रुकुम । २०८३ असोज २६ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पि.बि.एम. क.गति र जिल्ला सदस्य क..नन्द कुमार खडका कि ममतामयी आमा एवम् पार्टी सदस्य कमरेड पानसरि खडकाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका १० चुन रुकुम पश्चिममा उक्त कार्यक्रमको आयोजना क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर क्षत्रीय ब्युरोले गरेको हो । कार्यक्रमको संचालन पार्टीका बैकल्पिक केन्द्रिय सदस्य मोतिराम खड्का, अध्यक्षता पार्टीका पि.बि.एम. तथा आमाका जेष्ठ सुपुत्र शेर कुमार खड्का (क. गति) ले गर्नु भएको थियो । प्रमुख अतिथि पोलिटब्युरो सदस्य तथा ४ नम्बर क्षत्रिय ब्युरो ईन्चार्ज निरज कुमार के.सी(क.समीर) हुनुहुन्थ्यो । अतिथिहरु नेपाली काग्रेसका नन्द बहादुर बिष्ट, नेपाली कम्युनिस्ट पार्टीका जित बहादुर खड्का हुनुहुन्थ्यो । निधन हुनुभएकी पानसरि खडका प्रति श्रद्धाञ्जली स्वरुप १ मिनेट मौनधारन गरिएको थियो । उपस्थित सबैबाट पानसरि खडकाको तस्बिरमा माल्यारपन गरिएको थियो ।
आमा पानसरी खडकाको योगदान र जिवनीबारे जेठा छोरा क. गतिले बताउनु भएको थियो ।


