहार र जायोनिस्ट ९श्ष्यलष्कत० शासनद्वारा प्यालेस्टिनीहरूमाथि थोपरिएका शृंखलाबद्ध विभत्स हत्याकाण्डहरूमा—जहाँ अमेरिका मध्यपूर्वमा एउटा ुसैन्य अखडाुका रूपमा उपस्थित छ—अमेरिका युद्ध अपराधको एक प्रत्यक्ष साझेदार हो। साथै, इरानमाथिको पछिल्लो आक्रमणसहित, इस्लाम(विरोधी भावना ९क्ष्कबिmयउजयदष्ब० लाई वैचारिक आधार बनाएको ुअमेरिका(जायोनिस्ट दुष्ट गठबन्धनु ९ग्क्(श्ष्यलष्कत बहष्क या भखष्०ि ले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघका महासन्धिहरूको योजनाबद्ध रूपमा उल्लंघन गरिरहेको छ। त्यसैगरी, अमेरिकी साम्राज्यवाद ल्याटिन अमेरिका, अफ्रिका र एसिया(प्रशान्त क्षेत्रमा लुटपाट र दोहनको कुत्सित कार्यमा संलग्न छ। दक्षिण एसियामा, अमेरिकाले भारतलाई—जो उसको कनिष्ठ साझेदार हो—चीनविरुद्धको आफ्नो षड्यन्त्रका लागि एउटा ुलन्चिङ प्याडु ९आधारभूमि० का रूपमा प्रयोग गर्दै आएको छस किनभने चीन अहिले विश्व(प्रभुत्वका लागि अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। यही सन्दर्भमा, श्रीलंकाको ँीक्ए, भारतको ऋएक्ष् ९ःी० च्भम क्तबच, बंगलादेशको क्एद्य र नेपालको च्ऋएल् गरी चार पार्टीहरूले जुलाई २०२४ मा कोलकातामा भेला भई साम्राज्यवाद(विरोधी तथा फासीवाद(विरोधी कार्यहरूलाई अघि बढाउन ुदक्षिण एसियाली पहलु ९क्यगतज ब्कष्बल क्ष्लष्तष्बतष्खभ० गठन गरे। यद्यपि, केही अनलाइन बैठकहरूबाहेक यस दिशामा धेरै काम हुन सकेको छैन। साम्राज्यवाद र फासीवादविरुद्ध दक्षिण एसियाली पार्टीहरूबीच भ्रातृत्वपूर्ण सहयोग र समन्वयलाई सुदृढ पार्न अझ बढी वैचारिक(राजनीतिक स्पष्टतासहितका नयाँ पहलहरूको आवश्यकता छ।

५.  तपाईंको पार्टीले विगत केही वर्षदेखि ुजाति उन्मूलन अभियानु ९ऋब्ः० का लागि पहलकदमी लिँदै आएको छ। यस दिशामा कति प्रगति भएको छ ? 

उत्तरस् दलित र महिलालाई मानिसभन्दा तल्लो स्तरको ठान्ने अमानवीय जातीय व्यवस्थाको उन्मूलन नगरी लोकतन्त्र सम्भव छैन। त्यसैले, सीपीआई ९एमएल० रेड स्टारले भारतमा ुजनवादी क्रान्तिु ९एम्च्० को रणनीतिक कार्यभारमध्ये एकका रूपमा जाति उन्मूलनलाई अघि सारेको छ। यही दृष्टिकोणका साथ सन् २०११ मा सम्पन्न पार्टीको नवौं महाधिवेशनलगत्तै ुजाति उन्मूलन अभियानु ९ऋब्ः० गठन गरिएको थियो। यद्यपि, यस दिशामा अखिल भारतीय स्तरमा ऋब्ः लाई अझ सुदृढ बनाउँदै धेरै काम गर्न बाँकी नै छस विशेष गरी जब ुइस्लामोफोबियाु ९इस्लामप्रतिको घृणा वा मुस्लिम(विरोधी भावना० सँगसँगै जातीयतावाद ९ऋबकतभष्कm० पनि आरएसएस ९च्क्क्० को फासीवादको वैचारिक आधारका रूपमा सक्रिय छ।

६. नेपालमा कम्युनिस्ट आन्दोलनमा युवा पुस्ताको सहभागिता निकै कमजोर रहेको बताइन्छ। तपाईंको देशमा युवाहरूमाझ कम्युनिस्ट आन्दोलनमा सामेल हुने प्रवृत्ति कस्तो छ ?
उत्तरस् नेपालमा मात्र होइन, भारत र अन्यत्र पनि युवाहरू कम्युनिस्ट पार्टीलगायत परम्परागत र संस्थागत दलहरूप्रति वितृष्णा राख्छन्। वामपन्थी दृष्टिकोणबाट हेर्दा, २१औँ शताब्दीका प्रविधि(मैत्री ूडिजिटल नेटिभ्सू ९म्ष्नष्तब िल्बतष्खभक०—जसलाई ुजेन जीु ९न्भल श्० र त्यसपछिको पुस्तालाई ुअल्फाु ९ब्उिजब० भनिन्छ—उनीहरू वैचारिक र राजनीतिक चासो नभएका जस्ता देखिन्छन्। यद्यपि, बेरोजगारी, भ्रष्टाचार र मूल्यवृद्धिजस्ता विशिष्ट मुद्दाहरूमा आधारित भएर विभिन्न देशमा हालै भएका ुजेन जीु आन्दोलनहरूले नेपालजस्ता देशमा सत्ता परिवर्तनसम्म गराएका छन्। साथै, कम्युनिस्ट तथा प्रगतिशील(लोकतान्त्रिक शक्तिहरूले युवाहरूको भाषामा यस्ता आन्दोलनहरूसँग उचित संवाद गर्न र तिनमा सही हस्तक्षेप गर्न नसक्दा, ती आन्दोलनहरूलाई अति(दक्षिणपन्थी नव(उदारवादी शक्तिहरूले आफ्नो कब्जामा लिने अवस्था पनि सिर्जना भएको छ। यस सन्दर्भमा नेपाल एउटा ज्वलन्त उदाहरण हो। गत वर्ष त्यहाँ भएको तीव्र ुजेन जीु उभार, जसले अति(दक्षिणपन्थी ुराष्ट्रिय स्वतन्त्र पार्टीुको उदय गरायो, त्यो रातारात भएको घटनाक्रम होइन। विभिन्न रिपोर्टहरूका अनुसार, ुहामी नेपालु ९ज्बmष् ल्भउब०ि जस्तो स्वदेशी देखिने आन्दोलनदेखि लिएर नेपालका ती तीव्र युवा उभारहरूलाई ुइन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटु, ुनेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीु, ुयूएसएआईडीु ९ग्क्ब्क्ष्म्०, ुफ्रिडम हाउसु, ुओपन सोसाइटी फाउन्डेसनु आदि अमेरिकी संस्थाहरूको समूहले तालिम, आर्थिक सहयोग र डिजिटल समन्वय प्रदान गरेको थियो। भारतमा भने यस्ता पुष्टि भएका रिपोर्टहरू छैनन्। तथापि, अत्यधिक जनसंख्या, विशाल भौगोलिक आकार र विविधताका कारण भारतमा केवल ुजेन जीुको नेतृत्वमा सत्ता परिवर्तनको अभियान सञ्चालन हुनु कठिन देखिन्छ। सँगसँगै, फासीवाद(विरोधी व्यापक तप्काको सतर्कता र हस्तक्षेपले भारतमा ुजेन जीु आन्दोलनलाई फासीवाद(विरोधी दिशा लिन पनि सघाउ पुर्‍याएको छ। कम्युनिस्ट आन्दोलनले आत्म(समीक्षा गर्दै उदाउँदो युवा आन्दोलनमा उचित हस्तक्षेप गर्नुपर्ने आवश्यकता छ।

७. विश्वभरका धेरै कम्युनिस्ट पार्टीहरूले मार्क्सवाद(लेनिनवाद(माओवादलाई आफ्नो मार्गदर्शक विचारधारा मान्छन्। तपाईंको पार्टीले भने ुमाओ विचारधाराु ९ःबय त्जयगनजत० लाई नै मार्गदर्शक विचारधाराका रूपमा कायम राखेको छ। तपाईंको विचारमा, माओवादलाई मार्गदर्शक विचारधाराका रूपमा स्वीकार गर्नुमा के(कस्ता समस्याहरू छन् ?
उत्तर: यो सत्य हो कि ऋएक्ष् ९ःी० च्भम क्तबच ले माओवादलाई क्रान्तिकारी सिद्धान्तको एउटा विशिष्ट वा छुट्टै चरणका रूपमा स्वीकार गर्दैनस बरु यसले मार्क्सवाद(लेनिनवाद(माओत्सेतुङ विचारधारालाई नै आत्मसात गर्न रुचाउँछ। हाम्रो बुझाइमा, चिनियाँ कम्युनिस्ट पार्टीले कहिल्यै पनि ूमाओवादू शब्दको प्रयोग गरेन, यद्यपि चीनबाहिरका पार्टीहरूले यसलाई एक सिद्धान्तका रूपमा स्थापित गरे। हाम्रा लागि, ुस्टालिनवादु र ुमाओवादु दुवै विचलन ९मभखष्बतष्यलक० हुन्, यद्यपि तिनको प्रयोग फरक(फरक सन्दर्भमा गरिन्छ। ऋएक्ष् ९ःी० च्भम क्तबच ले आफूलाई ूमाओत्सेतुङ विचारधाराू को अवलम्बनमा मात्र सीमित राख्छ—जसलाई यसले चीनको विशिष्ट ऐतिहासिक परिस्थितिमा मार्क्सवाद(लेनिनवादको प्रयोगका रूपमा हेर्छ—र भारतका लागि कुनै पनि ुचिनियाँ बाटोु ९ऋजष्लभकभ उबतज० लाई अस्वीकार गर्छ। हाम्रो बुझाइमा माओवाद एक साहसिकतावादी ९बमखभलतगचष्कत०, जडसूत्रीय ९मयनmबतष्अ०, गुटवादी ९कभअतबचष्बल० र अराजकतावादी विचलन होस यसले जनपरिचालन, फासीवाद(विरोधी लोकतान्त्रिक मोर्चाको निर्माण तथा नव(उदारवादी कर्पोरेटवाद र अति(दक्षिणपन्थी फासीवादको सामना गर्न राजनीतिक प्रक्रियामा संलग्न हुने कार्यमा अवरोध पुर्‍याउँछ। यद्यपि कम्युनिस्ट पार्टी अफ इन्डिया ९माओवादी०, कम्युनिस्ट पार्टी अफ नेपाल ९माओवादी केन्द्र०, कम्युनिस्ट पार्टी अफ द फिलिपिन्स, कोलम्बियन कम्युनिस्ट पार्टी ९माओवादी०, रिभोल्युसनरी कम्युनिस्ट पार्टी, यूएसए ९च्ऋए०, कम्युनिस्ट पार्टी अफ पेरु ९साइनिङ पाथ० लगायतका पार्टीहरूले माओवादलाई अपनाएका छन्, तर वैचारिक रूपमा हामी मार्क्सवादी(लेनिनवादी दृष्टिकोणबाट त्यस्ता अवधारणाहरूको विरोध गर्छौं।

८. सीपीआई ९माओवादी० लाई समाप्त पार्न वा भनौं भारतलाई ूनक्सलवाद(मुक्तू बनाउन मोदी सरकारले ूअपरेसन कागारू सञ्चालन गर्‍यो। यस अपरेसनका क्रममा माओवादी पार्टीका महासचिवसहित धेरै माओवादी कार्यकर्ताहरू मारिए। तपाईंको विचारमा, कुन(कुन कमजोरीका कारण माओवादी संगठनले आफ्ना कार्यकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न सकेन? 

उत्तरस् पहिले नै उल्लेख गरिएझैं, हाम्रो पार्टीको ूमाओवादीहरूू सँग आधारभूत वैचारिक मतभेद छ। साथै, माओवादीहरूमाथि राज्य(आतंक मच्चाउने कार्य तथा फासिस्ट भारतीय सत्ताले उनीहरूलाई दमन गर्ने अत्यन्त अमानवीय तरिकाको विरोध र निन्दा गर्न हामी सधैं दृढ रहँदै आएका छौं। माओवादीहरूको असफलताको तत्कालको कारण तीव्र र लक्षित राज्य(दमन भए तापनि, यसको मूल कारण उनीहरूको वैचारिक(राजनीतिक र संगठनात्मक कार्यदिशामा निहित थियो, जुन साम्राज्यवादको युद्ध(पश्चात्को नव(औपनिवेशिक तथा नव(उदारवादी चरणमा भारतको ठोस यथार्थसँग मेल खाँदैनथ्यो। भारतलाई अर्ध(औपनिवेशिक र अर्ध(सामन्ती मान्ने तथा भारतको मुक्तिका लागि ुचिनियाँ बाटोु अपनाउने माओवादीहरूको विश्लेषण, विश्वव्यापीकरणको प्रक्रियामा विश्व पुँजीसँग भारतको एकीकरणका कारण आइसकेका व्यापक परिवर्तनहरूसँग मेल खाँदैनथ्यो। यसरी, विभिन्न कारणहरू—जस्तै आदिवासी र जातीय प्रश्नसम्बन्धी उनीहरूको विश्लेषण ९जसमा जात(व्यवस्थालाई भारतीय सामन्तवादको अंग मानिएको थियो, जबकि जात(व्यवस्था आधुनिक उद्योग, विज्ञान र प्रविधिमा समेत बलियोसँग जमेर बसेको छ र सिलिकन भ्यालीसम्म पुगेको छ०—ले गर्दा उनीहरू ुरेड करिडोरु भनिने भारतको वन(क्षेत्र ुदण्डकारण्यु मा समेत जातीय रूपमा उत्पीडित र सबैभन्दा सीमान्तकृत जनताबाट अलग(थलग परे। फलस्वरूप, जब फासिस्ट शासन व्यवस्थाले उनीहरूको मुख्य आधार क्षेत्रमा प्रवेश गर्‍यो, माओवादीहरूको पकड खुम्चिन थाल्योस २१ औं शताब्दीको पहिलो दशकमा करिब १८० जिल्लामा रहेको उनीहरूको प्रभाव सन् २०२४ सम्म आइपुग्दा ३८ जिल्लामा सीमित हुन पुग्यो। छत्तीसगढमा फासिस्ट ुडबल इन्जिनु सरकारको उदयसँगै मोदी सरकारले बिनाशर्त आत्मसमर्पणको प्रस्तावसहित सैन्य कारबाही तीव्र बनायोस यसै क्रममा शासन व्यवस्थाद्वारा चालिएका रणनीतिक कदमहरूका कारण माओवादीहरूले आफ्नो मुख्य आदिवासी आधार गुमाउँदै गए। किनभने, प्राप्त विवरणहरू अनुसार, दण्डकारण्यमा रहेका लडाकुहरूमध्ये ९९ प्रतिशत आदिवासी थिए र तीमध्ये आधा महिला थिए तापनि, कुनै पनि आदिवासी वा महिलाले कहिल्यै केन्द्रीय समितिमा स्थान पाएनन्। पार्टीको नेतृत्वमा अत्यधिक रूपमा गैर(आदिवासी र तेलुगु भाषीहरूको वर्चस्व रह्यो। यद्यपि वरिष्ठ कमाण्डरहरूमध्येका एक ुहिडमाु लाई केन्द्रीय समितिमा समावेश गरियो, तर तबसम्म धेरै ढिलो भइसकेको थियो। साथै, भारतीय सरकारले तोकेको समयसीमा अनुसार, ३१ मार्च २०२६ सम्ममा माओवादी विद्रोह अन्त्य भएको आधिकारिक घोषणा पनि आइसकेको छ।

९. नेपालका केही राजनीतिक दलहरूले भारतीय विस्तारवादलाई भारतीय साम्राज्यवादको रूपमा व्याख्या गर्छन्। यसमा तपाईंको धारणा के छ ?
उत्तर :  हाम्रो पनि यही धारणा छ कि भारतमा आरएसएस ९च्क्क्० को नेतृत्वमा रहेको फासिस्ट शासनले दक्षिण एसियामा ूठूलो दाइू ९दष्न दचयतजभच० को भूमिका निर्वाह गरिरहेको छ। आरएसएसको ूसांस्कृतिक राष्ट्रवादू सँग मेल खाने र ूअखण्ड भारतू ९एकीकृत दक्षिण एसिया० को अवधारणामा आधारित फासिस्ट भारतीय शासनको यो विस्तारवादी तथा ूठूलो दाइू जस्तो व्यवहार, साम्राज्यवादी मालिक अमेरिकाको संरक्षणमा अघि बढिरहेको छ। स्वाभाविक रूपमा, आफ्नो वर्गीय चरित्रका कारण अमेरिकाको आडमा टिकिरहेको भारतीय शासनलाई पूर्ण रूपमा ूसाम्राज्यवादीू भन्न मिल्दैनस हाम्रो विश्लेषण अनुसार यसले अमेरिकी साम्राज्यवादको ूकनिष्ठ साझेदारू ९वगलष्यच उबचतलभच० को रूपमा काम गर्छ। विश्वमा सबैभन्दा ठूलो संख्यामा ूनिरपेक्षू वा ूचरमू गरिबहरू रहेको र प्रतिव्यक्ति आयका आधारमा विश्वमा १४९ औं स्थानमा रहेको भारतलाई प्रायः ूविश्वव्यापी गरिबीको केन्द्रू ९अष्तबमभ िया नयिदब िउयखभचतथ० भनिन्छ। पक्कै पनि, पुँजीको अन्तर्राष्ट्रियकरणको प्रक्रियामा अडानी, अम्बानी र टाटाजस्ता भारतका कर्पोरेट अर्बपतिहरू साम्राज्यवादी बहुराष्ट्रिय कम्पनी ९ःल्ऋक० का कनिष्ठ साझेदारका रूपमा विश्वव्यापी कर्पोरेट पुँजीको संरचनामा प्रवेश गर्न सक्छन्। यद्यपि, प्रविधिको क्षेत्रमा, विशेष गरी २१ औं शताब्दीका अत्याधुनिक प्रविधिहरू ९जस्तै डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्स० का सन्दर्भमा भारत साम्राज्यवादी देशहरूमाथि पूर्ण रूपमा निर्भर छ। उदाहरणका लागि, डिजिटलाइजेसनको कुरा गर्दा, सम्पूर्ण सफ्टवेयरका लागि भारत अमेरिकामा र हार्डवेयरका लागि चीनमा निर्भर छ। साथै, भारतसम्बन्धी महत्त्वपूर्ण नीतिगत निर्णयहरू नवउदारवादी केन्द्रहरू र आईएमएफ ९क्ष्ःँ०(विश्व बैंक(विश्व व्यापार संगठन ९ध्त्इ० को त्रिमूर्तिद्वारा निर्देशित हुन्छन्, जबकि त्यहाँको संसद् केवल देखावटी ९कजयध अबकभ० मात्र बनेको छ। पक्कै पनि, यस विषयमा विस्तृत छलफलको आवश्यकता छ।

१०. भारत एक एकाधिकारवादी पुँजीवादी ९mयलयउयथि अबउष्तबष्कित० मुलुक हो। पुँजीवादी मुलुकहरूका लागि समाजवादी क्रान्तिलाई सामान्यतया उपयुक्त बाटो मानिन्छ। तर, तपाईंको पार्टी महाधिवेशनले ुजनवादी क्रान्तिु ९एभयउभि’क म्झयअचबतष्अ च्भखयगितष्यल ( एम्च्० को कार्यदिशा अघि बढाउने प्रस्ताव पारित गरेको छ। यो ुनयाँ जनवादी क्रान्तिु ९ल्भध म्झयअचबतष्अ च्भखयगितष्यल ( ल्म्च्० को बाटोभन्दा कसरी फरक छ ?
उत्तर:  लेनिनवादी दृष्टिकोणबाट हेर्दा, एकाधिकारवादी पुँजीवादको अर्थ साम्राज्यवाद हो। त्यसैले, भारत त्यस्तो एकाधिकारवादी पुँजीवादी वा पुँजीवादी(साम्राज्यवादी मुलुक होइन जहाँ क्रान्तिको चरण समाजवादी हुन्छ। हाम्रो पार्टी कार्यक्रम अनुसार, भारत ुजनवादी क्रान्तिु ९जसलाई ुनयाँ जनवादी क्रान्तिु पनि भनिन्छ० को चरणमा छ। पार्टी कार्यक्रम अनुसार यहाँको मुख्य अन्तरविरोध भनेको ूएकातिर साम्राज्यवादी(कर्पोरेट(नोकरशाही(बुर्जुवा(सामन्ती वर्गहरूको गठबन्धन र अर्कोतिर आम जनसमुदायबीचको अन्तरविरोधू हो। ुजनवादी क्रान्तिु ९एभयउभि’क म्झयअचबतष्अ च्भखयगितष्यल० कमिन्टर्न ९ऋयmष्लतभचल० को अवधारणा हो भने ुनयाँ जनवादी क्रान्तिु ९ल्भध म्झयअचबतष्अ च्भखयगितष्यल० माओले चीनको सन्दर्भमा प्रयोग गरेको शब्दावली होस सारमा भन्नुपर्दा, यी दुवै एउटै हुन्।

११. नेपालमा कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन त्यहाँका कम्युनिस्ट पार्टीहरूलाई तपाईं कस्तो सुझाव दिन चाहनुहुन्छरु
उत्तरस् हाम्रो दृष्टिकोणमा, प्रत्येक मुलुकको क्रान्तिकारी कार्यभार सोही मुलुकका कम्युनिस्टहरू र उनीहरूका सहयोगी शक्तिहरूद्वारा पूरा गरिनुपर्छ। यस सन्दर्भमा, नेपाली कम्युनिस्टहरूलाई हाम्रो कमरेडली ९सहयोद्धा(सुलभ० सुझाव के छ भने, आजको नव(उदारवादी तथा नव(फासिस्ट अन्तर्राष्ट्रिय परिस्थितिको पृष्ठभूमिमा नेपाली समाजको ठोस विश्लेषणका आधारमा नेपालको क्रान्तिकारी रूपान्तरणको कार्यभार अघि बढाइयोस्।

१२. ुह्यांकु ९ज्बलप० साप्ताहिक पत्रिका मार्फत हाम्रा पाठकहरूलाई तपाईं अरू केही भन्न चाहनुहुन्छ ?

उत्तर: सीपीआई ९एमएल० रेड स्टारले ुह्यांकु साप्ताहिकप्रति क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ। आउनुहोस्, हामी हाम्रो कमरेडली सम्बन्धलाई निरन्तरता दिऔँ र श्रमजीवी वर्ग तथा उत्पीडनमा परेका सम्पूर्ण जनसमुदायलाई शोषण र उत्पीडनबाट मुक्त गर्ने संघर्षमा सँगै मिलेर काम गरौँ। ०००

 

 

 

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित