सूर्या थापा •• विभिन्न विद्वानहरुको अभिव्यक्तिले के प्रमाणित गरेको छ भने सम्पूर्ण देशमा व्यक्तिहरु हुन्छन् । त्यसमा व्यक्ति व्यक्ति मिलेर परिवार बन्छ, परविार परिवार मिलेर समाज बन्छ र समाज–समाज मिलेर राष्ट्र बन्छ । आफू, परिवार, समाजमा साथै सम्पूर्ण देशभरि शान्ति, विकास र आत्मनिर्भरतामा आधारित पाँच तत्वले महत्वपूर्ण काम गरेको हुन्छ ।
(क) क्रियाशीलता
(ख) प्रेमलता
(ग) सहयोगिता
(घ) सौन्दर्यता
(ङ) स्वाधिनता
(क) क्रियाशीलता :
व्यक्ति, सामुहिक परिवार, समाज र समग्र देशभरी सुख, शान्ति, आत्मनिर्भरतामा आधारित ५ तत्व भनिन्छ । जसमध्ये क्रियाशीलता एक तत्वको रुपमा महत्वपूर्ण काम गरेको हुन्छ । क्रियाशीलताको माने व्यक्तिले आफ्नो शरीरलाई स्वस्थ, क्रियाशील, तन्दुरस्तका साथै व्यस्त राख्नुपर्दछ । त्यस्तै गरेर परिवारमा पनि सबै सदस्यहरु शारीरिक रुपमा र मानसिक रुपमा क्रियाशील रहनु पर्दछ ।
साथै मानसिक रुपमा आफूलाई स्वस्थ र तन्दुस्त राख्ने गर्नुपर्दछ । समयमा सुत्ने, समयमा उठ्ने, समयमा भोजन गर्ने, शरीरलाई मानसिक तनावबाट मुक्त राख्ने स्वस्थ स्फूर्ती बनाई राख्ने हुनुपर्दछ । जसले गर्दा आफू व्यक्ति र परिवार सुखी र स्वस्थ रहन्छ । एक आपसमा सौहार्दता कायम राख्नु, रिसराग वैमनस्यताबाट टाढा रहनु, आफूलाई स्वस्थ र स्फूर्ती राख्नाले परिवार र स्वयंले सुखको अनुभूति गर्न पाउँछ । त्यसै गरेर समाजमा रहेका विभिन्न समूहहरुको पनि क्रियाशीलता उत्तिकै सशक्त र सक्रिय भएमा परिवार र स्वयंले सुखको र आनन्दको अनुभूति गर्न पाउने छ । जसले गर्दा समाज स्वस्थ सुखी,आत्मनिर्भर र सामुहिक भावनाले ओतप्रोत हुनेछ । सहयोगको भावनाको विकास हुनेछ जसले गर्दा समाजको विकास तीव्र रुपमा हुनेछ । त्यस्तै गरेर राष्ट्रले पनि आफैमा विकासको गति लिनेछ ।
(ख) प्रेमलता :
प्रेमलता स्वयंमा परिवारमा, समाजमा र राष्ट्रमै प्रेमको भावना प्रकट हुनु एक आपसमा प्रेम गर्नु प्रेमलता महत्वपूर्ण तत्व हो । रिस नराख्नु, एक अर्काको प्रेम ममतालाई सहर्ष स्वीकार्न र एक आपसमा सौहार्दता माया, प्रेम, सद्भावना राख्नु महत्वपूर्ण सकारात्मक पक्ष हो । जसले गर्दा राष्ट्रमै यसको सकारात्मक असर पर्नेछ ।
(ग) सहयोगिता :
व्यक्तिमा, परिवारमा, समाजमा र राष्ट्रमै एक आपसमा सहयोग गर्ने वातावरण भएन भने व्यक्तिले सहयोगको अपेक्षा राख्नु, फलदाई हुन सक्दैन, त्यस्तै गरेर परिवारमा पनि एक आपसमा सहयोगको वातावरण भएन, सद्भाव भएन भने सुखी परिवारको कल्पना हामीले गर्न सक्दैनौं । त्यस्तै गरेर समाजमा स्वस्थ वातावरण बन्नलाई पनि व्यक्ति स्वयंमा समाजमा रहेका सबै खाले समुहहरुको सहयोगको भावना जागृत भएन, एक अर्काको खुट्टा तान्ने प्रवृत्तिको विकास भयो भने त्यो समाज सभ्य समाजको कल्पना गर्न सकिंदैन । अस्वस्थ प्रकारको वातावरण हुन्छ । अतः सहयोगिता समाज र सम्पूर्ण राष्ट्रकै अवस्थामा महत्वपूर्ण परिवर्तन हुन सक्दछ र सुखी समाजको परिकल्पना गर्न सकिन्छ ।
(घ) सौन्दर्यता :
सौन्दर्यता भनेको शरीर, मन भित्र र बाहिर सफा राख्नु, व्यवहार राम्रो गर्नु, मिठो बोल्नु बोल्नु, मनको अहंकारलाई त्याग्नु, आफूलाई मिठो र राम्रो व्यवहारले सजाउनु, आफूलाई आकृष्ट पार्नु आदि हो । यसले आफूलाई, परिवारमा र समाजमा साथै स्वयं राष्ट्रलाई महत्वपूर्ण टेवा दिन सक्छ । यो अर्को महत्वपूर्ण पक्ष हो ।
(ङ) स्वाधिनता :
आफूलाई स्वयं अधिनमा राख्नु, विवेकी हुँ, हरेकलाई मद्दत गर्न, आफ्नो मन आफूमै निर्णयमा राख्नु, संवादको कला सिक्नु, मनको अधिनमा हुनु स्वाधिनताको प्रमुख लक्षण हो नै जसले गर्दा व्यक्तिमा, परिवार, समाज र राष्ट्र बन्न स्वाधिनताले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । राष्ट्र स्वाधिनतामा आधारित भएन भने देशले आफ्नो गुमाउनुपर्ने हुन्छ र आफैमा विलिन भएर जान्छ । पराधिनता भनेको नै आफ्नो स्वाभिमानमा नरहनु, मिहिनता नगर्नु, विकासमा आफ्नोपनमा आधारित नहुनु हो । अतः देश आत्मनिर्भरतामा आधारित भएन भने परनिर्भरतामा विलिन हुनेछ र देशमा स्वाधिनताको स्खलन हुनेछ । विकासको लागि अर्कोका मुख ताक्नु पर्ने हुन्छ । देशले स्वाभिमान गुमाउनु पर्ने हुन्छ ।

