भारत । अखिल भारत नेपाली एकता समाज, बेङ्गलोर दक्षिण नगर समिति तथा एस. एच. आर. लेआउट एरिया समितिका अध्यक्ष जयसिंह बि.क. की पूजनीय आमा जानकी देवी लुहारको मिति १७ अक्टोबर २०२६ का दिन राति ११०० बजे उपचारका क्रममा बेङ्गलोरस्थित ग्रिन भ्यालेन्टाइन अस्पतालमा दुःखद निधन भएको छ।कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका, झलारी निवासी जानकी देवी लुहार मृगौला रोगबाट पीडित भई उपचाररत हुनुहुन्थ्यो। उहाँको असामयिक निधनले परिवारजनमा अपूरणीय क्षति पुगेको छ। यस दुःखद घडीमा अखिल भारत नेपाली एकता समाज, बेङ्गलोर दक्षिण नगर समितिले दिवंगत जानकी देवी लुहारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै गर्दै शोकसन्तप्त जयसिंह बि.क. लगायत सम्पूर्ण शोकाकुल परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गरेकोछ ।
Comments

