आज मंसिर ५ गते बृहत् शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ

काठमाडौँ । आज मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच बृहत् शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ । २०६३ मंसिर ५ गते  शान्ति सम्झौता भएको थियो । विभिन्न सरकार बने पनि द्वन्द्वपीडितले न्याय पाउने विषय प्राथमिकतामा नपर्दा पीडितहरू वर्षौंदेखि न्यायको प्रतीक्षामा छन् । शान्ति सम्झौतापछि संविधान निर्माण, हतियार व्यवस्थापन र माओवादी लडाकुको समायोजन सम्पन्न भए पनि बेपत्ता पारिएका व्यक्तिको खोजी, सत्य निरुपण तथा मेलमिलाप र पीडितलाई न्याय दिने काम अधुरै छ ।

२०८१ साउनमा प्रमुख राजनीतिक दलहरूबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने सहमति भएको थियो तर संसदबाट कानुन संशोधन भए पनि त्यसको कार्यान्वयनले गति लिन सकेको छैन । आयोगका पदाधिकारी नियुक्ति र न्यायिक निरुपणको प्रक्रिया अझै अनिश्चित छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित