शैक्षिक सुधारको माग गर्दै फ्रान्समा विद्यार्थीको प्रदर्शन

काठमाण्डौ । शैक्षिक सुधारको माग गर्दै फ्रान्समा विद्यार्थीहरुको विरोध प्रदर्शन सेप्टेम्बरको अन्त्यदेखि शुरु भएको छ । उच्च विद्यालयका विद्यार्थीले सुरु गरेको आन्दोलनमा अभिभावक, शिक्षक संगठन तथा ट्रेड यूनियनसमेत सहभागीता रहेको समाचारहरुमा जनाइएको छ ।
मंगलबार पेरिसमा विद्यार्थीहरुले पेरिसका सडकमा अवरोध पु¥याएका छन् । विद्यार्थीहरुले शिक्षामा लगानी बढाउनु पर्ने ,कक्षा कोठाहरुको राम्रो व्यवस्थापन हुनु पर्ने , बन्द शैक्षिक संस्थाहरु खोल्नु पर्ने, शैक्षिक संस्थाहरुमा कायम रहेको अत्यधिक समय घटाउनु पर्ने, शिक्षकहरुको संख्या बढाउनु पर्ने, गर्मीको समयमा अत्यधिक संख्यामा विद्यार्थीहरु राख्न नपाइने र कक्षाकोठामा तामक्रम व्यवस्थापन गर्नु पर्ने,खाजामा सरकारले दिँदै आएको सहुलियत कायम राख्नु पर्ने जस्ता मागहरु राखेर विद्यार्थीहरु आन्दोलित भएका छन् । यसअघिका प्रदर्शनमा प्रहरीसँग झडप र सार्वजनिक सम्पत्तिमा क्षति भएपछि सरकारले शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गरेको छ । सरकारका अनुसार आन्दोलन सुरु भएयता २१५ विद्यार्थी र ७१५ प्रहरी अधिकारी घाइते भएका छन् । विद्यार्थीहरुको प्रदर्शनको कारण देशभरका तीन हजार सात सय उच्च विद्यालयमध्ये ५८९ मा पढाइ प्रभावित भएको बताइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित