टेकहरी न्यौपाने
काठमाडौं उपत्यकाका डाँडाहरुमा ठडिएका भव्य र आलिशान गुम्बाहरु केवल धार्मिक आस्थाका केन्द्र मात्र हुन वा यी पर्खाल भित्र नेपालको सुरक्षालाई नै चुनौती दिने कुनै अदृष्य शक्तिको खेल भैरहेको छ ? धर्मको आवरणमा भैरहेको त्यो शंकास्पद गतिविधि जसले नेपालको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने गरेको छ । मदरशाको फण्डिङ, चर्चको फण्डिङ र गतिविधि र काठमाडौंका डाँडामा रहेका आलिशान गुम्वा यी तीनवटै कुरा अहिले सुरक्षाका लागि किन चुनौती बने ? भदौ २३ र २४ गते काठमाडौंको सडकमा जेनजी पुस्ताको जुन विद्रोह देखियो । त्यसको भित्री पत्र केलाउन गठित जाँचबुझ आयोगले एउटा यस्तो प्रतिवेदन बुझाएको छ । जसले राज्यको सुरक्षा भित्र धार्मिक संस्थाहरुको गतिविधि माथि गम्भीर प्रश्न उठाएको छ । गौरी बहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई दिएको सुझाव सुन्दा त हामी सबैलाई अचम्म लाग्न सक्छ । आयोगले केवल आन्दोलनको छानवीन मात्र गरेन उसले नेपालमा चर्च, गुम्बा, मदरशाहरुमाथि कडा निगरानी राख्न र देशको कडा सुरक्षा बढाउन समेत सुुझाव दिएको छ । आखिर गुम्बा, चर्च र मदरशासँग राष्ट्रिय सुरक्षासँग के सम्बन्ध छ ।यो प्रतिवेदनले उल्लेख गरेको रहस्यमय टिओबी समूह को हो ? गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका ती बुँदाहरु केलाउँदा जसले नेपालको भविष्य र सुरक्षा समवेदनशीलताको एक नयाँ चित्र कोरेको छ । गत भदौ २३ र २४ गते काठमाडौंमा एउटा फरक शैलीको आन्दोलन हामी सबैले देखियो । जसलाई धेरैले जेनजी विद्रोहको नाम दिए। तर यो आन्दोलन जति सडकमा देखियो । त्यो भन्दा बढी रहस्य त्यसको व्यवस्थापनको हो । सरकारले यो आन्दोलनको भित्री शक्ति र हिंसात्मक गतिविधिको छानवीन गर्न पूर्व न्यायाधीस गौरीबहादुर कार्कीको नेतृत्वमा एउटा छानवीन आयोग गठन गरेको थियो । आयोगले छानवीनको क्रममा यस्ता तथ्यहरु फेला परे जसले नेपालका धार्मिक संस्थाहरुको आर्थिक स्रोत र तिनका गतिविधिमाथि नै प्रश्न उठायो ।
आयोगको प्रतिवेदनले मुख्य रुपमा तीनवटा कुरामा जोड दिएको छ, नं १ काठमाडौंका डाँडामा आलिसान गुम्बाहरुको अनुगमन, नं २ देशभरका चर्च र मदरशाहरुको फण्डिङको निगरानी नं २ देशभरका चर्चर मदरशाहरुको फण्डिङको निगरानी ,नं ३ नेपालको गुप्तचरीय क्षमता इन्टलिजीन्समा देखिएको डरलाग्दो कमजोरी । यी मुख्य र महत्वपूर्ण कुराहरु छन् । आलिसान गुम्बालाई त्याग र तपस्याको केन्द्र मानिन्छ । तर काठमाडौं वरिपरिका डाँडाहरुमा पछिल्लो समय महल जस्तै देखिने भव्य गुम्बा निर्माण भैरहेका छन् । आयोगले प्रश्न उठाएको छ यी गुम्बाहरु बनाउन अरबौं रुपैैयाँ कहाँबाट आयो ? फेरि यी गुम्बाहरुमा को को मानिसहरु बसिरहेका छन् ? त्यसको करेक्सन भदौको आन्दोलनसँग जोडिन्छ । आन्दोलनको क्रममा एउटा समूह सक्रिय भएको देखियो । जसलाई टिओबि अर्थात् तिब्बतीयन ओरिजिनल ब्लड भनिएको छ। यो समूहमा तिब्बतीयन मुलुकका व्यक्तिहरु रहेको र उनीहरुले स्वतन्त्र तिब्बतको प्रतिबद्धताको खाँचो औलाएको दृष्यले यो समूहको सहभागिता रहेको देखाउँछ । यद्यपि आयोगले यी व्यक्तिहरुमाथि तत्काल कार्वाहीको सिफारिस गरेको छैन । तर उनीहरुको गतिविधि रहस्यमय रहेको बताएको छ । नेपालको सुरक्षाका लागि थ्रेड हुन सक्ने उल्लेख गरेको छ । नेपालले लामो समयदेखि एक चीन नीति अँगाल्दै आएको छ । यस्तो अवस्थामा नेपाली भूमिमा हुने कुनै पनि संकास्पद गतिविधिले छिमेकी राष्ट्र संघको सम्बन्धमा मात्र हैन देशको आन्तरिक सुरक्षामा पनि ठूलो धक्का पु¥याउन सक्छ कि यी आलिशान गुम्बाहरु केवल धार्मिक स्थलहरु हुन कि विदेशी एजेन्सीहरुका अखडा त बनिरहेका त छैनन् ? आयोगको यो सुझाव निकै गम्भीर छ । कुरा गुम्बाको मात्रै हैन । कार्की आयोगमा मुस्लिम समुदायका बालबालिका पढ्ने मदरसा र क्रिस्चियन समुदायका चर्चहरुलाई पनि निगरानीको घेरामा राख्न पर्ने बताएको छ ।आयोगले मुख्य चासो दुईवटा कुरामा छ नं १ विदेशी सहयोग यी संस्थाहरुमा विदेशबाट कति पैसा आउँछ?
कुन च्यानलबाट आउँछ ? र त्यो पैसाको वास्तविक उपयोग केमा गरिन्छ ? नं २ गतिविधि के यी धार्मिक स्थलहरुमा केवल धर्मको शिक्षा दिइन्छ वा यहाँबाट कुनै राजनैतिक साम्प्रदायिक भावना भड्काउने काम भैरहेको छ ? नेपालको कानुन अनुसार कुनै पनि संस्थाले बैदेशिक सहयोग लिंदा समाज कल्याण परिषद् मार्फत् स्वीकृति लिनुपर्छ । तर धेरैजसो चर्चा, मदरसाहरुले सिधै वा अनौपचारिक माध्यमबाट ठूलो रकम भित्राउने गरेको आशंका गरिंदै आएको छ । आयोगले स्पष्ट भनेको छ , यदि यी संस्थाहरुको आर्थिक स्रोत र गतिविधि पारदर्शी भएनन् भने यसले भविष्यमा नेपालमा धार्मिक द्वन्द्व निम्ताउन सक्छ।
बालबालिकाहरुलाई मदरसा कस्तो शिक्षा दिंइदैछ भन्ने कुरा राज्यको निकायमा थाहा हुनपर्ने आयोगको ठम्याई छ । यी सबै तथ्यहरु बाहिर ल्याएपछि सरकारलाई एउटा ऐना देखाइ दिएको छ । त्यो हो नेपालको कमजोर गुप्तचरी क्षमता । कुनै पनि देशको सुरक्षाको पहिलो घेरा भनेको उसको इन्टलिजेन्स हो तर भदौ २३ र २४ गते घटनाले के देखाउँछ भने हाम्रो गुप्तचरी निकायमा देशमा के हुँदैछ र कसले भविष्यमा कस्तो योजना बनाउँदैछ भन्ने पूर्व जानकारी नै थिएन । आयोगको प्रतिवेदनमा भनिएको छ कि यी संस्थाहरुमा हुने गतिविधिले राष्ट्रिय ससुरक्षा निकायमा निकै ठूलो असर पार्ने हुँदा आफ्नो गुप्तचरीय क्षमता बढाउन तत्काल आवश्यक छ । अहिलेको समयमा युद्ध मैदानमा मात्र लड्दैन । सूचनाको युद्ध र सांस्कृतिक मार्फत् देशलाई मैदान बनाउने खेल भैरहेको हुन्छ । त्यस्तो अवस्थामा देशको इन्टलिजेन्स विभाग चुक्यो भने सरकार चुक्छ । सरकार चुक्यो भने देशले ठूलो दुर्घटना बेहोर्नु पर्छ । कार्की आयोगले फलानो दोषी हो अरुलाई कार्वाही हुनुपर्छ भनेको छैन । माथि उल्लेखीत विषयहरु तर्क संगत छन् तर दोषीहरु फलाना फलाना हुन यिनीहरुलाई कार्वाही हुनुपर्छ भनेर भन्न नसक्नु कमजोरी र अत्यन्त गैरजिम्मेवारीपन देखिन्छ ।
कार्की आयोगले चर्च र मदरसाबारे दिएको सुझाव
Comments

