–मनु वि.क.
कामरेडको कोट फेरएिको फेरियै छ
हरेक दिनजसो ।
कामरेड अचेल चिटिक्क परेका छन् ।
कामरेडले बिर्सिएका छन्
पुराना धोईधाई गरेर पहिरिन
कोटमा सँधैजसो देखिने कामरेडको
चर्चा छ चौतर्फी ।
कामरेडले कहिले टाई हेर्छन्
कहिले कोटको बिट समाउँछन्
कोट जस्तै मन पनि नौरङ्गी छ ।
कोट लगाएपछि नौरङ्गी नै हुनुपर्ने होर कामरेड ?
कोटमा कामरेड चारैतिर धाईरहन्छन्
कोट हल्लाउँदै कामरेड
ढोका ढोका धाउँछन् ।
कोटको शुरमा कामरेडले
भूलिसकेका छन् मित्रता र शत्रुता
मस्त छन् मेजमानी र भतेरमा
अचेल कामरेडको पेट पुटुक्क उठ्छ
फेरिन्छ कोट सरकार फेरिने बेला ,मन्त्री फेरिने बेला
र संसद फेरिनेबेला ।
कामरेड ले कोट लाई धेरै दुःख दिएका छन्
बेला कुबेला स्त्रीले पोलिनु पर्ने
हातले तानिनुपर्ने अँठ्ठिनु पर्ने
निकै गाह्रो छ कोटलाई
कामरेडले जे गरे पनि पद दिएन कोटले
कोटलाई किन पत्याउँछन् र महाशयहरुले ?
मलाई भन्न मन थियो
कामरेड कोटले पाइँदैन केही
पाईन्छ त केवल जनताको सेवाले
जनता भूल्ने कोटको के काम ?
झन पछि झन कोटको विजोग छ
कोटको भन्दा कामरेडको बिजोग छ
कोटसँगै नेताको ढोका ढोका धाउने
कामरेडको खुशी छैन कोट
खुशी छैन मन
भेटेर सोध्ने मन छ कामरेड खुशी हुन कोट चाहिँदैन ।
कामरेडको कोट
Comments

